स्थानीय

समानता समाजद्वारा सचेतना मुलक सरसफाई

होमेन्द्र थापा
बर्दिया, आफ्नो फोहर आफै व्यवस्थापन गरौं, स्वच्छ, हराभरा प्रदुषण एवं प्लाष्टिक रहित नगरपालिका बनाऔं भन्ने मुल नाराका साथ समानता समाज केन्द्र, बर्दियाले सनीवारका दिन मधुवन नगरपालिका वडा न.६ स्थित बसपार्कदेखी सशस्त्र प्रहरी क्याम्प सम्म सचेतना मुलक सरसफाई गरेको छ ।
आफ्नो फोहरको आफै व्यवस्थापन गर्ने, आफ्नो घर अगाडी अनिवार्य फोहर मलाई राख्नु पर्ने र फोहर मलाईमा नै फोहर जम्मा गर्ने, हप्ताको कम्तिमा दुई पटक अनिवार्य रुपमा फोहर व्यवस्थापन गर्ने टयाक्टर घर दैलोमा पुगी फोहर मलाईमा राखेको फोहर उठाउने, प्लाष्टिक जलाएर बातावरण प्रदुषण गर्ने कार्य तत्काल रोक्ने र प्लाष्टिक रहित नगरपालिका बनाउन नगरपालिकाले तत्काल निति बनाई सो को अविलम्ब कार्यान्वयन गर्नु पर्ने लगाएतका कार्यक्रमको मुख्य संदेश दिदै सचेतना मुलक सरसफाई गरेको हो ।
सचेतना मुलक सफाई कार्यक्रममा समानता समाज केन्द्रका अध्यक्ष टंक प्रसाद न्यौपाने, महासचिव केदार प्रसाद सिग्देल, सल्लाहाकार संयोजक अधिवक्ता यामलाल भाट, स्वास्थ्य तथा पर्यावरण विभागका प्रमुख दधिराम पौडेल, केन्द्रका सम्पुर्ण पदाधिकारीहरु, मधुवन नगरपालिका वडा न.६ का वडा अध्यक्ष भक्त बहादुर सुनार, समानता समाज केन्द्रका जनपद प्रहरी र ससस्त्र प्रहरी वलका प्रमुख तथा प्रतिनिधिहरुको पनि उत्साहाजनक सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले कुच्चो अर्थात झाडु लिएर फोहर मैला पलाष्टिक कागजहरु संकलन गर्ने र संकलित फोहरलाई फोहर मलाईमा जम्मा गर्ने र आम समुदाय तथा जनमानसमा जानकारी तथा अनुरोधको लागि माईकिङ्ग समेत गरिएको थियो ।
यसै गरी सरसफाई कार्यक्रममा सहभागी महानुभावहरुलाई खाने मिनरल पानी सौजन्य गरेकोमा वडा अध्यक्ष भक्त बहादुर सुनारलाई आयोजक केन्द्रका अध्यक्ष टंक प्रसाद न्यौपानेले हार्दिक आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको उद्देश्यको बारेमा सल्लाहाकार संयोजक भाटले प्रकाश पार्नु भएको थियो । भने कार्यक्रम संञ्चालन महासचिव केदार प्रसाद सिग्देलले गर्नु भएको थियो । स्थापना कालदेखी नै समानता समाज केन्द्र बर्दियाले मधुवन नगरपालिकामा विभिन्न सचेतना मुलक कार्य तथा गतिविधिहरु गर्दैआईरहेको कुरा संस्थाका सल्लाहाकार संयोजक भाटले जानकारी दिनु भएको हो ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button