हर्षउल्लास र भव्यताको साथ संविधान दिवस

होमेन्द्र थापा
बर्दिया, असोज ३ गते आईतावारको दिन सातौं संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ बारबर्दिया नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी हर्षउल्लास र भव्यताको साथ मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद माननिय तिलक राम शर्मा (हिमाल)ले संविधान बनाउनु पर्ने हिसावले माओवादीले यो ऐजेन्डालाई उठायो, नेतृत्व ग¥यो सहभागीता सबै राजनितिक दलहरुले देखाए सायद सबै राजनितिक दलहरुको सहभागीता नभएको भए हामी यो संविधान बनाउन सक्दैनौंथियौं होला । दुई दुई पटक संविधान सभाको चुनाव गराउनु प¥यो । राज्यले आर्थिक भार खेप्नु प¥यो । हामीले आशा गरेका थियौं अब नेपालमा एउटा स्थिर शासन हुनेछ, सुव्यवस्था हुनेछ, समृद्धि आउनेछ, विकास निर्माण हुनेछ । सम्पुर्ण नेपाली जनताले एउटा सपना बोकेको स्थिती थियो । तर दुर्भाग्य हामीले नै निर्वाचित गरेर पठाएको प्रतिनिधि देशको नेतृत्व गरिरहेका प्रधानमन्त्रीबाट संविधानलाई कुल्चिने काम भयो । नेपाली जनताको चाहाना र भावना माथि नेपाली जनताले बगाएको रगत नेपाली जनताले गरेको बलिदान र नेपाली जनताले प्राप्ता गरेको संविधानलाई नै ध्वस्ता पार्ने प्रयास गरियो कुचेष्टा गरियो त्यो प्रधानमन्त्रीको मात्र प्रयास थिएन त्यसमा विभिन्न खालका पक्षहरु लागेका थिए । फेरी पनि हामीले भरखरै प्रतिगमन विरुद्धको आन्दोलनमा विजय प्राप्त गरेकाछौं । अब कुनै पनि पक्षले कुनै पनि तत्वहरुले यो संविधानलाई असफल बनाउन सक्दैन भन्ने कुरा सांसद हिमालले राख्नु भएको थियो ।
उक्त कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु(कविर)ले पनि यो संविधान ठुलो वलिदानको बिचबाट प्राप्त भएको संविधान हो । नेपालको संबैधानीक ईतिहासलाई कोट्टाउने हो भने पहिलो पटक जनताबाट निर्वाचित जनप्रतिनिधिहरुद्धारा निर्माण गरिएको यो पहिलो संविधान हो । जनताहरुद्धारा निर्वाचित जनप्रतिनिधिद्धारा निर्माण गरिएकै कारण यस संविधानमा विगतका संविधानभन्दा धेरै जनताका अधिकारलाई मौलिक हकको रुपमा उल्लेखित भएकाछन । पहिलो पटक नेपाली जनतालाई राज्यको शक्तिको प्रमुख स्रोतको रुपमा स्विकारीएको छ । नेपाली जनता सार्वभौमिक सत्ता सम्पन्न जनता व्यवहारिक रुपमै स्विकार गरीएको छ । यस अर्ध यो संविधान नेपालमा विगतमा बनेको संविधान भन्दा धेरै उत्कृष्ट धेरै नेपाली मौलिक्ता सहितको र नेपालको सबै जातजाति, वर्ग,क्षेत्र, लिंग र समुदायको भावनाको प्रतिनिधित्व गरेको संविधान रहेको र स्विकार गरेको कुरा नगर प्रमुख थारुले बताउनु भयो ।
यसैगरी बारबर्दिया नगरपालिकाद्धारा आयोजित सातौं संविधान दिवस २०७८ को कार्यक्रममा नगरका स्वस्थ्य तथा शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरी योगदान पु¥याउने कर्मचारीहरुलाई कार्यक्रममै सम्मान पनि गर्नु भएको थियो । सम्मानित हुनेहरुमा आर सि थारु मेमोरियल नगर अस्पताल बारबर्दियाका मे.सु. डा. रोशन सापकोटा, मे.अ. डा. नेपोलियन कुमार दास, ज.स्वा.नि.गोविन्द पौडेल, मधु ज्ञावली, ब.ल्या.अ.बिष्णु प्रसाद थारु, आईतवारी थारु, अ.ना.मी.शान्ति शाह,ढलकी विष्ट, अ.हे.ब.ललि राम थारु, का.स.निलु चौधरी, पुर्ण बहादुर चौधरी, हे.स.चा.काशी राम वि.सी, एम्बुलेन्स चालक अशुल थारु, सेवा निवृत सि.अ.हे.ब.धन बहादुर खडका, मणिराज पोख्रेल र पभ्रराम चौधरी र यसै गरी श्री पाञ्चजन्य मा.वि.पदनाहाका गोविन्द प्रसाद ढकाल, शोभा आचार्य, कर्ण बहादुर पुन, सावित्रा योगी,श्री भानु भक्ता मा.वि.सिउनियाका कर बहादुर बस्नेत, श्री अंशु वर्मा मा.वि.जयनगरका पोमराज शर्मा, विक्रम पोख्रेल,झबिलाल काफ्ले, श्री युवक मा.वि.का केशव बस्याल, श्री सिम्हा मा.वि.बेलभारका राम प्रसाद थारु, सुखिराम चौधरी, श्री किसान मा.वि. फच्कहवाका केशव बहादुर सुनार, श्री शहिद आ.वि.गुमस्ताका कर्ण बहादुर चौधरी, श्री जलजला दिपज्योति आ.वि.बनियाभारका निरंजन रावल, श्री कृष्ण आ.वि.दुध्धाका सुभा पोखरेल, श्री नवज्योति आ.वि.शक्तिनगरका नमा ज्ञावली, श्री मजदुर आ.वि.लम्किफाँटाका जग्गु प्रसाद चौधरी, जनज्योति मा.वि. बनगाईका मिना भण्डारी र श्री शान्ति मा.वि.कुमरागाउँका हरिदेव गिरी लगाएतका शिक्षक कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तिलक राम शर्मा (हिमाल)नगर प्रमुख दुर्गा बहादुर थारु (कविर) र उपप्रमुख अन्जु दहितले टिका लगाई, दोसल्ला ओढाई नगद र सम्मान पत्र दिएर सम्मान गर्नु भएको थियो । भने कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाई, बहिनीहरुले सांस्कृतिक मनोरञ्जन स्वरुप नाचगान देखाएर सहभागीहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।