साहित्य

टकटक गरिहिड्थ्यो

  • (मालीनी छन्द)
झटपट गरि उठ् थ्यो प्रात नानी जुरुकै।
मुसु मुसु गरिहाँस्थ्यो काखआई खुरुक्कै।
टकटक गरि हिड्थ्यो आँगनीमा रमाई ।
सुपु सुपु बुबु खाई काखमा भो रजाइँ ।
(१)
छुनुमुनु गरि खेल्दा वेश मानी रमायौँ ।
गुनु मुनु गरि बोल्दा हर्ष सारै मनायौँ ।
कति कति रसिलाथे बात गर्थौं जमेर ।
कुदि कुदि मन माफिक् साथ साथै रमेर ।
(२)
हत पत कति चाडै हल्कीए र बढेको ।
सर सर कख रामा ध्यान लाई पढेको ।
सुख दुख गरि बाबू पढ्नजान्थ्यो रमाई ।
खर खर घर आए दिन्छु खाजा बनाई ।
(३)
वर पर सब सामु साथीका साथ जाऊ ।
झिलिमिलि घरको यो नित्य शोभा बढाऊ ।
तन मन अझलाई पढ्नमा ध्यान देउ ।
पछि दिन अति गाडा हुन्नहै नत्र भेउ ।
(४)
घरि घरि मन दुख्दै चोट सारो परेमा ।
मन अढिक बनाऊ आँसु तेसै झरेमा ।
वर पर सबसाथी खेल्न लाएक् बनाऊ ।
हर बखत तिमीले बाबु आमा हँसाऊ।
(५)
अति खुस मन पारी आस बाेकी बडाएँ ।
सुख दिन अति सम्झी प्रेम मानी पढाएँ ।
हलक भइ बढेकाे साथ राम्रै दिएमा ।
मनपनि अति दुख्ने बक्र बाटाे लिएमा ।
(६)
अलिकति मन मेरो धर्किएअल्जीएमा ।
असहज अति होला तुच्छता बल्झिएमा ।
मुटुपनि कति दुख्ला सब्दवाणी चलेमा ।
भत भति मन पोल्ला साथ टाढा भएमा ।
(७) शारदा कार्की।
बिराटनगर।  २०७८/ जेठ २४ गते।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button