स्थानीय

अर्नवा तालसंग आन्तरिक पर्यटन जोडने योजना र पहलमाछौं

वडा अध्यक्ष ः चिन्तामणी आचार्य

होमेन्द्र थापा
बर्दिया, राजापुर नगरपालिका वडा न.८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले आफ्नो वडामा अवस्थित अर्नवा तालसंग आन्तरिक पर्यटन जोडने योजना र पहलमा लागिरहेको कुरा संञ्चारकर्मीहरुसंगको भेटघाट तथा छलफलमा बताउनु भएको हो ।


वडा अध्यक्ष आचार्यका अनुसार राजापुर नगरपालिका वडा न.८ मा रहेको अर्नवा ताल १२ विगाहको क्षेत्रफलमा रहेको र राजापुर नगरपालिकाकै ठुलो ताल रहेको कुरा बताउनु भएको छ । अर्नवा ताल विगतदेखी नै यो ताल ओझेलमा परेको ताल हो । वस्तवमा यो ताल व्यवस्थापन हुन सकेकोछैन । तालले ओगटेको १२ विगाहको जग्गा पनि बेदर्तावाल जग्गा हो । बेदर्तावाल भएकै कारण कसैको नाममाछैन । तालको व्यवस्थापन गर्न नसकेको कारण जग्गा दर्ता गर्नका लागि यहाँका मानिसहरुले प्रक्रिया सुरु गरेका थिए । कित्ताकाट पनि गरेका थिए । तर यहाँका केही सामाजिक मान्छेहरुले मुद्दा हालेर कित्ताकाट भईसकेको र दर्ता प्रक्रियामा पुगीसकेको जग्गालाई पनि बदर गराएको र अहिले कसैको नाममा नरहेर बेदर्तावाल जग्गा नै रहेको वडाअध्यक्ष आचार्यले जानकारी गराउनु भएको थियो ।
आचार्यले आफु स्थानिय तहका जनप्रतिनिधी भएर आईसकेपछि बार्षिक रुपमा नगर पालिकाको थोरैथोरै बजेटले यो तालको डिल निर्माण पनि गरेको, सामान्य १० लाख रुपैया प्रदेश सरकारबाट आएको र तालको नगर पालिकाले १४ करोडको डिपिआर बनाएको पनि बताउनु भएको थियो ।
प्रदेश सरकार र संघिय सरकारसंग समन्वय गरेर नगर पालिकाले डिपिआर अनुसारकै यो ताललाई व्यवस्थापन र बजेटको व्यवस्थापन गर्नको लागि आफुले आफ्नो ठाउँबाट निरन्तर पहल गर्ने कुरामा वडा अध्यक्ष आचार्यले जोडदिनु भएको छ । र पक्कै पनि यो अर्नवा ताललाई स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको थोरैथोरै सहयोग रहेर तालको व्यवस्थापनलाई सुधार मात्र गर्ने हो भने पनि यसै बर्षबाट आन्तरिक पर्यटकहरु आउन र रमाउन सक्ने ठुलो सम्भावना र अवस्था रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button