Uncategorized

कैदीबन्दिहरुको लागि पालिकाले ग¥यो सहयोग

कैदीबन्दिहरुको लागि पालिकाले ग¥यो सहयोग

होमेन्द्र थापा,   बर्दिया, कारागार कार्यालय गुलरिया बर्दियाका कैदीबन्दिहरुको लागि अति आवश्यक सामाग्रीहरु बारबर्दिया नगरपालिकाले सोमवारका दिन कारागार कार्यालयलाई हस्तान्तरण गरेर सहयोग गरेको छ ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु र उपप्रमुख अन्जु दहितले कारागार कार्यालय गुलरियाका निमित्त जेलर डिल्ली चन्द्र पौडेललाई कैदीबन्दिहरुको लागि अति आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख थारुका अनुसार बर्दिया कारागारका कैदीबन्दिहरुले अति आवश्यक सामाग्रीहरु माग गर्नु भएको र जेलर साहवले सिफारिस गर्नु भएको हुदा हाल पाँच सय लिटर क्षमताको पानी टयाङ्की १ थान, ३२ ईन्चको टेलीभिजन १ थान, फिनायल ४० बोतल, हर्पिक ४० बोतल, झाडु ४० थान, पढने उपन्यास किताव १६ थान लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको कुरा बताउनु भयो ।
नगर प्रमुख थारुले आज कारागार आएर सबै अवस्थाहरु हेर्दा र बुझदा पुर्वाधार थोरै रहेछ । सय जना क्षमता भएको कारागारमा ३ सय जनाभन्दा बढी राख्न पर्दा अवस्था स्वभावैले धेरै अभावहरुछन । समस्याहरुछन । भन्दै आफुले प्रदेश सरकार र संघिय सरकारसंग पनि यहाका समस्याका बारेमा कुरा उठाउने र समस्या समाधानका लागि पहल गर्ने कुरा बताउनु भएको छ । साथै भित्र गएर कैदीबन्दिहरुसंग कुराकानी गर्दा साथीहरुको अनुहारमा चमक आयो, केही उज्यालो पनि देखियो खुशी लाग्यो । सबभन्दा राम्रो पक्ष साथीहरुले हामीलाई धेरै कितावहरु पठाई दिनु हामी पढन चाहान्छौं, ता की यहाबाट बहिरा निस्कदा समाजलाई यहाँ सिकेको ज्ञान बाँढन पाउ भन्नु भयो । म साह्रै प्रभावीत भए । वस्तवमा भित्रका बन्दि साथीहरुलाई समय व्यतित गर्नका लागि पुस्तक सामाग्री नै सबभन्दा प्रभावकारी हुन्छ । केही किताबहरु आजै दिदैछौं र बाँकी किताबहरु किनेर पठाई दिने नगर प्रमुख थारुले बताउनु भएको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बारबर्दिया नगरपालिका परिवार र संचारकर्मीहरुको संयुक्त टोलीले बर्दिया कारागारका महिला कैदीबन्दिहरु र पुरुष कैदीबन्दिहरुलाई अलग अलग दुबै ठाउँमा भेटघाट गरी वहाहरुको समस्या र मागहरुको बारेमा जानकारी पनि लिएको थियो ।
भने कारागार कार्यालय गुलरिया, बर्दियाका निमित्त जेलर डिल्ली चन्द्र पौडेलले सय जना क्षमता भएको कारागारमा ३ सय जनाभन्दा बढी राख्न पर्दा अवस्था स्वभावैले धेरै अभावहरुछन । समस्याहरुछन । हाल अहिले ३४ जना महिला ३१७ जना पुरुष र २ जना आमासंगका साना दुधे वालक गरी ३५३ जना कैदी बन्दिहरुरहेको पनि जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button