स्थानीय

अन्यौलता र कानुनी जटिलता को बिच कामगर्न कठिनाई भइरहेको:प्रमुख चौधरी

राजापुर नगरपालिकाका प्रमुख शिब प्रसाद चौधरीले सबिधानले २२ वटा कामको अधिकार नगरपालिकालाई दिएको भएपनि हाल सम्म नेपाल सरकारले केही कामहरुमात्र को केही अधिकारदिएको हुदा आगामी दिनमा के हुने हो त्यसको अन्यौलता र कानुनी जटिलताको कारण कामगर्न कठिनाई भइरहेको बताउनु भएको छ । गत मंगलबार बर्दिया उद्योग वाणिज्य संघले आयोजना गरेको राजापुर बजारको जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) सर्वदलीय, सर्वपक्ष बैठकमा बोल्दै सो कुरा बताउनु भएको हो ।
सबिधानले २२ वटाकामको जिम्मेवारी दिएको मध्ये जग्गाको लालपुर्जा वितरण गर्ने जिम्मा नगरपालिकालाई दिएको भएपनि नेपाल सरकारले रोकेका कारण र नापी मालपोतका कामहरुको अधिकार नदिएकोले काम गर्न कठिनाई भइरहेको प्रमुख चौधरीले बताउनु भयो ।

सबिधानले २२ वटा कामको अधिकार नगरपालिकालाई दिएको भएपनि हाल सम्म नेपाल सरकारले केही कामहरुमात्र को केही अधिकारदिएको हुदा आगामी दिनमा के हुने हो त्यसको अन्यौलता र कानुनी जटिलताको कारण कामगर्न कठिनाई

सबिधानले दिएको अधिकार नेपाल सरकारले कटौटी गर्न खोजी रहेकोले सो अधिकार कटौटीनगर्न अनुरोध गर्नु भएको छ ।सधै बजार दर्ता बिषयको कुराले अझिनु परीरहेको हुदा कारण अन्य कामहरु गर्ने बताउनु भयो । वडा नं.४का वडा अध्यक्ष रमन कुमार रेग्मीले हामीले राजापुर वासीले लालपुर्जा पाहोस भन्ने हो तर पटक पटकको परिर्वतनहुने कानुनले हामीलाई बाधा दिइरहेको ले प्रदेश सरकार गठन नहुन्जेल सम्म अधिकार रोकीए बताउदै वडा अध्यक्ष रेग्मीले राजापुर बजारको बाटोको बिषयमा हामीले घर भत्काउने सोच छैन तर बाटो नाला मिचेर बकनाएको घर प्रतिध्यान दिनुहोस बताउनु भयो ।कार्यक्रमका सभापति तथा बर्दिया उद्योग वाणिज्य सघंका अध्यक्ष गोविन्द रिजालले राजापुर क्षेत्रकोविकासमा हिजोका दिनमा विस्तापित कार्यलयलाई स्थापित गराउन देखी कहीले पनि पछाडी नपरेको बताउदै राजापुरको साझा सवालमा सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । बदिया उद्योग बाणिज्य संघका सचिब कृष्ण रेग्मीले संचालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रश्वर सुबेदीले राख्नु भएको थियो । कार्यक्रममा राजनितीकदलका प्रतिनीधी सरोकारवालाहरुले सल्लासुझाव तथा धारण व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button