Uncategorizedबिचार

साहित्यिक उन्नयनका लागि अनुकरणीय कार्य

– सुशील चौधरी
जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्दछन् भन्ने भनाई नयाँहोइन । विज्ञान र प्रविधिले जति नै छलांग हानेपनि विज्ञानको सीमिततालाई मान्न करै लाग्छ । त्यसैले नाटक सम्राट बालकृष्ण समले हाँसी ज्ञान मर्दछ, रोइ विज्ञान मर्दछ भनेछन्, एक प्रसंगमा । हाम्रा महाकवि जसले पागलको पगडी पनि गुथ्न बाध्य भए, तर उनले भने कीउद्देश्य के लिनु उडिछुनु चन्द्र एक । नभन्दै लगत्तै निल आर्मष्ट्रंगले चन्द्रमामा पाइला टेकिछाडे । आजल्भ मानिस मंगल ग्रहमा पानीको स्रोत खोजि रहेकोछ, मानव बस्ती बसाल्नेबारे सनैसनै चर्चा चुलिंदो छ । साहित्य सरस हुनुपर्छ भन्ने मान्यता छ, तर यो प्रवन्ध बहकिएको महसुस गर्दैछु म । मेरो यो पलेटी कसाईमा एक यस्तो प्रसंगको परिचर्चा गर्न खोजि रहेको छु, जसको लागि शब्द बन्न अक्षरहरु एकाकार हुन मानिरहेका छैनन् । तर लेख्छु भनेपछि लेख्नै पर्यो, लेखकभइ टोपलेपछि ।


प्रसंग यस वर्षको तिहारको रमाइलो शरदीयमा सपारेर बर्दियाको बारबर्दिया नगरपालिकाले आयोजना गरेको साहित्य तथा संगीत उत्सवको हो । त्यस उत्सवलाई प्रगतिशील थारु साहित्य र संस्कृतिको फाँटमा पचासौं वर्ष नेतृत्व गरेको थारु भषा तथा उत्थान मंच (गोचाली परिवार) ले समन्वय र व्यवस्थापन गरेको थियो । भेटरान अतिथिहरुको उपीिस्थति र साहित्य बाचनले साहित्यिक महफिललाई मनोरम बनायो । थारु आयोगका अध्यक्ष माननीय विष्णुप्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मी र प्राज्ञसभा सदस्य हरिप्रसाद तिमिल्सिनाको उपस्थिति आफैमा अर्थपूर्ण रह्यो । त्यसमा कवितालाई अनिश्चितताको बाटोको यात्राका रुपमा अथ्र्याउनेमुर्धन्य कवि मनुमन्जिलको कविता बाचानले उत्सवलाई सुरम्य बनायो । छन्दकवि जिवराज पाण्डे र विद्रोही कवि हेमप्रका शमंजिलको प्रस्तुतिले माहोलमा आगो लगाएको थियो । प्रदिप रोदन, हुकुम धडकन र संगीता थापाको गजलले स्रोताहरुको दिलमा पराकम्पन ल्याएको थियो ।


उत्सवमा दुई जना स्रष्टा कविएवं संस्कृति कर्मी सुशील चौधरी र गजलकार तथा उपन्यासकार छविलाल कोपिलालाई विशेष सम्मान गरेको थियो । उत्सवमा नेपाल आइडलका उपविजेता प्रविन बेडवाल र थारु लोक गायक दर्पन कुशुम्याले पनिदर्शकलाई सांगीतिक लयमा झुमाउन सफल सफलथिए । यस्तो लाग्दथ्यो, स्वर्गको एक टुक्रा बारबर्दियाको सदरमुकाम सुन्दर ऐतिहासिक नगरी जयनगरमा झरेर साहित्यिक र सांगीतिक सरकममा झुमेको छ । स्थानीय कलाकारहरुको झाँकी र विविध प्रस्तुतिले बारबर्दिया को साँस्कृतिक विविधताको बान्कीपुलकित भइरहेको थियो । स्थानीय गजलकार द्वय अमृत ढकाल र हरिप्रकाश भण्डारीको प्रस्तुति र सहजीकरण कौशलले उत्सवको उपादेयता र रस्सास्वादन गर्न स्रोताहरुले पाइरहेका थिए । नगरप्रमुख दुर्गाबहादुर थारु ‘कविर’ र उपप्रमुख अन्जु दहित र समग्र नगरका प्रतिनिधिहरुको अतिथि सत्कार र सम्मानमा देखिएको आर्दिकता र तदारुकता इश्र्या लाग्दो देखिन्थ्यो । संयोजनकारी भूमिकामा रहेका गोचाली परिवारका अध्यक्ष सुदीन थारुको सक्रियता सक्नि योग्यथियो । धरै लामो समय पछि उत्कृष्ट उत्सवमा रहनपाएकोमा म मात्रहोइन, स्रष्टाहरु गद्गद् थिए ।
कविमुन्जिलले आफ्नो लोकप्रियकविता मेरो एउटा दुश्मन छ माआफुलाई फोहर जत्तिकै घृणा गर्ने दुश्मनलाई फुलजत्तिकै मन पराउने उद्घोष गर्दै भने,

मेरो एउटा दुश्मन छ
जो मलाई फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुलजत्तिकै मन पराउँछु

कवि मंजिल खुल्दै जान्छन् अनिपोखिन्छन् पहराको साँगुरो बाटोमा कविता मार्पmत । आजचाक्लो फराकिलो बाटो विकासको प्रतीकमा निएको भाष्य माथि पहराको साँगुरो बाटोमा कवितामार्पmत कडा प्रतिवाद गर्छन् उनी । पहराको साँगुरो बाटो पनि सम्बनधका कडि हुनसक्दछन्, सम्बन्धले जीवनबदलिन सक्दछ भन्दै स्रोताहरुलाई पस्कन्छन् ….
गोरखाका युवाकवि प्रदीप रोदनले गजल मार्फत लाचारी सत्ता, लवस्तरो नयाँयुवा पुस्ता र पितृसत्ता माथि धुवाधार बमवारी गरे । उनले मरेको बाबु माथिको गजलमा भने थाहानभएको त बाबुको अनुहार न हो, हातको सुनको औठी विर्सेको छैनहुकम धडकनले धडकन हल्लिने गरी लयमा गजल गाए । गजलकार सुनिता थापाले आधाआकशको पुरै जिम्मा लिइन् । पंतिका

पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो ‘. !
तर, कहिल्यै नसोचेको
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो !
बाटो साँघुरो भएरै
हजुरलाई छुन पाइयो
यस्सो पन्छिएर ‘ हजुरको यात्रालाई
जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन
जीवनमा खुला मैदान मात्रै
खुसीको परिभाषा होइन !
जस्तो कि पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो ‘‘
अनेक फराक संसारमा जो
कहिल्यै सम्भव भएन !

रले पनि बारबर्दिवनके खोजी शीर्षकको कविता सुनाउन भ्यायो । कवितामाथारु ीमथक अनुसार गोठालो गएका बारजना गोठालाहरु बनघुस्री नजिकबारो बर्दिया भन्ने ठाउँबाट हराएको युगौ भएको, कतै ..वीर एक बर्दिवा त होइनन् जो जयनगरमा हिडिरहेका छन्, आफ्ना हराएका अरु साथी खोज्दै भन्ने संकेत गर्न खोजिएको छ ।
साहित्य र संगीत महोत्सवको महफिलको रस्सास्वादन गरेका पाहुना र स्रष्टाहरुले मुक्तकण्ठले आयोजको प्रशंसा गरे । मुख्य पाहुना थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौ्रधरीले पालिकाको सिर्जनशील कामका लागि धन्यवाद दिए । वरिष्ठ कथाकार सनत रेग्मीले यस्तो आसलाग्दो काम अरु पालिकाले पनिसिक्नुपर्ने बताए । प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले उत्सवले आफूलाई उर्जाप्रदान गरेको र यसको महत्वबारे प्रतिष्ठान लगायत ठाउँमा प्रचार प्रसार गर्ने प्रतिवद्धता जनाए । आमान्त्रित स्रष्टाहरुलाई मायाको चिनो दिएर आयोजकले सम्मानअदा गरेको थियो ।


त्यसो त बारबर्दिया नगरपालिकाले यस भन्दापहलिे पनि गोचाली परिवार मार्फत साँस्कृतिक महोत्सव, सास्कृतिक प्रतिया्गिता, लोकगाथा वाचन र संकलन कार्य गर्दै आएको देखिन्छ । यस पटकको महोत्सव ऐतिहासिक रहह्यो । देशभरीका स्रष्टाहरुलाई निम्तो गरेर गरिएको साहित्यतथा संगीतउत्सवको ओज भुल्नै नसकिने रह्यो । विधिविधान, नीतिनिर्माण र सिंहदरबार काठमाण्डौमा रमाइरहेको आरोप लागिरहेको बेलामा संघीयताको मर्म बमोजिम स्थानीय सरकारले साहित्यिक र सांगीतिक उन्नयनका लागि देखाएको जागरुकता उदाहरणीय भयो । ७ सय ५३ पालिकाहरुले स्थानीयतहमा साहित्यिक र सांगीति कविकासका लािग प्रतिष्ठान खोल्न सक्ने र लोक साहत्यिको श्रीवृद्धिका लागि जाँगर देखाउनसक्दा राष्ट्र निर्माणमा ठुलो योगदानहुने थियो कि ?

नगरप्रमुख कबीरले पक्कै कबीर दासको यो कालजयीदोहा पढेकै होलान्

मायामरी न मन मरा, मर कर गए शरीर
आशा, तृष्णा ना मरी, कहगए दास कबीर

त्यसैले सबै स्रष्टाहरुलाई धन्यवाद दिँदै आगामी वर्ष अझभव्य र खँदिलो साहित्यक र सांगीतिक उत्सवका लागि निम्तो दिए, उनले ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button