आर्थिकप्रबिधि

युटर्न कम्पनीको प्रत्यक्ष व्यापार सम्बन्धि गरिएको कुराकानी

१. हजुरको परिचय खुलाई दिनुहुन्छ की ?
खगेन्द्र तिमसिन, म जन्मेको ठाउँ चाही ईलाम हो । अहिले युटर्न ईन्टरनेश्नल प्रा.लि.को ट्रेनिङ्गहरुको ईन्चार्जको रुपमा कार्यरत छु ।

२. खास यो युटर्नमा काम गरिरहनु भएको छ । सामान्य नागरिकले बुझदाखेरी यो युटर्न ईन्टरनेश्नल प्रा.लि.भनेको कस्तो खालको काम गर्छ सामन्य परिचय दिनुस न ?
युटर्न ईन्टरनेश्नल प्रा.लि.भनेको चाही नेपाली साामानहरु वा बस्तुहरुको उत्पादन गरेर बिक्री बितरण गर्ने कम्पनी हो । यसले विभिन्न माध्यामबाट बिक्री गर्छ । त्यसमा हाम्रो परम्परागत बजारको बिक्री बितरण पनि हुन्छ, प्रमुख चाही पत्यक्ष व्यापारलाई अपनाएको छ । अनलाईनबाट अर्डर गर्न सकिने गरि पनि छ र नेपालमा प्रत्यक्ष बस्तु व्यापार सम्बन्धि ऐन २०७४ बनेपछि त्यसको आधारमा लाईसेन्स लिएर काम गरेको कम्पनी हो । त्यसले नेपाली जडीबुटी र मौरीजन्य चिजहरुको उत्पादन गरेर कस्मेटिक्स खाद्यय यी उधोगहरु उत्पादन गरेर बिक्री बितरण गर्छ । विश्व बजारमा पाउने उद्देश्यले स्थापना भएको कम्पनी हो ।

३. अहिले चाही कसरी यसको बिक्री बितरण भईरहेको छ ? यसको बिक्री बितरण गर्ने प्रर्णाली कस्तो छ ?
युटर्न ईन्टरनेश्नलले आफुले उत्पादन गरेको सामानहरुलाई डाईरेक्ट सेलिङ्गको माध्यामबाट सामानहरुलाई बिक्री बितरण गरेको छ । यसको ठाउँ ठाउँमा शाखा अफिसहरु राखिएको छ । यसलाई माटको रुपमा विकास गर्दै लगिनेछ । र उसको बजारीकरणको रणनिति चाही उपभोक्तले सन्तुष्टी बाँडदा बाँडदै हुने हो । जसरी चाही एउटा हस्पिटलको डाक्टरको बारेमा रोगीले ठिक भए भनेर कुनै विरामीले भने पछि अन्य विरामीहरु पनि त्यो ठाउँमा जान्छन त्यस्तै गरेर हाम्रो पनि हाम्रो यी उत्पादनहरुले यी सन्तुष्टी दियो म यो रोगबाट मुक्त भए, मेरो कस्मेटिक चिजमा यती राम्रो भयो भनेर छिमेकी, साथी, भाई र आफन्तहरुलाई कसैलाई भन्दाभन्दै वहालाई पनि कहाँ पाईन्छ भनेर चासो गर्नु हुन्छ यो गरको आधारमा हामीलाई देखाई दिनुहुन्छ । मार्केटिङ्ग पद्धति चाही यस्तो सिफारिस पद्धतिको लिएको छ । सिफारिस पद्धतिमा मार्केटिङ्ग गरेर बस्तुको बिक्री बितरण गर्ने कम्पनी हो । यसको कार्य प्रर्णाली त्यस्तो छ ।

४. यसको प्रचार प्रसार अथवा उत्पादित सामाग्रीहरु विभिन्न ठाउँमा पुराउन थाल्नु भयो भने कसरी आउछ ? वहाहरुले माग गरेकै आधारमा आउछ या वहाहरुले पसलमा राखेर बिक्री मात्रै गनुहुन्छ ?
यसमा दुबै तरिकाले हुन्छ । माग गरेकै आधारमा उपभोक्तहरु पसलमा जानु भयो भने पनि पाउनु हुन्छ । मोवाईलमा येप्स छ त्यहीबाट ओवसाईटबाट चाही सामान अर्डर गर्नु पनि सक्नु हुन्छ, पेमेन्ट गरिसकेपछि गएर सामान लिनु भयो भने पनि भयो । अर्डर गरेर त्यो अर्डर लिष्ट लिएर पेमेन्ट गरेर पनि गर्न सकिने भयो । अहिलेको नयाँ पिँढीको आवाश्यक्त अनलाईन विजनेस भएकोले अनलाईन विजनेसमा पनि जाने र संगसंगै अहिले बिक्री केन्द्रबाट सामान डेलिभरी गर्ने व्यवस्था छ ।

५. अब यसरी हेर्दा अन्य कम्पनीहरुको सामानहरु चाही प्रचार प्रसारको शैली चाही मिडिया केन्द्रित देखिन्छ, तपाईहरुको त्यो देखिएको छैन । त्यो नगरी तपाईहरु त्यो प्रक्रियालाई कसरी अपनाउनु भयो ?
हाम्रो मिडियामा गरिने विज्ञापन जसरी चाही छापा मिडियामा टि.भि,रेडियो, पत्र पत्रिकामा गर्ने मोडलिङ्ग गराउने हिरो हिरोनीहरु खेलाडीहरुलाई उनीहरुलाई प्रयोग गराएर एउटा कन्टेन बनाउने त्यसैलाई दोहो¥याई त्यह¥याई प्रसारण गरिरहने तरिका छ त्यो खर्च हिरो हिरोनीलाई दिनुभन्दा त्यही सिफारिस गर्ने एउटा विज्ञापनकर्ता सन्तुष्ट उपभोक्ता वहालाई दिने पद्धति हो । त्यस कारण यो एउटा रिलेशनको आधारमा बिक्री बितरण भईरहेको हुन्छ । कुनै पनि एउटा प्रभाव परेको उपभोक्ताले आफ्नो सन्तुष्टि अनुभवहरु बाँडछ त्यतीको आधारमा भएको विज्ञापन झन ठुलो विज्ञापन हुन्छ । वहाले चाही कति विज्ञापन गर्नु भयो त्यसको आधारमा पाउने हो । तर मिडियाबाट गरिएको विज्ञापनले कति सामानहरु बिक्री भयो भनेर तथ्याङ्क राख्न सक्दैन । हाम्रो तरिका चाही जति वहाको विज्ञापनको कारण सामान बिक्री भयो त्यसको आधारमा वहाले पाउनु हुन्छ । त्यसैले एक्चुअल वेशमै जान्छ त्यसो हुदा कष्ट धेरै लाग्दैन । सामानको मुल्य पनि बढदैन र विज्ञापनमा धेरै खर्च गर्ने सामान बिक्री भएन भने त्यहा विज्ञापनको कष्ट बढन सक्छ, अरु पद्धतिमा तर डाईरेक्ट सेलिङ्गमा जति विज्ञापनले बिक्री बढाई दियो त्यतीनै मात्र पेमेन्ट गर्नु परेको कारणले गर्दा विज्ञापन खर्च सिमित हुने गर्छ । त्यसैले गर्दा प्रोडक्टको कष्ट हाई हुदैन । यी विविधहरु फाईदा छन । त्यस कारण हामीले यो पद्धतिलाई अपनाएकाछौं । छिमेक छिमेकबाट साथी भाई सर्कलबाट गरिने विज्ञापनलाई प्रमुख आधार बनाएकाछौं । त्यस कारण छापा मिडियाहरुमा नदेखिएको हो ।

६. खाद्यय र कस्मेटिक्स सामानहरुको रुपमा छन भन्नु भयो । कस्तो र कति प्रकारको छन, तपाईहरुको उत्पादित बस्तुहरु ?
अहिले हाम्रो २३ वटा प्रोडक्टहरु मार्केटमा छन । र तयारी अवस्थामा छन १५वटा आईटमहरु यीनीहरुको लागि अहिले परिक्षणकालमै छन त्यसको रिजल्ट कस्तो आउछ भनेर एक चरण सिमित उपभोक्ता बिचमा पनि प्रयोग गरेर ल्यावबाट मात्र प्रमाणित गरेर भएन यी डिजाईनिङ्ग प्याकेजिङ्ग यी कुराहरुमा भईरहेको छ । यी १÷२ महिनामा मार्केटहरुमा आउछ । यसो गरेर ४० को हाराहारीमा प्रोडक्टहरु पुग्छन । यी प्रोडक्टहरु हामी ४०० वटा पु¥याउन सक्छौ भन्ने लक्ष्यमा हामीछौं । नेपालमा यतीधेरै प्रकृतिक सम्पन्नता छ ति सम्पन्नता प्राकृतिक स्रोतसाधानहरुलाई नै उपयोग गरेर यी प्रोडक्टहरु थप्न सक्छौं ।

७. अब बिशेष गरेर यस्ता खालका उपभोग्य बस्तुहरु उत्पादन गर्ने कम्पनीहरु धेरैछन । ति कम्पनीहरुभन्दा यो कम्पनी फरक छ जस्तो लाग्छ तपाँईलाई ?
प्रोडक्टहरु उत्पादन गर्ने कम्पनी त छन । तर कम्पनीका मालिकले मात्रै पैसा कमाउने कि दाम भएकाले पैसा कमाउने कि नाम भएकाले पैसा कमाउने परिपाटी छ । किन भने विज्ञापन गर्ने पहिलेनै हाईलाईट भएका व्याक्तिहरु खेलाडीहरु हिरो हिरोईनलाई लिएर वहाहरुले पैसा कमाउने त्यहाँ पद्दती त्यस्तो छ । कि चाही उत्पादन गर्न ठुलो लागत चाहियो । डिपो,डिलरहरु लिन ठुलो लागत चाहियो । वहाहरुले मात्र पैसा कमाउने पद्दती छ । यहा चाही आफु एक्टिभ हुन्छ जो कोही भने वहाहरुले पैसा कमाउने पद्दती छ । त्यस कारण हाम्रोबाट राम्रो हुन्छ । हाम्रोबाट गाउँगाउँमा घरघरमा सामान पु¥याउन सकिन्छ । ति टे«डिस्नल मार्केटबाट जानेहरुले जतीलाई रोजगारी दिन सक्छन त्योभन्दा धेरै मात्रामा रोजगारी सृजना गर्न सक्छौं । हामीले रोजगारी बढाउन सक्छौं । देशको सबै जनाको घरमा समानरुपमा एक खालको समाजवादी तरिकाले रोजगारी वितरण समाजबाद उन्मुख तरिकाको व्यापारिक क्षेत्रभित्र पनि हाम्रो जस्तो कम्पनीले गर्न सक्छौं ।

८. उत्पादित बस्तु बिक्री वितरण गर्नका लागि हरेक दृष्टिकोणले प्रतिस्पर्धा गर्ने पनि हुनसक्छ । कसरी उत्पादन गर्ने उत्पादन गरेको सामाग्री धेरै बिक्री गर्ने हुन्छ जुन तपाँईहरुले एउटा नयाँ तरिकाले गर्न खाजीरहनु भएको छ । एउटा परम्परा छ जुन मिडिया मार्फत विज्ञापन गरेर चाँडै नै पु¥याउने खालको छ । वहाहरुसंग प्रतिस्पर्धा गर्न कत्तिको सहज वा अप्थ्यारो छ ?
हामीलाई सहज छ । हामी रियल विज्ञापन गर्छौ । हामीले पैसा तिरेर यो कुरा भनिदिनुहोस भनेका हुदैनौं । हामीले तपाँईलाई संतुष्टि भयो भने यो कुरा भन्नुहोस है भनेका हुन्छौं । त्यसकारण जसलाई जे कुराको प्रभाव प¥यो वहाले त्यतीनै मात्र बोल्नुहुन्छ । र त्यही विज्ञापन हुन्छ । त्यसकारण यो फेग विज्ञापन हुदैन । यो पैसा पाउनको लागि गरिएको विज्ञापन हुदैन । आफ्नो संतुष्टि बाँडदाबाँडदै हुने विज्ञापन हुन्छ । आफै विज्ञापन हुन्छ त्यसकारण हामी फरकछौं ।

९. प्रतिस्पर्धामा कस्तो खालको छ ?
प्रतिस्पर्धामा एउटा फेग÷गलत विज्ञापनभन्दा पनि वास्तविक विज्ञापनले प्रतिस्पर्धामा जितिहाल्छ यसमा हामीलाई शंकैछैन ।

१०. उपभोक्ताहरुले बढी जस्तो मुल्यलाई निर्धारण गर्छन अन्य कम्पनीका सामानहरुभन्दा यसको मुल्य कस्तो छ ?
नेपाल सरकारले संसदले २०७४ सालमा ऐन बनायो त्यसैमा तोकिएको छ । लागत मुल्यमा ४२ प्रतिशत मात्रै जोडन पाईने त्यसपछि टेक्स÷भ्याटको कुरा त नियम अनुसार हुने गर्छन । त्यति मात्रै जोडेर निर्धारण बस्तुको मुल्य निर्धारण गर्नु भनेको छ त्यो जोडदा हाम्रो लागत बढदैन, उपभोक्तालाई भार पर्दैन । अरु व्यापार पद्धतिमा चाही हरेक व्यापारीले किने पछि २० प्रतिशत जोडन पाउने गरी अरुलाई नाफा थप गर्न पाउनेको व्यवस्था छ । त्यहाँ जतिवटा पनि लिएर बन्न सक्छ । र विज्ञापनमा कति खर्च गर्ने भन्ने कुरा पनि सिमित्ता छैन । तर हाम्रो विज्ञापनमा सबैमा ४२ प्रतिशत मात्र भ्यालुएड गर्न पाउने भन्ने कुराले गर्दा हाम्रो बस्तुको मुल्य आकासिदैन । तर हामी क्वालिटीको बस्तु निकाल्ने हुदा क्वालिटीकै संग तुलना गर्नु पर्छ त्यति मात्रै फरक हो ।

११. उत्पादनमा माग बढी भयो भने त्यसपछि क्वालिटीयुक्त सामान बनाउनु पर्छ, कच्चा पदार्थमा जडीबूटी र महको कुरा गर्नु भएको छ कच्चा पदार्थ अभाव हुने वा नपुग्ने अथवा उत्पादन संगको जोड कस्ते छ ?
हाम्रो किसानसंग टाईअप गरेकाछौं । धेरै हाम्रो खाध्य सम्बन्धिका यी कस्मेटिकजन्य चिजहरु कृषिसंग कृषिजन्य जडीबुटीसंग सम्बन्धितछन । त्यो हाम्रो प्राकृतिले प्रशस्त दिएको छ । र हाम्रो पनि कृषि प्रधान मुलुक भएकोले किसानले नगदेवालीहरु बिक्री सहजै हुने बस्तुहरु उत्पादन गर्न लालाहित हुनुहुन्छ त्यस कारण यो उपलब्धताको कुरामा हामीलाई समस्या छैन । जस्तो याकुन ÷भूईस्याउ अहिले पाँचथरतिर प्रशस्त उत्पादन भईरहेछ । पहाडी क्षेत्रमा जहाँसुकै पनि रोपे पछि चाँडै फस्टाउछ चाँडै फल्न सक्छ । र हाम्रो विश्व बजारमा जब पठाउन थाल्छौ। पाँचथर एउटा जिल्लाले उत्पादन गरेर पुग्दैन । त्यस पछाडी देशभरका किसानलाई भुईस्याउ रोप्नुहोस है भन्नु पर्ने दिन आउछ । त्यसो गर्दा हामी उत्पादन पनि बढाउदै जान पनि सक्छौं। जस्तो अहिले नेपाल भित्रकै मह अहिले ल्यावटेस्ट गर्दै विश्व बजारमा पठाउने गरि तयार गरिरहेकाछौं । र मह अझै बढाउनुहोस है भन्नु पर्ने दिनहरु पनि आउछ । र किसानहरु नगद आम्दानी भएपछि नगदेवाली तिर त यसै आकार्षित हुनुहुन्छ र बजारको ग्यारेन्टि भएपछि सुनिश्चित ढंगले आफ्नो कर्ममा लाग्नु हुनेछ । यो हाम्रै टिम छ अहिले हाम्रो सामानको उपभोग गरेर २० हजार जनाजतिले उपयोग गरिसक्नु भएको छ । त्यसमध्ये १५ हजार जना जतिले पेशानै यही अपनाउनु पर्छ भनेर संतुष्टि बाँडेर विज्ञापन गरिरहनु भएको छ । भने पछि वहाको पहुचमा एक बर्षको वेश बनाउदा बनाउदै यति भएको छ भने यो चाही गुणात्मक रुपमा फडको मार्दैजान्छ । र हामी गाउँगाउँमा ठाउँठाउँमा किसानसंग कम्पनी आफै जोडिएको छ । त्यसैले किसानलाई नै अवार्नेस गरेर ल है हामी उत्पादनवृद्धि गरौं, तपाँईको आम्दानीवृद्धि गरौं यो चाही प्रशोधन हामी गर्छौ र भ्यालुएड गर्दागर्दै अर्थतन्त्रलाई पनि मजबुत बनाउछौं तपाईको घरयासी अर्थतन्त्र मजबुत हुदै देशको अर्थतन्त्र मजबुत हुछ । विदेशबाट आयात हुने सामानहरुलाई उतै रोकेर स्वदेशी बस्तु अपनाउन थाल्छौं । स्वदेशी बस्तु अपनाउदा अपनाउदै व्यापार घाटामा सरकारलाई सहयोग पुग्छ । त्यति भएपछि सर्पोट पाउन थालिन्छ गर्दागर्दै हामी पनि सम्पन्न तिर जान्छौं । र जाहाँदेखी सम्पन्नता आउछ आर्थिक रुपमा परिवर्तन हुन थाल्छ । त्यो कुरालाई त सबै जनाले पालना गर्नुहुन्छ । त्यस कारण साथदिने सहयोगीहरु हाम्रो प्रशस्त भेटिनुहुन्छ किसानहरुलाई उत्पादन गरेको सामान कहाँ बेचौं भनिरहेको बेलामा हाम्रो बजारको सुनिश्चित्ता छ भनिसकेपछि यहाँ कच्चा पदार्थको अभाव हुदैन । यो कुरामा हामी ढुक्कछौं । यही खालाको पलान कोरेर किसान टु युटर्न, युटर्न टु किसान युटर्न भन्ने कम्पनीले उत्पादन गरेको सामान किसानहरुले प्रयोग गर्नुहुन्छ । जस्तो टुथपेष्ट, साबुन, सेम्पु, बोडी लोशन, फेसवास यी चिजहरु हामीसंग छ त्यो किसानहरुले किनेर प्रयोग गर्ने चिजहरु हाम्रो प्रयोग गर्नुहुन्छ । र किसानले उत्पादन गरेका चिजहरु युटर्नलाई बिक्री गर्नुहुन्छ यसरी एक आर्कामा परिपुरक भएर काम गरेका हुन्छौं । त्यसकारण हामीलाई पनि बजारको समस्याछैन, वहाँहरुलाई पनि कच्चा पदार्थ बिक्री कहा गरौं भन्ने समस्याछैन ।

१२. उपभोक्ताहरुले प्रयोग गरेपछि, राम्रो लागेपछि अरुलाई भन्ने र त्यसरी विज्ञापन हुने योजना रहेछ । सबभन्दा सुरुमा उपभोक्ताहरुले कहाँ सम्पर्क गर्दा यस्ता खालका सामानहरु उपभोग गर्न पाउनुहुन्छ ?
हाम्रो देशभरी छरिएर रहनु भएका वितरकहरु हुनुहुन्छ वहाँ वितरकसंग सम्पर्क रहनु भयो भने, वहाँहरुले नै ठाउँदेखाउनु हुन्छ, सहजीकरण गर्नुहुन्छ यी बस्तुहरुको गुणको बारेमा बुझाउनु हुन्छ । हैन तपाँई सम्पर्कमा रहनु हुन्न भने वोयवसाईटमा हेर्न सक्नुहुन्छ । धधध।गतगचल।अयm।लउ भन्ने एउटा साईट खोल्दा पनि त्यहाबाट पनि फोन न.ठेगाना, ईमेल अड्रेश पाउन सक्नुहुन्छ , त्यो दुईटै पहुच भएन भने हामीलाई प्रत्यक्ष पनि सम्पर्क गर्न सक्नु हुन्छ । मेरै न.मा पनि सम्पर्क राख्न सक्नु हुन्छ । मेरो न.९८५१२७४८९६ हो । यसबाट प्रत्यक्ष सम्पर्क गरेर कहाँ छ ? कस्तो छ ? भनेर बुझन सक्नुहुन्छ । र स्थानीय ठाउँका बिक्रीकेन्द्रहरु हामी यहाँहरुलाई सम्पर्क गराईदिन्छौं ।

१३. अब यसको उपभोक्त हुनका लागि प्रक्रियाहरु के के पु¥याउनु पर्छ ?
यहाको उपभोक्त हुनको लागि सामान किन्ने मात्रै हो । सामान किन्दा २ तरिकाले गर्न सकिन्छ । म वितरक पनि बन्छु भन्ने सोचमा छ र यहाको आर्थिक योजनामा पनि व्यापारिक योजनामा पनि सहभागी हुन्छु भन्ने सोच छ भने एउटा आई.डी. बनाउनु पर्छ । नत्र मार्केटमा जसरी सामान किनीदैछ त्यसै गरी किन्दा खेरी हुन्छ । आई.डी. बनाउनको लागि छुट्टै शुल्क लाग्दैन । कसैले शुल्क माग्दैछ भनेपनि त्यहा प्रश्न गर्नु होला, सम्पर्क गर्नुहोला । विगतमा यस्ता यस्ता कुराहरु आएको हुदा बदनामी पनि भएको थियो कुनै बेलामा । त्यस्तोबाट जोगिनु होला । ऐनमानै तोकिएका कुराहरुछन शुल्क लिन पाईदैन भनेर नेपालको ऐनले जति तोकिएको कुराहरुछन त्यो हामीले पालना गरेर अघि बढेकाछौं । तपाईहरुले सोझै सम्पर्क गर्नु भयो भने पनि आई.डी. बनाएर एउटा नागरिक्ताको फोटो कपी दिएर जुन राज्यमा दाखिला भएको यहाहरुको नाम छ त्यही नामबाट हामीलाई आई.डी.बनाउनु पर्छ । र संगसंगै बैंक एकाउन्ट, टेक्स तिर्ने पान न. त्योहरु सहित राखिन्छ भोली यहाँहरुले पनि विज्ञापन गर्नु भयो भने त्यसैबाट टेक्सहरु पनि तिर्ने गरेको व्यवस्था भईरहोस डाटा संकलन भईरहोस भनेर ति कुराहरु लिएका हुन्छौ । नागरिक्ताका नाम, फोन नम्वर, बैंक एकाउन्ट नम्वर,पान नम्वर,यी चिजहरु लिएकाहुन्छौं । त्यो सहित तपाईहरुले कार्यालयमा सम्पर्क गर्नु भयो अथवा हाम्रो वितरकहरुसंग सम्पर्क गर्नु भयो भने मोवाईलबाटै अनलाईन आई.डी.बनाउन मिल्छ । तपाँईहरुले घरमै आई.डी.बनाउन मिल्छ । आई.डी.बनाईसकेपछि यहाहरुले शुलभ मुल्यमा १० प्रतिशत सस्तो सामान पाउनुहुन्छ ।

१४. खास गरी तपाँईहरुको योजना ठुलो छ । विदेशसम्म उत्पादित सामान पु¥याउने यसका आधारहरु के के छन ?
हाम्रो युटर्न ईन्टरनेशनल प्रा.ली. एउटा कम्पनी छ । यसले मार्केटिङ्ग गर्छ मार्केटिङ्गको पलान छ । नेपालमा विभिन्न खालका नियम छन । जस्तो की खाध्यलाई नियमन गर्ने छुट्टै निकाय छ । कस्मेटिक्सलाई नियमन गर्ने छुट्टै निकाय छ । यो सम्बनिध जानकारी मुलक कार्यक्रम चलाउने चाही एकडेमीहरु चाहियो त्यसको लागि छुट्टै निकायले छुट्टै नियमन गर्छ । सिटीभिटी जस्ता निकायले नियमन गर्छ भने त्यहातिरबाट हाम्रो दर्ता प्रक्रिया गर्दागर्दै हाम्रो ५ वटा जति उधोगहरुछन । यी प्रोडक्टहरु तयार गर्ने यी योजनाहरु बनाउने यसको एकमुष्ट एउटा छाता कम्पनी युटर्न ईन्टरनेशनल कम्पनीले मार्केटिङ्ग गर्दैअगाडी बढिरहेको छ । र कुन मन्त्रालयसंग सम्बन्धित छ त्यही मन्त्रालयसंग सम्बन्धित अनुमति लिएर सामानहरु उत्पादन गर्ने जस्तै खाध्य गुणस्तरबाट नियमन गराउने खाध्य उधोग छ । कस्मेटिक्सबाट नियमन गराउने कस्मेटिक्स उधोग छ । यस्तै यस्तै खालको उधोगहरु हाम्रा केहीछन । ति उधोगहरुले उत्पादन गर्छन यी सबै युटर्नको भगिनी उधोगहरुहुन । र युटर्न ईन्टरनेशनलले पहिले नेपालीहरु बिचमा यी सामानहरु पु¥याउने वहाहरुले चाख्ने, बुझने, यो उद्देश्यले कम्पनी स्थापना भएको छ भनेर हामीले बुझाउने त्यसपछि ईन्टरनेशनल बजारमा जाने । ईन्टरनेशनल बजारमा जाँदा रोटी बेटीको सम्बन्धबाट जाने । जस्तो हामी भारत जाँदा रोटी बेटीको सम्बन्धबाट जानसक्छौं । भारतको कानुन अनुसार हामीले कम्पनी स्थापना गर्ने त्यहाँ शाखा खोल्ने । चिनमा पनि त्यहाको कानुन अनुसार शाखा खोल्ने । त्यस्तै नेपालीलाई जहा भिजा लाउन सजीलै छ जस्तै मलेसिया, थाईलन्ड, सिंगापुर, जापान, दक्षिण कोरिया, खाडी राष्ट्रहरु यी क्षेत्रहरुमा अहिलेसम्म लेवरको रुपमा जो जहाँ हुनुहुन्छ वहाँहरु पनि व्यापारी बनेर नेपाल फर्कीने गरि हाम्रो कम्पनीले एउटा मिसन तयार गरेको छ । २०८४ सालसम्म १२ वटा मुलुकमा जाने भनेर त्यो देशको नियमहरु हामीले पालना गर्नुपर्छ त्यही पालना गर्दागर्दै हामी अगाडी बढछौं । यसलाई नेपालबाट सुरुवात भएको बहुराष्ट्रिय कम्पनीको रुपमा पनि चिन्न सकिन्छ ।

१५. खासगरी युटर्न ईन्टरनेशनल प्रा.ली.कम्पनीको उत्पादीत सामाग्रीहरु प्रयोग गर्दाखेरीका फाईदाहरु के के छन ? के पाईरहनु भएको छ तपाँईहरुले ?
हामीले उत्पादन गर्दैखेरी किसानले जनताहरुले आफ्नो सामान बिक्री गर्न पाएकाछन । यी आफ्नै ठाउँमा भएका सामानहरु जस्तै ः प्युठानका किसानले त्यहाको व्यवस्था वा अनुमति लिएर गुर्जो बिक्री गरिरहेकाछन । दाङ्ग अर्घाखाँचीका किसानले चिउरीका घियुहरु संकलन गरेर बिक्री गरिरहेकाछन । यसरी संकलकलाई एउटा फाईदा छ । प्रशोधनकर्ताहरुले रोजगारी पाएकाछन । जनताले त्यो फाईदा पाएको छ । यो सामानको उपयोगकर्ताले विभिन्न रोग लाग्दै गरेका छन भने पनि मुक्त हुनेगरीका सामानहरुछन । रोग लाग्न नदिने स्वास्थवर्धक सामानहरुछन । जस्तो कि मौरीका घरभित्र पाउने मौरीजन्य चिजहरुछन । हामीले मह भनेर बुझिरहेका थियौं । महलाई अमृत भन्थ्यौं । त्यो भन्दा अझ अमृत कुट छ । त्यो भन्दा अमृत राम्रो प्रोपोलिस छ । रोयलजेली छ । मौरीको विष संकलन गरेर बनाएको विभेनम यी ईत्यादी कुराहरुले धेरैवटा शरिरका रोगहरुलाई रोकथाम मात्र होईन निर्मुल पनि गराउन सकिन्छ । यी कुराहरुमा फाईदा पु¥याएको छ । घरघरबाट आकास्मिक उपचार गर्न सक्ने गरी भएको छ । जस्तै ः प्रोपोलिसले दाँत दुखेको ठिक गर्ने, दाँत दुखेर टाढाको अस्पताल जानु प¥यो भने गरो छ घरमै एक दुई थोपा प्रोपोलिस लगाउदा ठिक हुने त्यस्तै मुख सम्बन्धिका समस्याहरु ठिक गरिदिने, पाईल्सहरुलाई राम्रो गर्ने, काटेको, लडेको चोट लागेको बाहिरी घाउहरु ठिक गर्ने मौरीजन्य चिजहरुले यो राम्रो गर्छ । यस बारेमा घरघरबाट लाभ लिन पाउनु भएको छ । जस्तै ः प्रोस्टेटहरु जस्ता रोगहरु जुन अप्रेसननै गर्नु पर्ने हुन्छ त्यसलाई अप्रेसननै नगरीकन पनि मौरी जन्य चिजहरुले ठिक गरेको छ । आर्को महिलाहरुका निजी रोगहरुछन जुन महिनावारीको समयमा अत्याधिक पेट दुख्ने खालका समस्याहरु तिनलाई रोयलजेलीले हार्मोन संतुलन गरिदिन्छ र ठिक भएकाछन । यसरी अस्पतालमा खर्च गर्ने धेरै रकम सबै जना हाम्रा उपभोक्ताहरुले जोगाउन सक्नु भएको छ । यस्तै धेरै प्रकारको फाईदाछन ।

१६. तपाँईहरुले यो कम्पनी खोलेर काम गरिरहनु भएको छ । राज्यले पाउने फाईदाहरु के के छन ?
राज्यले पनि आफ्नो देशका नागरिक रोजगारी वृद्धि हुने बित्तिकै राज्यलाई एउटा फाईदा छ । त्यस्तै बार्षिक रुपमा १२÷१३ अर्व व्यापार घाटा भईरहेको छ त्यो व्यापार घाटालाई न्युनिकरण गर्नलाई हामीले उत्पादन बढाउनु छ । त्यो उत्पादन बढाउनलाई हाम्रो कम्पनीले बढाउदै छ । र आयातलाई प्रतिस्ठापन गर्ने जुन अहिले दैनिक उपभोग्य सामानहरु हामी परनिर्भर नै भएकाछौं । त्यस्ता आयातलाई प्रतिस्ठापन गर्ने र भविस्यमा निर्यातलाई पनि प्रर्वधन गर्ने यो योजनामा छ । र हरेक उपभोक्ताहरुले संतुष्टि बढे वापत कमाईको टेक्स १५ प्रतिशत तिर्ने नियम अनुसार तिर्नुपर्छ त्यो तिरे पछि त्यहाबाट पनि छ । त्यसै गरी रोजगारी वृद्धि स्थानीय स्रोत साधानको प्रयोग र हाम्रा जडीबुटी चिजहरु जुन सस्तो मुल्यमा बिक्री भईरहेको छ यसलाई प्रशोधन गरेर भ्यालुएड गर्न सक्ने यी कुराहरु चाही राज्यलाई अरु धेरै फाईदाछन । र हामी आत्मनिर्भर अर्थतन्त्रलाई उकास्नलाई हामीले स्रोत साधानको प्रयोग गरेकाछौं । यो कुरा स्वागत योग्य, राज्यले सोच्नु पर्ने खालकाछन । र यो केही समयमा हामी परिणाममा तथ्याङ्कमा देखाउन सक्ने गरिका आधारहरुछन ।

१७. तपाईहरुले उत्पादन गरेका बस्तुहरुमा केमिकल÷ रासायनहरु कत्तिको प्रयोग हुन्छ वा हुदैन, कस्तो खालको छ यो ?
यसमा हामीले प्राकृतिक बस्तुहरुनै उत्पादन गर्ने हो । जसरी हर्रो,बर्रो र अमला त्रिफला भनिन्छ , यसको चुण मात्रै पाईन्थ्यो बजारमा तर हामीले यसको रस निकालेकाछौं । यो प्राकृतिक स्वादमा पाउनु हुन्छ र त प्रकृतिक रुपमा पाएको कारणले धेरै रोगहरु सन्चो भईरहेकाछन । हर्रो,वर्रो र अमला त्रिफलाले धेरैवटा रोगहरु सन्चो गरिदिन्छ । वाथ, कप, पित्तालाई सन्तुलन गरिदिने यी चिजहरु गुणस्तरिय हुनु पर्छ । प्राकृतिक गुणस्तरको बस्तुहरु हामीसंग पाईन्छ । केमिकलहरुलाई हामीले न्युन नै गरेकाहुन्छौं । र जे.एम.पी.स्टेन्डरको ÷ राम्रो उत्पादन प्रक्रियाको सामानहरु उत्पादन गर्छौ । यो राज्यले नियमन गर्छ । राज्यको नियम चाही अक्षरस पालाना गर्छौ । यति कुरामा ढुक्क बनाउन चाहान्छौं । यहाहरुलाई आफ्नो जनताहरुको सुरक्षाको लागि कति केमिकल ÷रसायान प्रयोग गर्नु पर्छ भन्ने मापदन्ड बनाएको हुन्छ । त्यो दायराभित्र हामी रहन्छौं ।

१८. अन्तमा युटर्नको उपभोग्य अथवा उत्पादित सामाग्री प्रयोगकर्ताहरुलाई एवमं लिन चाहानेहरुलाई तपाँईको भन्ने कुराहरु के छन ?
हस, धन्यवाद । पाठक वा स्रोताहरु सबैजनालाई यी सामानहरु उपयोग गर्नुहोस । स्वदेशी बस्तु अपनाउ, स्वदेशको पैसा स्वदेशमै रोकौं, हामीले विदेशको सामान प्रयोग गर्दागर्दै हाम्रो मेहनतको कमाईको पैसा सबै बहिरागईरहेको छ । हामीले सामान त पाउला तर राज्यलाई यसले घाटा भईरहेकोछ । त्यसकारण स्वदेशी बस्तु अपनाउनको लागि सर्वप्रर्थम अनुरोध गर्दछु । त्यस्तै यी मौरीजन्य चिजहरुले सही उपयोग गर्नु भयो भने स्वस्थ रहनलाई मद्दत पुग्छ । जुन उपचारमा गरिने खर्चहरु बचत गर्न सकिन्छ । त्यो बचत हुनु भनेको पनि ठुलो कुरा हो । यहाहारुको घरमा चाडपर्व मनाउने पैसा, छोराछोरीलाई पढाउने हुर्काउने पैसा उपचार भनेर खर्च गर्नु पर्दथ्यो उपचारभन्दा रोग लाग्न नदिनुको लागि यी बस्तुहरु प्रयोग गर्नु पर्छ । रोग लाग्न नदिने गरी यी बस्तुहरुको प्रयोग गर्न र यसका बारेमा बुझनलाई यहाहरुलाई जनचेतना जगाउन यस बारेमा थप बुझनलाई हाम्रो नजिकै ठाउँठाउँ गाउँगाउँमा वितरकहरु हुनुहुन्छ । वहाहरुसंग सम्पर्क गरेर हाम्रो वोईवसाईटहरु हेरेर अझ थप जानकारी लिएर यहाहरुले रोजगारी आफै सिर्जना पनि गर्न सक्नु हुन्छ । त्यो गर्न पनि उन्मुख हौं । हामी जहिलेसकै श्रम बेचेर मात्रै नबाँचौं, अब सामान बेच्नतिर पनि अभिप्रेरित हौं,भन्न चाहान्छु ।

– प्रस्तुति ः होमेन्द्र थापा, बर्दिया

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button