वडा द्वारा स्वयंसेविकालाई साइकल सहयोग

हरिवंश पाण्डे, बर्दिया
ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ७ ले वार्ड भित्र रहेर स्वास्थ्य क्षेत्रमा प्रतक्ष्य संलग्न रही स्वास्थ्य सेवा प्रदान गर्ने महिला सामुदायिक स्वयमसेविकालाई साइकल वितरण गरेको छ । ठाकुरबाबा नगरपालिका ७ नम्बर वडा स्तरीय आयोजना अन्तरगत ७ नम्बर वार्डले आज एक कार्यक्रमका बीच ८ जना महिला स्वास्थ स्वयंसेविकालाई वार्ड अध्यक्ष पदम खड्काले साइकल वितरण गर्नु भएको हो। साइकल हस्तानतरण कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष खड्काले स्वयंसेविका को सेवालाई थप प्रभावकारी र सबैको पहुँचमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले महिला स्वयंसेविकालाई साइकल वितरण गरिएको बताउनु भयो। यसै बीच सुत्केरी तथा गर्भवती महिलालाई क्याल्सियम चक्की पनि वितरण गरिएको छ। एक हजार दिने आमाको पोषणका लागी वार्ड भित्र रहेका सुत्केरी गर्भवती महिलालाई क्याल्सियम चक्की वितरण गरिएको हो। सो कार्यक्रममा १५ हजार चक्की क्याल्सियम बितरण गरिएको वार्ड अध्यक्ष पदम खड्काले बताउनु भयो।