स्थानीय

विश्व बजारमा सबैभन्दा अव्वल विद्यार्थी निर्माण गर्ने लक्ष्यका साथ शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी


होमेन्द्र थापा
बर्दिया, बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले विश्व बजारमा सबैभन्दाअव्वल विद्यार्थी निर्माण गर्ने लक्ष्यका साथ शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको कुरा बिहीवार एक कार्यक्रममा बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाको आयोजनामा भएको दश वर्षे शिक्षा क्षेत्र योजना, बारबर्दिया गौरव स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले हाम्रो नगरपालिका मात्रै यस्तो नगरपालिका हो, कुल बजेटको न्युनतम ३३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगाउने एकमात्र नगर पालिका बारबर्दिया नगर पालिका रहेको भन्दै जानकारी गराउनु भएको हो । नगर प्रमुख थारुले म रहे पनि,नरहे पनि यो पछि देखिन्छ र जनताले सम्झिनेछन भन्ने कुरामा आफु ढुक्क हुनुहुन्छ ।
नगर प्रमुख थारुका अनुसार २०७४ बाट २०७५मा आउदा बारबर्दियालाई पहिलो अनिवार्यताको शिक्षा सुनिश्चित नगर बनायौं । प्रत्येक वर्षमा १० प्रतिशतले शैक्षिक गृुणस्तर अभिवृद्धि गर्ने संकल्प वा सहमति भएको छ र बारबर्दिया नगर पालिकामा रहेका सबै माध्यामिक विद्यालयसम्म पुर्णनिशुल्क शिक्षा घोषणा गरिसकेको कुरा राख्दै बाटो बनायो भरखरै देखिन्छ, विल्डिङ्ग बनायो भरखरै देखिन्छ, खाने पानी टयाङ्की बनायो भरखर देखिन्छ तर शिक्षामा गरेको लगानी दश बर्षपछि देखिन्छ त्यस कारणले हामीले शिक्षामा जेजती लगानी गरिरहेकाछौं त्यसको प्रतिफल बारबर्दियाको समाजले देख्नेछन, यो देशले पनि देख्ने छ । आज जसरी १० बर्षे शिक्षा योजना बनाएकाछौं यसमा विज्ञहरुको विज्ञता पनि छ । ११ वटा वडाअध्यक्षहरुको यसमा प्रत्यक्ष सहभागिता छ । कार्यपालिकाका सबै साथीहरुको प्रत्यक्ष सहभागिता र सक्रियता छ । लामो समय लामो छलफल र मन्थनबाट यो कुरा निश्कर्षमा निकालेकाछौं । यो योजनामा सबैभन्दा धेरै बजेट वाल विकासलाई दियौं । १ अर्व ५० करोड बराबरको ५ बर्षको बजेटको पक्षपण छ । त्यो मध्येको सबैभन्दा बढी लगानी वाल विकासमा छ । किनकी त्यो हाम्रो वेश वा आधार हो । हामी त्यसलाई राम्रो बनाउन सकियो भने उच्च शिक्षा राम्रो हाँसिल गर्न सक्छन भन्ने तर्क सहितको जानकारी गराउनु भएको थियो


विद्यार्थी क्षमतावान मात्र भएर भएन क्षमतासंगै अनुशासन पनि चाहिन्छ आफ्नो संस्कार, संस्कृति र मौलिक्ता बोकेको विद्यार्थी पनि चाहिन्छ । १० बर्षमा हाम्रा बच्चाहरु शिक्षामा क्षमतामा अव्वलतासंगै अनुशासन र आफ्नो मौलिक संस्कृति र पहिचानमा पनि अव्वल रहनेछन भन्ने कुरा प्राथामिक्तामा राखेको र बार बर्दियामा अध्यायन गरेर गएको विद्यार्थी विश्व बजारमा सबैभन्दा अव्वल हुन्छ । अहिलेको यो दुनियामा सबैभन्दा अव्वल हुने विद्यार्थी हाम्रो निर्माण गर्ने पहिलो लक्ष्य रहेकोले १० बर्षसम्म पुग्दा बारबर्दियामा सम्पुर्ण विद्यालयहरुका भौतिक पुर्वधार, कक्षा कोठा,फर्निचरहरु कार्यालयदेखी लिएर सम्पुर्ण कुराको उच्च व्यवस्थापन होस त्यहा कुनै कुराको अभाव महसुश नहुने गरि हामीले व्यवस्थापन गर्ने परिकल्पना छ । बारबर्दिया कार्यपालिकाले यो १० बर्षे योजना स्विकृत ग¥यो । यसको लागि आवाश्यक पर्ने बजेटको व्यवस्थापन गर्छ र यसलाई कार्यन्वयन गर्ने जनशक्ति भनेको हजुरहरु हुनुहुन्छ । विद्यालयका प्रधानध्यापक.लगाएत सम्पुर्ण शिक्षकहरुको सक्रियता र योगदान भरपुर रुपमा भयो भने हामीले देखेको सपना पुरा हुनेछ भन्ने कुराहरु राख्दै सबैमा सहयोगको लागि पनि नगर प्रमुख थारुले अनुरोध गर्नु भएको छ ।
बारबर्दियाको जयनगरमा भएको उक्त पाठ्यपुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय श्री कुल प्रसाद के.सी.ले भर्चुअल माध्यमबाट कार्यक्रमको उद्घाटन तथा सम्बोधन गर्नु भएको थियो । भने बारबर्दिया नगर उप प्रमुख अन्जु दहित,प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बर्दिया रेविका अमात्य, वडा अध्यक्षहरु, शिक्षक लगाएत संञ्चारकर्मीहरु र समाजसेवी बुद्धिजिविहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button