बिचारस्वास्थ्य

देशमा उत्पादन बढाऊ, स्वदेशी समान उपभोग गरौं

खगेन्द्र तिम्सिना
हामी गरिब देशका नागरिक भनेर नाक खुम्चयाउछौ । देश गरिब बनाएको दोष राजनितिकर्मी नेतालाई दिएर गाली गर्छौ । मुर्दावाद भन्र्छौ आफु केही गर्दैैनौ अर्ति उपदेश दिदै बस्छौ । राजनितिकर्मी पनि यो देशका नागरिक हुन् काम राजनिती हो । तपाई पनि नागरिक नै हो, काम, पेशा कुनै समात्नु भएको होला । पेशा कर्म जे जे भए पनि देश र जन्मेको माटोको लागि जिम्मेवारी उत्तिकै छ । उनीहरुले के योगदान दिएका छन् कम चिन्ता गरौ, आफुले के योगदान दिनुभएको छ ? जन्मेको ठाउको लागि केही न केही योगदान दिनुपर्यो । आप्mनो पेशा कर्म धर्म गर्दै गर्दा, घर परिवार चलाउदै गर्दा पनि देश बिर्सनु भएन । तपाई हामीले घर परिवार चलाउदा चलाउदै देश बनाउन सक्छौ ।
विश्वका बिकसित मुलुकहरुको बिकास क्रमलाई हेर्दा जनताले देशको बिकास गरेको इतिहास छ । बेलायत, फ्रान्समा पनि राजनैतिक क्रान्तीहरु भए जनता सडकमा उत्रे, शाशकिय ब्यावस्था परिवर्तन गरे । राजनैतिक परिवर्तन गरेर आप्mनो आर्थिक अवस्था परिर्वतन गर्न लागि परे । पुर्खौली पेशा कर्मलाई सुधार गर्दै, उत्कृष्ट बनाउन मेहनत गरिरहे, नयाँपन दिन प्रयत्न गरिरहे । फलस्वरुप उनीहरुको आफ्नो दुखको पेशा सहज भयो । धेरै मेहनत र दुःख गरेर हुने काम सजिलै सम्पन्न हुन थाल्यो । आफैले मात्र मेहनत गर्नुपर्ने कृषी पेशामा मेसिन प्रयोग गर्न थाले, शारिरिक परिश्रमले हुने काम मेसिनले गर्न थाल्यो । कृषी उत्पादनका कच्चा पदार्थलाई प्रसोधन गर्न, कामलाई सहज बनाउन औजारहरुको आविस्कार हुनथाल्यो । आफ्नो कामलाई सजिलो बनाउन सकिन्छ भनेर आ आफुले नै खोज तलास गरिरहे, फलस्वरुप औधोगिक क्रान्तीको रुप लियो । कृषी क्रान्तीको जन्म भयो । निर्वाह गर्न पुग्ने उत्पादन निर्यात गर्न पुग्ने हुन थाल्यो ।
हाम्रो देशमा धेरै पटक शाशकिय ब्यावस्था परिवर्तन भयो । सडकका निस्किएर जनताको जोश जाँगरले राज्यको राजनैतिक ब्यावस्था परिवर्तन गरेर घरमा फर्केका जनताको जीवनमा केही परिवर्तन भएन । जनताले पेशा कर्म जसरी चलेको थियो, त्यही पेशा कर्मलाई निरन्तरता दिए आर्थिक रुपान्तरण भएन । राजनैतिक परिवर्तन भयो सोचे अनुसार आर्थिक, सामाजिक परिवर्तन भएन । हाम्रो हजुरवुवाहरुले २००७ सालमा राजनैनिक परिवर्तन गर्न राजनितिकर्मीहरुलाई साथ दिनुभयो । नेताहरुले राजनिती सम्हाले हजुरवुवाले जे जे सम्हाल्नु भएको थियो त्यही पेशा कर्म सम्हाल्नु भयो, राजनितिका नेताको कर्ममा परिवर्तन ल्याइदिनु भयो आफ्नो पेशा कर्म सोच बिचार, आर्थिक अवस्थामा केही परिवर्तन भएन । २०४६, ४७ सालमा बुवा काकाको पूस्ताले पनि जिन्दावाद र मुर्दावादको नाराले देश धन्काउनु भयो, राजनैतिक ब्यावस्था परिवर्तन गराएर छाड्नु भयो । आफ्नो घरको आर्थिक अवस्था परिवर्तन गराउन सक्नु भएन । छोरा छोरीको कपडा परिवर्तन गर्न सक्नु भएन । घरको छानो परिवर्तन गर्न सक्नु भएन । राजनिती र शाशकिय ब्यावस्था परिवर्तन गरेपछि सबै परिवर्तन हुन्छ भन्ने मिठा मिठा सपनामा रमाउनु भयो । यथार्थ कस्तो रहेको छ तपाई हामीले पनि बुझे कै कुरा हो ।
हरेक १५ बर्षमा नयाँ पुस्ता हुर्किसकेको हुन्छ । नयाँ जोश बोकेर हुर्केको पुस्तालाई नयाँ नारा मात्र दिएर बितिरहेको छ नयाँ सोच बिचार र कर्म दिइएन । २०६३,६४ मा देश चलाउन अर्को ब्यावस्था चाहियो, देशलाई चाहिएको ब्यावस्था पाइयो तर जनताको घरमा, आगनमा, टोलमा, सडकमा चाहिएको के के पाइयो छर्लङ्ग छ । राजनितिक रुपान्तरण भएर पुग्ने रहेनछ अव आर्थिक रुपान्तरणको आवश्यकता छ । आर्थिक रुपान्तरणका लागि राजनितिले बाटो खुल्ला गरिदिने हो हिड्नु आफैले पर्छ । आर्थिक अवस्था रुपान्तरणका लागि उत्पादन र प्रशोधन तथा बजारीकरण गर्नुपर्छ । गर्न सकिएन भने उत्पादन गर्नेेहरुलाई खुलेर साथ दिनुपर्छ ।
हामीले दैनिक उपभोग गरिरहेका सामाग्री हेर्यौ भने अधिकांश सामान बस्तुको उत्पादन स्वदेशी हुन्नन् । बिदेशी सामान उपभोग गर्दा स्वेदशी पुजीँ, स्वदेशी शक्ति बाहिरिरहेको छ । स्वदेशमा उत्पादन गर्ने काम राजनिति कर्मीहरुको होइन । तपाई हामीले उत्पादन बढाउ, कम्पनी खोलौ, उद्योग बनाउ, कृषी उत्पादन बढाऔ । उत्पादन बृद्धी गर्न, प्रशोधन गर्न, उद्योग खोल्न, कम्पनी खोल्न, क्रान्तीकारी जोस चाहिएको छ । त्यस्तो जोस तिनै जनतामा छ । २००७ सालमा हजुरवुवाले राजनितिक परिवर्तन गर्न लिएको क्रान्तिकारी सोच कृषी क्रान्ती गर्न निकालौ, निर्वाहमुखी प्रबृती हटाऔ, जरैवाट फालौ, २०४६ सालमा बुवा, काकाले राजनितिक सुधार गर्न निकालेको जोश औधोगिकिकरणका लागि निकालौ, २०६३,६४ सालमा हाम्रा पुस्ताले राज्य संचालन गर्न राजनितिक पुरानो संस्कार हटाउन लिएको प्रण र जिम्मेवारी अव आर्थिक बिकासमा लिऔ । राजनितिक गफको ठाउमा आर्थिक गफलाई स्थान दिउ । तपाई हामीलाई कम्पनी खोल्न उद्योग खोल्न, काम गर्न कसैले रोकेको छैन, आफैले गर्न सक्ने काम नगरेपछि कसैलाई दोष दिने ठाउ छैन । आफु काम नगर्ने अरुले केही गरिदिएर उद्योग कलकारखाना खोलेर मलाई नोकरी देला र नोकरी खाउला भनेर कसैको भलो भएको छैन । हाम्रो क्षमताले उत्पादन गर्न सक्ने चिज बस्तुहरु विश्वलाई आवश्यक हुन्छ । हामी उत्पादन गर्दैनौ, आवश्यक पर्नेलाई दिदैनौ । आफैलाई असर परिरहेको छ, आफ्नै अर्थिक अवस्थामा असर परिरहेको हुन्छ । उपभोक्ताले हामीबाट नपाए पनि कतै न कतैबाट लिन्छन् उपभोग गर्छन्, जस्ले उपलब्ध गराउछ उसले आर्थिक लाभ पाउछ । हामी पनि सोचौ न, छिमेकीलाई के आवश्यकता छ ? उनीहरुलाई के को माग छ खोजी गरौ, माग अनुसारको सामान तयार गर्न प्रयत्न गरौ । हामीले प्रयत्न नगरेर पछि पर्दै गयौ अव उत्पादन बृद्धी गरि विश्व बजारमा पठाऊ, स्वदेशी सामान आफै उत्पादन गरि प्रयोग गरौ, बचेको छिमेकीलाई पठाऊ । आफ्नो लागि पनि आवश्यक सामान पर्याप्त उत्पादन नगरेकोले आजभोली आयात गरेर हाम्रो निर्वाह गर्नु परिरहेको छ । आयात गरेर जीबिकोपार्जन गरेको छ । उत्पादन नगरी किनेर भित्राउदा घरको र देशको अर्थतन्त्र खस्किदो छ । प्रतिस्पर्धी बजार छ, गुण भन्दा मुल्यमा प्रतिस्प्र्धा छ । अव बजारीकरणको तरिका परिवर्तन गरि मुल्य प्रधान प्रतिस्पर्धालाई गुणस्तर प्रधान प्रतिस्पर्धामा रुपान्तरण गरौ । नेपाली उत्पादन गुणस्तरिय छन् भनेर बजारीकरण गरौ र गुणस्तरिय उत्पादन गर्न लागौ, उत्पादन गर्न नसके उत्पादन गर्नेलाई साथ दिऊ । स्वदेशी र गुणस्तरिय सामानको उपभोग गरौ
नेपालमा २०७४ साल आश्विन २४ गते संसदबाट “बस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४” पारित भएको छ । ऐनले स्वदेशी बस्तुको उत्पादन र बिक्री बितरण प्रक्रियालाई सुरक्षीत बनाउने प्रयत्न गरेको देखिन्छ । उक्त ऐनको दफा १६ मा प्रत्यक्ष बिक्री बितरण गर्ने कम्पनीको नेपाली सामान कम्तिमा ५० प्रतिशत हुनुपर्ने ब्यवस्था गरेको छ ।
यो ब्यावस्थाले नेपालमा प्रत्यक्ष बिक्री बितरण गर्ने कम्पनीहरुले स्वदेशमा उद्योग खोल्न र आफ्नै स्वदेशी सामान बिक्री गर्न बाध्य बनाएको छ । परम्परागत बिक्री पद्धतीमा पनि ५० प्रतिशत सामान स्वदेशी मात्र बिक्री गर्ने बाध्यकारी नियम हुने भए स्वदेशी उत्पादकले बजार पाउने थिए । जे होस् प्रत्यक्ष बिक्री ऐनले राम्रो बाटो समातेको छ । हाम्रा देशका राम्रा सामानहरुलाई बिश्वभर फैलाउने माध्यम प्रत्यक्ष बिक्री प्रणाली हुनेछ । प्रत्यक्ष बिक्री प्रणालीले स्वदेशमा नै उद्योगहरु खोल्न प्रेरित गरेको छ । बिदेशी कम्पनीहरुले पनि प्रत्यक्ष बिक्रीको माध्यमवाट बिदेशी बस्तु मात्र ल्याएर नेपालमा बिक्री गर्न पाउने छैनन् । कम्तिमा ५० प्रतिशत नेपालमा उत्पादन गर्नुपर्ने ऐनमा ब्यवस्था छ ।

२०७४ सालमा बस्तुको प्रत्यक्ष बिक्री ऐन बने पछि २०७६ मा सो सम्वन्धि नियमावली बन्यो । सोही आधारमा २०७७ सालबाट प्रत्यक्ष बिक्री कम्पनीहरुलाई इजाजत पत्र दिन शुरु भएको छ । इजाजत पत्र प्राप्त कम्पनीहरुले मात्र प्रत्यक्ष बिक्री गरिने बस्तु नेपालमा नै उत्पादन गर्न पुर्वाधार तयार गर्दैछन् । केही कम्पनीहरुले काम शुरु गरिसकेका छन् । यस ऐन अन्तरगत जति कम्पनी खुल्छन् सबैले नेपालका उत्पादन गर्ने उद्योग र कम्पनीहरु खोल्नेछन् । उनीहरुले उत्पादन गरेको सामान कम्तीमा ५० प्रतिशत वा सो भन्दा बढी नेपाली सामान हुनेछन् । विश्वभरका देशले आफ्ना नागरिकलाई स्वदेशी बस्तु खरिद गर्न जोड दिइरहेको छ हाम्रो देशमा सरकारले स्वदेशी सामान प्रयोग गर्न आव्ह्रान त गरेको छैन, हामी सचेत नागरिकले स्वेदशी हो हैन सोचेर खोजेर उपभोग गरौ । उपभोक्ताले आफुलाई चाहिएको सामान जहाँ पायो त्यहीबाट लिन्छ । हामी सचेत उपभोक्ता बनौ, बिदेशी सामानको प्रयोगले देशलाई के फरक पर्दैछ, स्वस्थ्यमा के कस्तो फरक परिरहेको छ, सो विषयमा छलफल गरौ ।

हरेक दिन बिहान नुहाउदा सानो प्याकेटमा भएको कपाल धुने स्याम्पु किन्दा रु २ खर्च गर्नुपर्छ । ३ करोड नेपालीले कपाल धुदाँ रु २ का दरले ६ करोड रुपयाँ खर्च गर्दैछौ । उक्त स्याम्पु बिदेशी भएमा ६ करोड बिदेश जान्छ । तपाईको मेरो लागी रु.२ सामान्य भएपनि देशको पुजीँ हरेक दिन बिहान बिहानै ६ करोड बाहिरिदैछ । एउटा स्याम्पुको मात्र हैन नुहाउदा साबुन रु.२ को खर्च होला । फेसवास रु.२ को खर्च होला । दाँत माज्दा टुथपेष्ट रु.२ को प्रयोग होला । यसरी हामीले दैनिक प्रयोग गर्ने सामानहरु दैनिक औषत रु.१०० को होला । ३ करोड जनसंख्याले साबुन, स्याम्पो, फेसवास,बडिलोसन, सनस्क्रीम टुथपेष्ट आदीमा रु रु.१०० खर्च गर्ने रहेछौ भने ३ करोड नेपालीले दैनिक ३ अर्बको सामान खरिद र प्रयोग गरिरहेका छौ । यी सबै सामान बिदेशी ब्राण्डका भएमा ३ अर्वलाई देश निकाला गरिरहेका छौ । देशमा राख्नुपर्ने पुँजीलाई बिदेश पठाएर देशलाई ब्यापार घाटा भइरहेको हुन्छ । हामीले स्वदेशी सामान प्रयोग गरिदियौ भने यत्रो ठुलो रकम देशमा रहन्छ । कसैले रोजगारी पाउछ । देश भित्रको ढुकुटी बढ्छ ब्यापार घाटालाई केही हदसम्म संतुलन राख्न मद्दत पुग्छ । त्यसैले स्वदेशी बस्तु उपभोगमा जोड दिउ ।

प्रत्यक्ष बिक्री पद्धतीले देशमा कलकारखाना खोल्न नेपाली सामान बिक्री बितरण गर्न उद्योगी ब्यापारीलाई बाध्य पारेको छ भने उपभोक्तालाई पनि अवसर बोकेर आएको छ । उपभोक्ताले प्रत्यक्ष बिक्री हुदै आएका स्वदेशी सामान प्रयोग गर्न पाउने अवसर छ । स्वदेशी सामानको प्रयोगले आफु सहित देशलाई आर्थिक फाइदा पुग्नेछ । दोश्रो फाइदा प्रत्यक्ष बिक्री पद्धतीमा मिडियाबाट बिज्ञापन हुदैन, रेडियो, टिभी पत्रपत्रिकामा बिज्ञापन बज्दैनन् सामान प्रयोग गरेर संतुष्टी लिएका उपभोक्ताले उपभोक्तालाई भन्ने गर्छन् । उपभोक्ताले उपभोक्तालाई भनेर बिक्री हुदाँ कम्पनीले बिज्ञापन खर्च उपभोक्तालाई नै दिने गर्छन् । कलाकार, मोडल, खेलाडीले मिडियामा बिज्ञापन गरेर लिने पारिश्रमिक, सुविधा उपभोक्ताले नै लिन पाउने ब्यावस्था हुन्छ । संतुष्ट ग्राहकले बिज्ञापन गर्ने भएकोले ग्राहकलाई संतुष्ट पार्न गुणस्तरिय सामान चाहिन्छ । प्रत्यक्ष ब्यापार फस्टाउन कम्पनीले गुणस्तरिय सामान उत्पादन गर्नु जरुरी छ । जुन कम्पनीले गुणस्तरिय सामान उत्पादन गर्छ उपभोक्ताले त्यही कम्पनीको गुणगान गाउछन् । हामी कुनै न कुनै कम्पनीको सामान खरिद गरिरहेका हुन्छौ, जुन पसलबाट सामान ल्याउथ्यौ अव परिवर्तन गरेर प्रत्यक्ष बिक्री गर्ने कम्पनीको सामान खरिद गरि अनुभब लिएर राम्रो लागेमा त्यही सामानको गुणगान गाएर आम्दानी गर्न सकिने अवसर आएको छ ।

माथी चर्चा गरिए अनुसार तपाई हामी सबैले स्वदेशी सामान प्रयोग, स्वस्थ्य बर्धक सामान पाउने र आर्थिक लाभ पाउन सकिन्छ । उपभोक्ता मात्र भएर सामानको बारेमा आप्mनो अनुभव सहित सिफारिस गरेमा आर्थिक उपार्जन गर्न सकिन्छ । लगानी नगरि सामान उपभोग गरेर गुणको बयान गरेर एजेन्सी लिएर उपभोक्ता लाभान्वित हुने राम्रो माध्यम हुनेछ । स्वस्थ्य बर्धक र गुणस्तरिय स्वदेशी सामानको प्रयोग गरेर आफ्नो स्वस्थ्य बनाउदै आयात प्रतिस्थापनमा योगदान दिन सकिन्छ । हामीले जानेको बुझेको, सुनेको कुरा आफ्ना साथीलाई नभनी, नसुनाई बस्न सक्दैनौ । स्वदेशी बस्तु सामानको बारेमा पनि प्रयोग गरेर बुझेको कुरा छिमेकी साथीलाई भन्ने बानीलाई पेशा बनाउन सकिने अवसर प्रत्यक्ष बिक्री कम्पनीले ल्याएको छ ।

लेखक बैक बित्तीय क्षेत्रमा लामो अनुभव भएको बित्तीय शिक्षा बिषयको प्रशिक्षक हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button