साहित्य

बसेका फगत् ईश प्यासी बनेर

बिहानै उठी साधना गर्नु पर्छ ।
नछाेडी सबैध्यान मा बस्नु पर्छ ।
मठाधीशकाे उर्दि मानी रमेका ।
ठुलै माेठकाे छत्र छाया परेका ।
बुढैथिन् बजै बास खाेपी पसेकि ।
बिहानै सदा राम घाेकी बसे कि ।
सुनामी उतै बस्न तार्तम् रचेकि ।
उनी सत्तरी माथि हाेलिन् कटेकि ।
मठाधीश आजै घुमी धाम आए ।
नयाँ यज्ञकाे थालनिहाेस् अह्राए ।
झरी झुट्ट सिंहा सनैथ्याे सजाए ।
तिनै अाश्रयीमा बढाे काम लाए ।
बित्याेरात,घण्टी बजेका बिहान ।
जपी गेरुवा बस्त्रमा राम नाम ।
सदा मन्त्र ॐ कार गाथा सुनेर ।
बसेका फगत् ईश प्यासी बनेर ।
सहारा बिना आश्रयी भै बसेका ।
पिराएर सन्तानले याँ पसेका ।
कुनै माेजले मस्तभै हुर्कि एका ।
त्यहीँ दुख्खमा काेहिता जेलिएका ।
कुनै अन्त्यकाे मार्ग खाेज्दै जमेका ।
कुनै मात्र आस्था बनाई रमेका ।
कुनै सास्स्त्रकाे मर्म गाथा कहन्थे ।
कुनै पेट पालाे गरेरै रहन्थे ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button