स्थानीय

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा बबई क्याम्पस प्रमुखलाई ध्यानाकर्षण

होमेन्द्र थापा

बर्दिया । नेपाल राष्ट्रिय प्राध्यापक संगठन बर्दियाले विभिन्न माग राखी बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका प्रमुखलाई बुधवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
बबई बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोज÷रुपान्तरण हुनुपुर्वको क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधा र कार्यकाल विश्वविद्यालयमा हरेक प्रयोजनाका लागि गणना हुने गरी व्यवस्था गर्नकालागि विश्वविद्यालयका उच्चपदस्थ पदाधिकारी समक्ष तत्काल पहल गर्नु पर्ने, आंगिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको उपदान वापतको रकम एकमुष्ट विश्वविद्यालयको खातामा दाखिला भईरहेकोमा त्यसलाई कर्मचारी संचयकोष जस्तै प्रत्येक व्यक्तिको खातामा आउने गरी व्यवस्था मिलाउनका लागि शिघ्र पहल गर्नु पर्ने । क्याम्पस समायोजना क्रममा करारमा परेका शिक्षक कर्मचारीलाई प्रक्रिया पु¥याई स्थाई सेवामा समायोजन एवं क्याम्पसमा कार्यरत आंशिक शिक्षकलाई स्थायी सेवाको प्रक्रियाको रुपमा तत्काल करारमा लैजान विश्वविद्यालयमा प्रयास गर्नु अनुरोध गर्दै ७ वुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
संगठनका संयोजक हेमन्तराज अधिकारी, सदस्य प्रेम प्रसाद अधिकारी र नारायण प्रसाद पौडेलको हस्ताक्षरित पत्रमा क्याम्पसलाई सहज ढंगबाट अगाडी बढाउन आपसी सदभाव समन्वय र सहकार्यको सस्कृति नै कार्य सफलताको सुचक हो भन्ने कुरालाई तिरस्कार गर्दै गएमा यो आफैमा घातक सिद्ध हुन जान्छ । वर्तमान क्याम्पस प्रमुख नियुक्त भएदेखी क्याम्पसलाई अग्रगतिमा लिनुको साटो स–साना कुराहरुमा पनि उपयुक्त निर्णय लिन नसकी क्याम्पसलाई अन्योल्तातिर धकेलीरहेको, अर्कोतिर क्याम्पसमा क्रियाशिल अन्य पेशागत संगठनहरुसंग सहकार्य नगरी एकाधिकार एवं तानाशाही प्रवृतितर्फ उन्मुख भएको देखिएको र संगठनको गम्भिर ध्यानाकर्षण भएकोले सोही मागहरु तत्काल पुरा गर्न अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठन शैशिक एवं बौद्धिक वर्गको पेशागत हकहितलाई संरक्षण गर्ने तथा प्राज्ञिक क्षेत्रमा भएका तमाम बिकृति विसंगतिका विरुद्धा लडदैआईरहेको छ । स्वच्छ मर्यादित र प्राज्ञिक वातावरण स्थापना गर्नकालागि आफ्नो स्थापनाकालदेखी आफुलाई नेतृत्वदायि संगठनको रुपमा स्थापितगर्दैआईरहेको छ । बबई बहमुखी क्याम्पसमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनले आफ्नो स्थापनाकालदेखी क्याम्पस प्रशासनले गरेका राम्रो कार्यहरुको प्रशंसा एवं समर्थन र नराम्रो कार्यहरुको भण्डाफोरगर्दै एवं क्याम्पसको विकास र सुधारकालागि विगतका वर्षहरुदेखीनै क्याम्पसले झेल्नु परेका आरोह अवरोहहरुमा निर्सत साथ दिदै महत्वपुर्ण भूमिका निर्वाह गर्दैआईरहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button