
अर्जुन सुवेदी¸ बर्दिया
कार्लमाक्सः
संसारका हर चिज गतिशिल छन् । जीवन फेरिन्छ¸ उत्पादन शक्तिहरु बढ्दछन्¸ पुराना संबन्धहरु खतम हुन्छन् । (समाज विकास क्रम कृष्णदास श्रेष्ठ¸ २०४७)
राज्यको उत्पती
- कार्लमाक्सः राज्य भनेको समाजकै आन्तरिक विकासको उपज हो । भौतिक उत्पादनमा भएको परिवर्तनको फलस्वरुपमा राज्य उदय भएको हो ।
- एउटा उत्पादन पद्धतिको ठाउँमा अर्को पद्धती द्वारा राज्य व्यवस्थामा पनि परिवर्तन आउँछ । (थुप्रै उदाहरण र समाज विकास क्रमलाइ संझदा पुग्छ)
- सधै राज्यको अस्तित्व थिएन । आदिम सम्यवाद युगमा जहाँ न ब्यक्तीगत स्वामित्व थियो¸ न वर्ग¸ न राज्यको अस्तित्व नै थियो । त्यहाँ समाजका ब्यक्तीहरुले छानेको ब्यक्तीद्वारा सामाजिक कार्य गर्दथे ।
- उत्पादन शक्तिको क्रमिक विकासले आदिम साम्यवाद को बिकास सुरु भयो । ब्यक्तीगत स्वामित्व बर्ग देखा पर्यो ।
- यो संगै ब्यक्तीको स्वामित्व अधिकार संरक्षण गर्ने नाउँमा राज्यको उत्पती र विकास भयो । समाज बर्गमा विभाजन भयो ।
राज्य भनेको केहो ?
- बर्गिय समाजको उपज हो । बर्गको उत्पती संगै राज्यको पार्दुभाव भएको हो । बर्गको उन्मूलन पछी राज्य पनि विलाएर जानेछ । यो कुरा साम्यवादी व्यवस्थामा मात्र संभव छ ।
- एउटा बर्गले अर्को बर्गमाथी अधिपत्य कायम राख्ने यन्त्र अर्थात राजनीतिक साधन नै राज्य हो ।
- उत्पादनका साधनमा अधिकार राख्ने बर्गले राज्यको रुपमा उत्पीडीत तथा शोषित हरुलाइ दवाउने गर्दछ । तो बर्गले राज्यको शक्तिको संरक्षणका लागि संपुर्ण तागत प्रयोग गर्दछ ।
राज्य प्रमुख लक्ष्यणः
- यसले संपूर्ण जनताको नभएर सतारुढ बर्गकै हितमा मात्र अभिव्यक्ती दिन्छ । सेना पुलीस कर्मचारी, न्यायलय¸सबै सत्तारुढ पक्षकै हुन्छन् ।
- बर्गिय अन्तरविरोध तिव्र हुँदै जाँदा सत्तारुढ सेना पुलीस राज्यकै अङ्ग मजबुद पार्ने राज्यकोषको खर्च गर्ने आम श्रमजीवी जनसमुदाय माथी खर्च भार थोपर्ने ।
शोषण मूलक राज्यको कार्यः
- दाश युग¸सामान्तवादी र पुँजीवादी समाजमा राज्य जसरी बर्गिय हिसावले सत्तारुढ बर्गको हित गर्छ । ठिक त्यसैगरी अन्तराष्ट्रिय क्षेत्रमा पनि आफ्नो बर्गको संरक्षण पृष्टपोषण गर्ने नै शोषण मूलक राज्यको कार्य हो । आन्तरीक र वाहय रुपमा श्रमजीवी वर्ग माथी अन्याय अत्याचार कायम गरि रहन्छ ।
राज्यका प्रकारः
- राज्यले कुन बर्गको सेवा गर्दछ । कुन आर्थिक आधारमा तो खडा भएको छ । भन्ने कुरामा ध्यान राखेर नै राज्यको प्रकार छुट्याइन्छः
- दासप्रथा राज्य सत्ता
- सामान्तवादी राज्य सत्ता
- पुँजीवादी राज्य सत्ता
- समाजवादी राज्य सत्ता
- साम्यवादी राज्य सत्ता
- राज्यसत्ताको स्वरुपः
- निरंकुश राज्यतन्त्र
- संवैधानिक राज्यतन्त्र
- जनप्रतिनिधि मूलक गणतन्त्र
- सैनिक शासन (शब्द परिचय गोपी रमण उपाध्याय)
लेलीनको भनाइमाः
दासप्रथात्मक समाजमै प्रशासनका विभिन्न रुपहरु देखा परिसकेका थिए । कुनै सम्राट¸ राज्यतन्त्र¸ निर्वाचित शासनको रुपमा गणतन्त्र¸ कुलीनतन्त्र¸ प्रजान्त्र आदी । प्रशासनका रुपमा यस्तो भिन्नता भए तापिन दासप्रथात्मक नै हुने गर्थो
(दर्शनशास्त्रको प्ररम्भिक ज्ञान¸ पृ.३४३)
- समाज विकासको साथसाथै राज्यका प्रकार रुपहरु बदलीदैँ गएपनि शोषण मूलक स्वभावमा परिवर्तन भएन ।
- शोषणको रुप बदलियो¸ शोषण कायम रह्यो ।
- पुँजीवादी युगमा पनि केही वुर्जुवा सिद्धान्तकार¸आधुनीक सुधारवादीहरुले पुँजीवादी शासनको पक्षमा गरेका वकालत¸ समानता¸ प्रगतिशिलता वारे जति तर्क गरे पनि निराधार र अबैज्ञानिक तर्क थिए । किनकी यो पुँजीवादी अधिनायकत्व भएको शासन ब्यवस्था हो । यसले आम जनताको हित गर्न सक्दैन । बरु शोषित पिडित मजदुरलाइ एक ठाउँमा उभीन बाध्य बनाउँछ । बर्ग संघर्ष र अन्तर संघर्ष पैदा गर्न मद्धत गर्दछ ।
समाजवादः
- सर्वहारा बर्गको अधिनाकत्व भएको राज्य व्यवस्था ।
लेलिनले भन्नु भएको छः
शहरिया तथा सामान्य मजदुरले मात्र पुँजीवादी जुवावाट मुक्तीको लागि संघर्षमा संपूर्ण श्रमीक समुदाय तथा शोषित जनताहरुलाइ नेतृत्व दिने क्षमता राख्दछन् ।
- समाजवादी आन्दोलनको लागि मजदुर बर्गले नेतृत्व गर्दछ । जसको साथमा कम्युनिष्ट पार्टी रहन्छ ।
- सर्वहारा बर्गको अधिनायकवाद नै माक्सवादको मुख्य सिद्धान्त हो । सर्वहारा बर्गले मात्र पुँजीवादको अन्तगरी समाजवाद स्थापना गर्दछ । (रुस)
- पुँजीवादी व्यवस्थाको अन्त गरी बर्गरहित साम्यवादी समाजको स्थापना गर्ननै सर्वहारा बर्गको महान एतिहासिक कार्य हो
- तर साम्यवाद पुँजिवादबाट सोझै उत्पन्न हुँदैन ।
- पुँजिपति बर्ग¸ विश्व समाजवादी¸ सुधारवादी¸ संसोधनवादी विचको खिचातानीमा माक्सवादी पार्टीको नेतृत्वमा हुने सर्वहारा बर्गको क्रान्ती वाट मात्र समाजवादमा प्रवेश गर्न सिकन्छ ।
समाजवादका जीम्मेवारीः
- बेलाबेलामा हुने पुँजीपति बर्ग संगको प्रतिरोधको सामना गर्ने र प्राप्त उपल्बद्धीको रक्षा गर्दै उच्च समाजवादी बाटो अवलम्बन गर्ने ।
लेलिन भन्नु हुन्छः
सर्वहारा अधिनायकत्व भनेको अति शक्तिशाली दुस्मनको विरुद्ध भीषण युद्ध हो । किनभने आफ्नो पतन पछि यस बर्गको प्रतिरोध दशौँ गुणा बढ्न जान्छ ।
(दर्शन शास्त्रको प्रारम्भी ज्ञान¸ पृ. ३५१)
- दमनको लागि दमन सर्वहाराबर्गको लक्ष्य होइन । समाजवादी अर्थतन्त्रको निर्माण गर्नु¸ आर्थिक क्रियाकलापलाइ तिव्रता दिनु । समाजमा रहेका तमाम विभेदको अन्त गर्नु हो ।
- पुँजीवादमा भन्दा उच्च स्तरीय श्रमको सामाजिक संगठनको निमार्ण गरी सर्वहारा राज्यको लक्ष्य प्रप्ती गर्ने ।
- उत्पादनका साधनको राष्ट्रियकरण गर्ने ।
- श्रम केन्द्रित शैक्षिक कृयाकलाप ।
- साम्राज्यवादि सित प्रतिरोध हुने परराष्ट्र नीति ।
- आफ्नो शैन्य शक्ति सवल बनाउने ।
- किसान मजदुरको एकता कायम गर्ने ।
- शहर गाउँको एकता कायम गर्ने ।
- किसान मजदुर बर्गको प्रतिनिधिको हातमा देशको आर्थिक¸ सामाजिक¸ राजनैतिक¸ सांस्कृतीक जीवनको नेतृत्व प्रदान गर्ने ।
- राज्यका सवै शक्ति¸ स्रोत श्रमिककै मातहत रहने ।
राज्यको विलोपिकरण
परिचयः
- राज्यको विलोपिकरण भनेको राज्य निस्कृय हुनु । कुनै खालको भूमिकामा नरहेर जनताबाट निर्मित संगठनमै एकाकार हुँदै जानु हो ।
- राज्यको विलोपिकरण भनेको राज्यको मरणावस्था हो । जुन अबस्थामा उसको भूमिका क्रियाशिलता रहँदैन ।
लेलिन भन्नु हुन्छः
राज्य त्यसबेला नै पूर्ण रुपमा मर्न सक्छ जुन बेला प्रत्येक बाट उसको योग्यता अनुसार र प्रत्येकलाइ उसको आवश्यक्ता अनुसार भन्ने नियम समाजले जीवनमा लागु गर्दछ ।
(दर्शन शास्त्रको प्रारम्भी ज्ञान)
साम्यवादी यात्रा
- समाजवादमा आएको आर्थिक सामाजीक राजनैतिक समानताले मानिसको सोच ज्ञान उच्चतम तिर बढ्दै गइ क्रान्तीको माध्यमबाट समाजवादको बाटो तय हुन्छ ।
- समाजवादी राज्य व्यवस्थाको विकासले विस्तारै विस्तारै साम्यवादी शासन तर्फ डोरयाइ रहेको हुन्छ ।
- विस्तारै व्यवसायीक संस्था¸ सहकारीहरु श्रमीक¸ किसानका संस्थाको संयुक्तीकरण हुँदै जान्छ ।
- देशभक्त क्रान्तिकारि विच धुर्वीकरण हुन्छ ।
- कम्युनिष्ट पार्टीले तत्कालिन कार्यभार मध्यकालिन दिर्घकालिन कार्यनीति र रणनीति ठोस गर्दै जान्छ ।
- जनवादि गणतन्त्रका लागि बैज्ञानिक समाजवादी सत्ताका लागि क्रान्तिको उद्घोष गर्दै तुफानि क्रान्तीको कारण साम्यवादमा प्रवेश ।
साम्यवादी सत्ताका चरित्रः राज्य विलोपीकरणको अबस्था
- सवैखाले बर्गिय विभेदको अन्त असमानताको जालो फ्याकिने ।
- समाज विकासको अन्तीम चरण ।
- समाजमा कुनै खालको शोषण नहुने ।
- बर्ग विहिन समाज ।
- समतामूलक उत्पादन संबन्ध ।
- ब्यक्तिगत पुँजीको अन्त ।
- मानिसमा उच्च चेतना ।
- मानवताको पूर्ण सम्मान ।
- राज्यका अंग विस्तारै निस्कृय हुँदै जाने र राज्य विधि बसाउने साधन मात्र बन्दछ । विस्तारै विस्तारै राज्य सामाजिक संरचनामा रुपान्तरीत हुँदैजान्छ ।
- सामाजीक स्वशासननका माध्यमबाटै सारा सदस्यले आफ्ना आर्थिक सामाजिक जीवन संचालन गर्ने । राज्य मरणावस्थामा पुग्नेछ ।
- जुनबेला समाज स्वशासनका लागि पुर्णतय परिपक्व हुनेछ । अर्थात विकसित साम्यवादको अबस्थामा समाज पुग्दछ । त्यसवेला राज्यको कुनै आबस्यकता रहँदैन ।
- हरेक ब्यक्ती स्वच्छपूर्वक नै आफ्नो योग्यता अनुसारको काम गर्नेछन् ।
- जनता शासक सबैमा बैज्ञानिक नियम लागु हुने ।
- कुनै एक देशमा मात्र साम्यवादको विजय भयो तर संसारमा अझै पनि पुँजिवादीहरु अस्तित्वमा रहेका देशको बाट प्रतिरक्षाका लागि राज्यका अंग कायमै रहने हुन्छ । जतिबेला सम्म तमाम प्रतिकृयावादी साम्राज्यवादी शक्तीहरुको तर्फबाट हमलाको खतरा पूर्ण रुपमा नै विलाएर जानेछ । तब मात्र राज्य विलोपी करण तर्फ जानेछ । अन्तरराष्ट्रीय क्षेत्रमा पनि समाजबादको विजय र सुदृढ हुन जरुरी छ ।
निस्कर्षः
- समाज विकास क्रमिक रुपमा अगाडी बढ्दै जाँदा यसको उच्चतम रुप साम्यवाद हो ।
- समाजवादी शासन व्यवस्थाबाट विकसित सामाजीक¸ आर्थीक¸ राजनैतिक संस्कारले मानिसमा सामनता¸ बर्ग विचको विभेदको अन्तको थालनी ।
- समाजवादमा सर्वहारा बर्गको नेतृत्व रहेको कम्युनिष्ट पार्टीले सत्ता चलाउने यसले साम्यवादको आधारशिला तयार गरी क्रान्तीबाट साम्यवाद प्रवेश गर्दछ ।
- समाज विकासको अन्तीम चरण समाजबादमा शोषण विहिन¸ बर्ग विहिन¸ समतामूलक उत्पादन संबन्ध रहन्छ । ब्यक्तीगत पुँजी¸ सम्पत्तीको अन्त हुन्छ । मानिसका उच्चतम मानविय चेतना¸ नयाँ प्रवृधी¸ बैज्ञानी आबिष्कार¸ सामुदायिक उत्पादन पद्धती¸ समाजवादी सामाजीक नियम¸ हरेक स्रोत साधन, उत्पादनमा सामूहिक स्वामित्व रह्न्छ ।
- राज्य विस्तारै सामाजीक संस्थासित एकाकर हुँदै राज्य विहिन अबस्थामा समाज पुग्दछ । यो नै राज्यको विलय/समाप्ती अर्थात विलोपीकरण हो ।
अध्ययनका स्रोतहरुः
- माक्र्स वादी दर्शनः मोहन बैध किरण ।
- दर्शन शास्त्रको प्रारम्भीक ज्ञान ।
- परिवार¸निजी स्वामित्व¸ राज्यको उत्पत्ती ।
- समाजको विकास क्रमः कृष्णदाश श्रेष्ठ ।
- राजनितिक शब्द परिचयः गोपी रमण उपाध्याय ।
- समाचारहरुः साराखबर डट कम ।
सुवेदी, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।