प्रेस सेन्टर नेपालको छैठौं जिल्ला अधिवेशन सम्पन्न

बर्दिया, प्रेस सेन्टर नेपालको छैठौं जिल्ला अधिवेशन बर्दियाको गुलरियामा शुक्रवार सम्पन्न भएको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा भिम उचै ठकुरी अध्यक्षमा पुनः चयन हुनु भएको छ ।
त्यसै गरी उपाध्यक्षमा मिन अधिकारी, महिला उपाध्यक्ष माया चौधरी, सचिव टिकाराम चौधरी, कोषध्यक्ष राजु नगाल क्षेत्री, सहसचिव खुला तर्फ विनोद चन्द, सह सचिव समावेशी तर्फ हुम कुमार चौधरी सदस्यहरुमा रावन बि.क., अनोज चौधरी, सरोज कामत, होमेन्द्र थापा, शक्ति परिवार,डोल राज सिग्देल, राम कुमारी चौधरी, केशव कोईराला, गान्दिप कायस्त, टिका अधिकारी, रजना परिवार, महेश चौधरी, भिम नेपाल,दम्मर परियार गरी २१ जनाको जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा प्रेस सेन्टर लुम्बिनी प्रदेशका संयोजक मानसिंह विश्वकर्मको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र गरिएको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रदेश सदस्य शितल थापा प्रभुराम चौधरीको उपस्थितमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु, उपमेयर अन्जु दहित, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, नागरिक समाज संञ्जाल बर्दियाका अध्यक्ष बालकृष्ण वली लगाएतको उपस्थिती रहेको थियो ।
उक्त अधिवेशन कार्यक्रममा बर्दियाबाट मेनका चौधरी र मेघराज सिग्देल केन्द्रिय सदस्य र शितल थापा, प्रभुराम चौधरी, भागीराम चौधरी र पुष्पा चौधरीलाई लुम्बिनी प्रदेश सदस्यमा चयन गरिएको पनि जानकारी गराईएको थियो । भने प्रेस सेन्टर नेपाल जिल्ला कमिटी बर्दियाको पहिलो बैठक तिहार आगावै बस्ने अध्यक्ष ठकुरीले बताउनु भएको हो ।