संविधान दिवसमा आन्दोलनका घाईते, शहिद र वेपत्ताका परिवारलाई सम्मान

होमेन्द्र थापा
बर्दिया, शहिद यामलाल लामिछाने स्मृति प्रतिष्ठान गुलरिया,बर्दियाले असोज ३ गते संविधान दिवस २०७८ को अवसर पारी नेपालको संविधान २०७२ योगदान र त्याग बिषयक अन्तरक्रिया साथै आन्दोलनका घाईते,शहिद र वेपत्ताका परिवारलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले गुलरियामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पुर्व सिंचाई मन्त्री तथा संघीय सांसद संजय कुमार गौतम र प्रतिष्ठानका अध्यक्ष भूमिराज लामिछानेले आन्दोलनका घाईतेहरु बढैयाताल गाउँपालिका वडा न. ८ सितलाका जयराम न्यौपाने, बारबर्दिया नगरपालिका वडा न. ४ का चिरञ्जीवी ज्ञावली, गुलरिया नगरपालिका वडा न.१ का कृष्ण भण्डारी यसै गरी राज्य पक्षबाट बेपत्ता बारबर्दिया नगरपालिका वडा न. ११ बेलभारका चैते थारु र सितारानी थारु, माओवादी विद्रोहीबाट मारिएका गुलरिया नगरपालिका वडा न.३ कट्टी गाउँका राम शंकर यादव र माओवादी प्रतिकार समितिबाट मारिएका गुलरिया ९ का नन्कउ गोडियाका परिवारजन ६ जना सदस्यहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
अतिथि गौतमले संविधानको अपनत्व सबै दलले ग्रहण गर्नु पर्नेमा जोड दिएकाछन । राजनितिक दलका नेताहरु परिवर्तनलाई आत्मासाथ गर्दै सही बाटोमा हिडन नसकेको वहाँको आरोप छ । शहिदको त्याग तपस्या र वलीदानीबाट लेखिएको संविधान दिवस उत्सर्गको रुपमा मनाउनु पर्ने, शहिदको वलीदानी विर्सिएर नयाँ नेपाल नबन्ने भन्दै नेताहरुले विगत, वर्तमान र भविष्यको सोच नगरी समृद्धि नआउने गौतमको भनाई छ ।
यसै गरी नेकपा समाजवादी पार्टी बर्दियाका अध्यक्ष प्रेम पोख्रेलले पार्टीमा एकलौटी ढंगले आफ्नो विचार र काम लादेकोले पार्टी फुटेको कुरा बताउदै शहिद यमलाल राम्रो कार्यकर्ता रहेको देशका लागि लडदा शाहादत्त प्राप्त गर्नु भयो । वहाका परिवार सस्थालाई कस्तो सहयोग गर्नु पर्छ आफु र आफ्नो पार्टी सदैव तयार रहेको जानकारी पोख्रेलले गराउनु भएको थियो ।
उक्त नेपालको संविधान निर्माणमा योगदान तथा जनअपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता शहिद यामलाल लामिछाने स्मृति प्रतिष्ठान गुलरिया,बर्दियाका अध्यक्ष भूमिराज लामिछानेले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कुल प्रसाद पोख्रेल, नेकपा समाजवादी पार्टी बर्दियाका अध्यक्ष प्रेम पोख्रेल, नेकपा ऐमाले पार्टी प्रतिनिधि कृष्ण खनाल, जनमोर्चा पार्टीका बर्दिया जिल्ला अध्यक्ष युवराज ढकाल, गुलरिया नगरपालिका वडा न.२ का वडा अध्यक्ष टंक अधिकारी, वडा न.४ का वडा अध्यक्ष राम बहादुर रावल, नागरिक समाज संञ्जाल बर्दियाका अध्यक्ष बालकृष्ण ओली, पत्रकार लगाएत समाज सेवी तथा बुद्धिजिविहरुको सहभागीता रहेको थियो । भने उक्त कार्यक्रम संचारकर्मी मुकुन्द सुबेदीले संञ्चालन गर्नु भएको थियो ।