बिचार

सर्वे भद्राणी पश्यन्तु महाकश्यद दुःख भवभवेत ः

 

नारायण प्रसाद श्रेष्ठ
(सबै गुलरिया नगरवासी दिदी, बहिनी, दाज्यू, भाईहरुको जानकारीका लागि अपिल) मिति २०७८ साल श्रावण २९ गतेका दिन श्री मुक्तिनारायण भादा (सर्यूघाट) मा भौतिक संरचना तथा कृषि कार्य व्यवस्थापनका लागि ऐलानी जग्गा दर्ता प्रक्रियामा कि.नं. २९ को ज.वि. ०–१८–० र कि.नं. २३ को ज.वि. ०–३–० को लागि २०६१ सालदेखि विवादित रहेको सन्दर्भमा समितिको निवेदन अनुसार श्रीमान् प्र.जि.अ. बर्दियाका श्रीमान् सन्त बहादुर सुनार ज्यूले छलफलका लागि आफ्नै कार्यकक्षमा व्यवस्था मिलाई दिनुभएकोमा श्रीमान् ज्यूमा मुरी मुरी धन्यवाद दिन चाहन्छु । त्यस अवसरमा मैले आफ्नो भनाईलाई यस प्रकार लेखेर लगेको थिएँ । तर समयको अनुकूलता तथा अवस्थाको कारण यथार्थ कुरा धर्म सभामा भन्न नपाएकोले यस पत्रिका मार्फत सार्वंजनिक गर्न अनुमति चाहें ।
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, बर्दिमा मालपोत प्रतिनिधि ज्यू, बर्दिया नापी शाखा प्रमुख ज्यू, गुलरिया नगरपालिका कार्यालयका प्रतिनिधी ज्यू, बर्दिया सभामा उपस्थि आदरणीय मान्ने, गुन्ने, भद्र भलाद्मी, समाजसेवी हरुमा मेरो र श्री मुक्तिनारायण संस्था समितिको तर्फबाट नमस्कार स्वीकार होस् ।
अब म यस धर्म सभामा मेरो र श्री मुक्तिनारायण भादा (सर्यूघाट) को बारेमा संक्षिप्त रुपमा भन्नको लागि अनुमति चाहें । सबै भन्न त सम्भव नै देखिन्न, माफी चाहन्छु । किनभने कथा … … हामीले २०७२ श्री मुक्तिनारायण स्मारिका प्रकाशित गरिसकेका छौं । स्मारिका सम्पादक श्री अयोध्या प्रसाद श्रीवास्तवको ठूलो देन रहेको छ । साथै मैले आफ्ना् जीवनी कथा (जीवनचक्र) मा पनि केही मात्रामा भएपनि लेखिसकेका छौं ।
वास्तवमा भन्नुपर्दा म गुलरिया न.पा. वडा नं. ७ मा २०५२ साल आषाढ देखि बसोबास गरि आएको मान्छे म । यस दौरान स्कूल, मठ, मन्दिर, जिल्ला अस्पताल समितिमा अन्य धर्म, संस्कृति, ऐतिहासिक कार्यमा संलग्नता नै थियो । २०५८ साल जेठ २५ गते गुलरिया नगर विकास समितिले भादामा शवदाह निर्माणका लागि रु. ५००००।– हजारको लागतमा उपभोक्ता समितिको अध्यक्षतामा निर्णय गरेको कारण भादाघाटको कथा सुरु हुन्छ । उपभोक्ता साथीहरु को सहयोगमा कार्य समयमै सम्पादन भएको थियो ।
पुनः हुलाकी सडक गुलरियाको पूर्व सिमानामा प्रतिक्षालय निर्माणका लागि गु.न.पा. कार्यालयबाट फेरि उपभोक्ता समितिको अध्यक्षमा निर्णय गरेपछि प्रतिक्षालय कार्य पनि सुरु भए यता प्रतिक्षालय बनाउन त समय लाग्यो । त्यस अवस्थामा अनेक अनेक घटना हरुको दृष्य देख्न बाध्य भईयो । त्यस सम्बन्धमा स्वयं आफैले मनन् चिन्तन् गर्न त बाध्य भयौं, कारण क्रिष्चियन, मुस्लिमहरुको संख्या थोरै भएर पनि व्यवस्था भएको र हाम्रो हिन्दु धर्मालम्बी यति धेरै संख्या हुँदा हुँदै पनि अन्तिम दाह संस्कार र तिर्थ स्थानको केही रहेको अवस्था देख्दा केही त गर्न ही पर्छ भन्ने जिज्ञासा आयो तर समय बडा अप्ठ्यारो थियो । द्वन्द्वकालको महामारी चाहेर पनि केही गर्न नसकिने, आफ्नै जमिन पनि विक्री गर्न नपाउने, अरु विकल्प केही थिएन । भाग्यवश एक इनिस्पेक्टर श्री गणेश बहादुर शाह ज्यूको सल्लाह अनुसार सहयोग रसिद छपाउनुहोस् र दाताहरुमा अनुरोध गर्नुहोस् । पहिलो ठेली मलाई दिनुहोला म सुरु गराईदिन्छु ।
त्यसपछि तपाईहरुलाई सहज हुन्छ । यो २०५९ को कुरा हो । यो कुरा मैले उपभोक्ता समितिमा राखें । समितिका साथीहरु सहमति हुनुभयो । बैठकमा निर्णय पनि गर्यौं र छपाईदियौं त्यो सहयोग रसिद प्याड नं. १ को ईनिस्पिेक्टर साहेवलाई दियौं । उहाँले पहिलो नम्बरमा सि.डि.ओ. धर्मराज ढुँगाना ज्यू, डि.एस.पी. श्री रवि प्रताप राणा ज्यूबाट कटाईदिनु भयो । अब तपाई हरुले भक्तजन हरुमा अनुरोध गर्नुहोस् भनेपछि हुनत सहयोग गर्न त सम्पूर्ण नगरबासीहरु अति खुसी हुनुहुन्थ्यो । तर पनि संरचनाहरु केही थिएन । वास्तवमा भन्नुपर्दा गुलरिया नगर विबास समितिले खरिद गरेको १० कट्ठा ८ धुर जमिन र नवनिर्मित शवदाह पेलेट थियो । एक खुसीको कुरा के भने २०५९ सालमा प्रतिक्षालय बन्दै गरेको अवस्थामा मौन, भादाघाट समिति बनाएर अध्यक्षमा म नै चुनिएको थिएँ । २०६० सालमा नै श्री मुक्तिनारायण भादाघाट व्यवस्थापन समिति भनी नामाकरण गरि जिल्ला कार्यालयबाट दर्ता भएपछि मैले नै खोजतलास गर्दा २०४५ सालमा सनातन धर्म सेवा समिति खडा भएको रहेछ । त्यस समितिमार्फत सबै भद्र भलाद्मी, समाजसेवीहरुले एक शवदाहको आवश्यकताको परिकल्पना गरेको भेटियो । श्री लाल बहादुर थापा ज्यूबाट सो को प्रमाणहरुमा पनि भेटियो । यसको उदाहरण एक हो गु.न.वि. समितिका अध्यक्ष श्री वासुदेव शर्माको पालामा उक्त ०–१०–८ जमिन खरिद गर्नु भएको र सोही जमिनमा धर्मशाला, बृद्धाश्रम, दाउरा राख्ने गोदामघर, विश्रामालय, र श्री मुक्तेश्वर महादेवको मन्दिर छ, तर उक्त जमिनको प्रमाणपत्र आजसम्म प्राप्त गर्न सकेको छैन । अनेक अनेक प्रयास गर्दा पनि ६÷६ महिनाको सरकारको नियमहरु एता उत्ता गर्दा अलपत्र छ । कोसिस जारी नै छ । समितिबाट सहयोग संकलनको लागि सबै गुलरिया निवासी दाता साथीहरु र समितिको अह्म भूमिका छ । तर खास गरेर मेरो परम् मित्र, आत्मीय साथी श्री दिनानाथ बख्रेल (मुरारी) ज्यू र म लगातार करिब १८ महिना दिनरात नभनि घरदैलो कार्यक्रम चलायौं । श्री दाता ज्यूहरुबाट रु.५ देखी रु.५०००।– सम्मको सहयोग भयो । उक्त रकमको शिलालेख हरु विश्रामालय गृहको भवनमा अंकित छ । तर कार्यालय प्रमुख ज्यूहरुबाट भने रु. १०००।– अनिवार्य थियो । त्यसैकारण कार्यालय प्रमुखहरु को एक छुट्टै शिलापत्र छ । प्रमाणको लागि यता संकलनको कार्य पनि चलिरहे कै थियो भने उत्ता २०५९ सालमा नै दाउरा राख्ने गोदाम र विश्रामालय भवन पनि बनिरहेकै दाता भक्तजन हरुबाट ठुलो आत्मीय बल मिलेको थियो । नारा थियो यो काम अति उत्तम छ । अति नै आवश्यक थियो । बनाउनै पर्छ भन्ने हास्टेमा हैसेको आवाज बुलन्द थियो । त्यसकारण हामीमा झनै उत्साह र आत्मबल मिलेको थियो । यसै कारण आज हामी यस अवस्थामा आईपुगेका छौं ।
अरु अर्थ अहयोग र भवन निर्माण गर्नको लागि त गु.न.पा. प्रमुख अधिवक्ता श्री यम लाल अधिकारीको ठूलो देन छ । यहाँको सल्लाह अनुसार हामीले सबै विवरण योजना तयार गरी पेश गर्ने आदेश अनुसार निं वर्तमान उपमेयर स्व.श्री हरि ज्ञवालीको भूमिका ठूलो रहेको छ । श्री अधिकृत ज्यूले स्थानिय मन्त्रालय म जगेडा कोठाको लागि सिफारिस गरिदिनु भएकोले मन्त्रालयबाट ६५ प्रतिशत गु.न.पा.बाट ३० प्रतिशत स्थानिय वासीहरुको तर्फ बाट ५ प्रतिशत का दरले संकलन गर्दा जम्मा रु २४,९६,११६।– रकम रु श्री मुक्तेस्वर महादेवको मन्दिर विश्राम गृह दाउरा राख्ने गोदाम, धर्मशाला र मुल सडकको दुवै तर्फ रिटनीङ्ग वाल निर्माण भएको हो । अव एैलानी जमीन सम्बन्धमा यस संस्थाको रणनिती कार्यक्रम, विकाशको लागी पूर्वाधार तयार गर्नका लागि जमीनकै आवश्यक पर्ने भएकोले, यसै संस्थाका रक्षक नन्दराम आचार्य यहाँ पहिला देखि बसोबास गर्नु भएको कारण सो एैलानी जग्गा कि.नंं २९ र कि.नं. २३ को एैलानी हो यसलाई दर्ता गर्न सके हामीले राम्रो हुने थियो भने पछि हामीले २०६१ साल देखि नगरपालिकाबाट सिफारिस गर्न र श्रेष्ता दर्ताका लागी गु.न.पा. ले सिफारिसका साथ ७ दलबाट निर्णय र बोडंबाट पनि निर्णय गरि भूमिसुधार र मालपोत, नापी शाखालाई पत्रचार गरि भूमिसुधार तथा मालपोत कार्यालयले ३५ दिने सूचना म्याद टाँस गरी सर्जिवन समेत गरि पूर्व प्रतिनिधि सभा सदस्य नि.वर्तमान स्व.गोविनद प्रसाद थारु, नन्द लाल आचार्य, दत्त प्रसाद शर्मा समेत जना ७ को साँक्षी रोवरमा सार्वजनिक कार्य सम्पादन गरेको प्रमाण छ ।
उक्त कि.नं. २९ को जग्गा तिन तर्फ निज अब्दुल्ला गद्दीको नाममा दर्ता श्रेस्ता कायम छ, साथै नदी पूर्व तर्फ वा धुपुखामा बसोवास गरेको जग्गा पनि छ, उक्त एैलानी जग्गामा निजले बिना कारण मुक्ति नारायण घाटलाई दखल दिरहेको छ । वास्तवमा अब्दुल्ला गद्दी असाध्यै सोझो र इमान्दार मान्छे भएको स्वयंमले प्रमाण दिएका छन् । प्रमाण १ सो एैलानी जग्गामा एक सिसौँको रुख ठुलो थियो कारण बस सिसौँको रुख ढलेछ र उहाँले मलाई भन्नुभयो कि सिसौँको रुख ढलेकोछ लानुहोस । भने पछि हामीले उक्त रुख कटाई शवजनाउने काममा लगायौँ तर उहाँले भन्नु भयो कि मैले अहिले सम्म रखवाली गरे मलाई एक गेण्डा दिनुहोस भने पछि हामीले उहालाई एक गेण्डा दियौँ उहाँ खुशी हुनुभयो । उहाँको ईमान्दारीताको दिएको हो । दुश्रा तपाईहरुले यो जग्गा दर्ता गरेपछि जग्गा मलाई दिनुहोला किन भन्दा मेरो जग्गाको माझमा छ, तपाईहरु लाई चित्त बुझने गरि म सत्वा भर्ना तपाईहरुले भने अनुसारको जग्गा दिन्छु । यहाँ तक कि गु.न.पा. का प्रथम मेयर स्व.श्री गोविन्द प्रसाद पाण्डे ज्यू संग त बाँचाकवुल नै गर्नु भएको हो । बिडम्वना के गर्ने उहाँ आज हामी माझा हुनुहुन्न सत्य वादी राष्ट्रवादी सबै संग भाईचाए मानवताको सिद्धान्त वाद, ईमान्दार, मेहेनती अनुभवी ब्यक्ति । उहाँले सिमा विवादमा नाना प्रकारको आन्दोलन गर्नु भयो । गुलरिया बचाउँ अभियान छानामूनिको शिक्षा आदि– आदिका महाअभियन्ता हुनुहुन्थ्यो त्यस्ता नेताको हत्या भयो, किन भयो कसले गरायो आज सम्म खोज तलास भएको छैन, यस्तै छ गणतन्त्र सरकार ।
दुखको कुरा अब्दुल्ला गद्दी यति ईमान्दार हुँदा पनि कोहि लागेन अहिलेका वकिलहरुले निजका छोराहरु लाई उस्काई विचरा अब्दुल्ला लाई एकलो बनायर नगरपालिकाले दिएको सार्वजनिक जग्गा सार्वजनिकले प्रयोग गर्न नदिई कब्जा गरेको छन् विचरा अब्दुल्लाको आत्माले स्वयिकारने छैन् मलाई पूर्ण विस्वास छ । यो कलियूगमा अब्दुल्ला जस्तो ईमान्दार मान्छे पाउँन दुर्लभ छ । वकिलहरुको कारण नै कारण बनेको छ, भन्ने कुरा धुर्वसत्य यस घटनाले प्रस्ट पारेको छ । नं. १ गद्दीको नाममा ३,४ विगाहा जमिन छ । नं. २ उनि सुकुम्वासी पनि होईनन् नं.३ कमैया हलिया पनि होइनन् । त्यो एैलानी जमिन तिमीहरुको नाममा दर्ता गराई दिन्छौँ भनेर मुद्दा फँसाएर पैसा लुट्ने काम गरेका छन् । गु.न.पा. को सिफारिस नभै नहुने, स्थानिय स्वयत्त शासनले प्रत्याभूती गरेको छ । भन्ने के वकिलहरुले बुझेका छैनन् । नगरपालिकाले त श्री मुक्ति नारायण भादाघाटलाई सिफारिस मात्र होईन ७ दलको निर्णय र न.पा.को वार्डले समेत निर्णय भैसकेको अवस्थामा गद्दीलाई न.पा.ले गद्दीलाई कसरी सिफारिस गर्छ त, साथै गु.न.पा. बाट समिति निवेदन अनुसार निजले नपाउने फैसला दिएपनि न.पा. को विरुद्ध जिल्ला अदालतमा मुद्दा दिएको छ । जिल्ला अदालत पनि खारेज गरेको छ, त्यस पछि पुनरावेदन अदालत नेपालगंजमा मुद्दा हाल्न लगाएर विपक्षमा नंं. जिल्ला अदालत नं.२ मा.गु.न.पा.नं. ३ मा श्री मुक्ति नारायण भादाघाट ब्यवस्थापन समिति उचित मान्दैं जिल्ला अदालत र न.पा.को फैसलालाई कायम गर्दै गद्दीको मुद्दालाई खारेज गरि सकेको अवस्थामा पनि अझै केन्द्रको धाकलगाएर विचराहरुलाई गुम्राहमा पारेको छन् २०६२ साल चैत्र १७ गतेको पुरावेदनको फैसला छ । ६ वर्ष पुगी सक्यो र पनि केन्द्र भन्न छाडेका छैन् अदालतको फैसला पछि माथि जनको लागि कति दिनको म्याद रहन्छ, भन्ने ज्ञान नभएका पनि वकिल हुन्छन् र विचरा सिधा मान्छेलाई दुख दिए पैसाको बोझ बोकाउने काम गरेको छन् । इनीहरुले यस जन्ममा न्याय नपाए पनि अर्को जन्ममा अवश्य प्रयास्चित गर्नु पर्छ भन्ने मेरो ठहर छ । किन भन्दा म प्रकृति यस विश्व ब्रहमाण्ड मा प्रमात्माका मालिक कोहि न कोहि हुनु हुन्छ, भन्ने पूर्ण विश्वासमा हिडेको मान्छे म चाहे गड भनुन चाहे अल्ला खुदा चाहे भगवान इश्वर परमात्मा एकै हुनु हुन्छ । धर्म को खातामा सबैका सबै कर्म फ लेखिएकै छ ।
एक अनुरोध श्री मुक्ति नारायण भादा घाटको अवस्था यस प्रकार छ अहिलेको नयाँ पुलको कारण हाम्रो धेरै जस्तो संरचनाहरुको क्षेती भएको छ पुलकार्य संपन्न भएपछि क्षेति भएमा संरचनाहरु क्षेतीपूर्ति गर्ने हामीहरुको सहमति छ । श्री मु.के स्वर महादेवको मन्दिर बनाई सक्नु भएको छ । हाल सम्म श्री मु.के स्वर महादेवको मन्दिर श्री लक्ष्मी नारायणको मन्दिर नव गृह मंडम २ तुलसी मठ विश्राम जय गृह दाउरा राख्ने गोजम पित्रृमोक्ष यज्ञशाला बैकुण्ठ धाम भवन बृद्धा आश्रम मन्दिर पुजा गर्ने एक पुजारी पंडीत र सबै रेख देख गर्ने र दाउँरा दिने एक जना र क्षक रखवाल हुनु हुन्छ । साथै वृद्धा आश्रममा श्री निलसागर संस्था नेपालगंज को सक्रियतामा आजका मिति सम्म २७ जना असहाय असक्त अपाङ्ग र जेष्ठ नागरिकहरुको ब्यवस्था भैरहेको छ । त्यसै कारण पछि उक्त जमिनको अतिनै आवश्यक छ । भन्ने सबै महानुभाव ज्यू साथै सबै जनमानसमा जानकारी गराउँन चाहन्छु ।
दस्तव्य ः– सम्बन्धीत निकायमा निर्णयक ब्यक्ती श्रीमान ज्यूहरुले निष्ठक्षय रुपमा पक्षपात नगरि न्याय दिएको खण्डमा शान्ति सुरक्षा त स्वयम कायम हुने थियो भन्ने मैले अनुरोध आग्रह हो । म आज यति मात्र भन्न उपयुक्त थाने भुल चुक क्षेमा प्रार्थी छु । आ.व. २०७८।०४।२९ गते को श्रीमान ज्यू बाट सल्लाहको साथ आदेश छ । पहिला नापी शाखा बाट जमीन नापी गर्ने र श्रीमान अदालतको फैसला बमोजिम कार्य सम्पादन गर्ने कानुनी राज्यमा कानुनको सबैले नै पालना गुर्नपर्छ । भन्ने श्रीमान सि.डि.ओ. ज्यूको निर्देशन अनुसार धर्म सभा सम्पन्न भएको हो । श्रीमान ज्यू पुन धन्यवाद दिन चहान्छु । यस पाली त श्री मुक्ति नारायण भादाघाटको नाममा उक्त जग्गा कायम हुनेछ भन्ने पूर्ण आशा र विश्वासमा छु ।
लेखक ः श्री मुक्ति नारायण भादा (सर्पुघाट)
ब्यवस्थापन समितिको
अध्यक्ष हुनुहुन्छ ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button