स्थानीय

ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते

 

हरिवंश पाण्डे,

बर्दिया बर्दियामा मिनी ट्रकको ठक्करबाट आज एक जना मोटरसाइकल चालक गम्भीर गाइते भएका छन्। कैलाली बाट काठमाडौं खसी लिएर गइरहेको सु. प.प. ०१-००१- ख २४३२ नम्बरको मिनी ट्रकले बर्दियाको ठाकुरबाबा नगरपालिका बलाति नजिक ठकुरबाबा नगरपालिका ९, हात्तीसार निवासि पूर्ण बहादुर खड्काले चलाइरहेका भे ७ प ७००५ नम्बरको मोटराइकललाई ठक्कर दिदा मोटरसइकल चालक खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बहानाह भुरीगाँउका प्रमुख प्रदीपराज रोकाएले जानकारि दिनु भयो।

घाइते खड्काको भुरीगाँउ स्थित ठाकुरबाबा अस्पतालमा उपचार भइरहेको र अवस्था जटिल रहेकोले नेपालगञ्ज लैजाने तयारी भइरहेको आफन्त शुशिल मगरले बताएका छन्। मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय भुरीगाँउमा राखिएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button