Uncategorized

बर्दिया अस्पताललाई सात लाखको स्वास्थ्य सामाग्री

Prakash Paudel
प्रकाश पौडेल बर्दिया (गुलरिया), भदौ २७ गते ।
कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक संस्थाले बर्दिया अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । सहकर्मी समाज नेपालले कोर्डएड नेदरल्यान्ड , इकोको सहयोगमा झन्डै सात लाख रुपैयाँको स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरेको हो । कोरोना रोकथाम, जनचेतना र स्वास्थ्य सामाग्री सहयोग परियोजना अन्तर्गत “कोभिड- १९ आपतकालीन प्रतिकार्य नेपालले ” बर्दिया अस्पताललाई ७६ तन्ना सेट र अठार सय नास्ता सुरुवात सहित करिब सात लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको सहकर्मी समाजका जिल्ला कार्यक्रम संयोजक नारायण लम्सालले जानकारी दिनुभयो । कार्यक्रम संयोजक लम्सालले भन्नुभयो, ‘ कोरोना उपचारमा खटिएका स्वास्थकर्मीहरुलाई थप उत्साह र उर्जा पैदा गर्नका लागि दिउँसोको खाजा उपलब्ध गराइएको हो । यो कार्यक्रमले स्वास्थकर्मीहरुको मनोबलमा बृद्धि भई । उपचारमा थप सकृयता बढ्ने छ । ‘ बर्दिया अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले ‘ सहकर्मी नेपालबाट प्राप्त सहयोगको लागि कोर्डएड नेदरल्यान्ड र सहकर्मि समाज प्रति आभार व्यक्त गर्नु भयो। यस संस्थासंग निरन्तर सम्बन्ध अगाडि बढोस भन्ने अपेक्षा सहित फोहोर मैला व्यवस्थापन र अपाङ्ग मैत्री शौचालय सम्वन्धमा सहयोगको निम्ति अनुरोध गर्नु भएको छ ।’ बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सुभाष पाण्डेले ‘ सहकर्मी समाजले अहिले आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री प्राप्त भएको बताउनु भयो । साथै दिनमा पनि सहकार्य र सहयोग गरेर अगाडी बढ्ने बताउनु भयो ।’

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button