स्थानीय

राजापुरमा जनचेतना अभियान सम्पन्न

सागर भट्टराई बर्दिया ( राजापुर ) असोज ६ गते ।

कोभिड -१९ को जोखिम रोकथामको लागि जलदिप बिकास समाजले एकदिने माक्स लगाउन आग्रह गर्दै जनचेतना मूलक अभियान सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा ६ को मानपुर टपरामा जलदिप बिकास समाजले माक्स वितरण अभियानमा दुई हजार मास्क वितरण गरि सम्पन्न भएको छ ।

कोभिड – १९ को महामारीबाट जोगिन सजिलो र उपयुक्त माध्यम माक्स लगाउनु हो । यहीँ सन्देश प्रवाह गर्नका लागि ” तपाईंको माक्स खै ? ” भन्दै सडकमा हिड्ने र बसमा यात्रा गरेका नागरिकलाई माक्स वितरण गरिएको थियो । राजापुर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य ठाकुर प्रसाद थारुले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

त्यसैगरी यो अभियानमा स्वास्थ्य चौकी मानपुर टपरा, प्रहरी चौकी भिम्मापुर ( तीनघरुवा), कोभिड-१९ आपतकालीन प्रतिकार्य नेपाल अन्तर्गत इको/कोर्डएड नेदरल्यान्ड र सहकर्मी समाज कोहलपुरको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो । आपतकालीन प्रतिकार्य नेपालका बर्दिया संयोजक नारायण लम्सालले बिना माक्स नागरिकहरु हिड्न थालेपछि बिना माक्स नहिड्न आग्रह गर्न गर्न यो अभियान गरिएको जानकारी दिनु भयो ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button