स्थानीय

कृष्णसारको संरक्षण, व्यवस्थापन गर्ने र कृष्णसारलाई प्रतिकुल असर पर्ने कुराहरुको न्युनिकरण गर्ने हाम्रो प्रयास रहन्छ

विनय कुमार झा ः

संरक्षण अधिकृत  कृष्णसार संरक्षण क्षेत्र कार्यालय, बर्दिया

बर्दिया, कृष्णसार संरक्षण क्षेत्र कार्यालय, बर्दियाका संरक्षण अधिकृत विनय कुमार झाले अन्यत्रको गंैडा,बाघ र हात्तीलाई संरक्षण गरे जस्तै यहाँको गैंडा, बाघ र हात्ती भनेकै कृष्णसार हो । यो कृष्णसारलाई संरक्षण, व्यवस्थापन गर्ने र कृष्णसारलाई प्रतिकुल असर पर्ने कुराहरुको न्युनिकरण गर्ने कुरा बताउनु भएको छ ।

सोमबार एक संञ्चारकर्मीहरुसंगको भेटघाट तथा छलफलमा बोल्दै संरक्षण अधिकृत झाले बिगतको बर्षहरुमा जुन समस्याहरु चितुवाको भुस्याहा कुकुरको अन्य कृष्णसारलाई प्रभाव पार्ने खालको कुराहरुलाई न्युनिकरण गर्ने, कृष्णसारको संख्याबृद्धि गर्ने र व्यवस्थापन गर्ने त्यता तिर ध्यान दिने र नेपाल सरकारको जुन निति,नियम र कानुनी प्रक्रियाहरु छ कार्यन्वयन गर्ने र नियमित गस्तिबाट कृष्णसारलाई प्रतिकुल असर गर्ने कुराहरुको न्युनिकरण गर्ने प्रयास अथक रुपमा, दैनिकी रुपमा चल्छन र न्युनिकरण गरेरै छाडछौं भन्दै विकल्प सहितको आँटिलो जवाफ दिनु भएको थियो ।

 

कृष्णसार संरक्षणमा समस्या र चुनौति भनेको चितुवा र भुस्याहा कुकुरले कृष्णसारलाई आक्रमण गरी आहार बनाउने, कृष्णसार संरक्षण क्षेत्रमा अव्यवस्तित बस्ति रहेकोले संकुचित हुदै गएको र छाडा गाई गोरुहरुकै समस्या रहेको बताउनु भयो । बिगतका बर्षहरुमा कृष्णसार संरक्षण क्षेत्र गौशाला र नगरपालिकाको समन्वयमा केही सानो क्षेत्रमा गाई गोरुलाई चरिचरण गराउनु दिनु पर्छ भन्ने भएको र चरिचरण गरि आउदा केही छाडा गाई गोरुहरु सोही क्षेत्रमा भेटिदा गाई गोरुबाट कृष्णसारमा खोरेत रोग सर्ने सम्भावना भएको हुदा छाडा गाई गोरुहरुलाई न्युनिकरण गर्ने प्रयास भईरहेको, नियमित गस्ति गरिरहेको र सम्बन्धित निकायहरुसंग सहयोगको लागि पहलहरु भईरहेको कुरा जानकारी गराउनु भयो ।


संरक्षण अधिकृत झाको अनुसार संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ को अनुसार पुनर गठन गरिएको समिति छ । कृष्णसार संरक्षण क्षेत्रमा ४ वटा समितिहरु छन । ४ वटा समिति मध्येबाट एउटा परिषद हुन्छ जुन ७ सदस्य हुन्छ त्यो सदस्य कार्य समितिको पदवधी गत असार मसान्तमा सकिएको छ । बजेटको अभाव र कोभिडको महामारीको कारणले पुनर गठनमा ढिलाई भईरहेको छ । १ वटा समिति पुनर गठन गरिसकेको र एक हप्ता १० दिनमा ४ वटै समिति पुनर गठन गरेर परिषदको गठन गर्छौ । हाम्रो सहकार्य भनेको कृष्णसारको संरक्षण । व्यवस्थापन र कृष्णसार संरक्षण क्षेत्रको उन्नती र प्रगतिबाट समुदायलाई कसरी जिवन स्तर माथी उठाउन सकिन्छ ? यहाको पर्यवरणमा हुने विकासबाट कसरी समुदायलाई टेवा पु¥याउन सकिन्छ र यसको पहिचानलाई बहिरसम्म कसरी प्रचार प्रसार गर्न सकिन्छ त्यो बिषयमा समिति संग सहकार्य र समन्वय हुन्छ । एक हप्ता १० दिनमा ४ वटै समिति पुनर गठन गरेर परिषदको गठन गर्ने कुरामा विश्वस्त पार्नु भयो ।


हाल १२२ वटा पोथी ४६ वटा भाले गरी जम्मा १७२ वटा कृष्णसार रहेको कुरा बारे जानकारी दिदै झाले कृष्णसार भनेको यहाँको जनसमुदायको सम्पत्ती हो । नेपाल सरकारको भनेको त एउटा जिम्मेवारी मात्र हो । दायित्व मात्रै हो । लोप हुने प्रजाती कृष्णसारलाई हामीले सम्पुर्ण तह तप्काको सहयोगबाट बचाउन सक्यौं भने संख्यामा बृद्धि गर्न सक्यौं भने यहाँ बर्दियाकै ठुलो सम्पत्तीको रुपमा रहन्छ । यसलाई जोगाउनु पनि पर्छ, संरक्षण गर्नु पर्छ । यसको पहिचानलाई राष्ट्रिय, अन्तराष्ट्रिय तहमा कसरी सुचना प्रवाहा गरेर पर्यवरणको विकास मार्फत यसलाई उजागार गर्नु पर्छ भन्ने कुरामा आफु लागिरहेको र यसमा सम्पुर्ण संकायहरुको स्थानीय सरकार, उपभोक्ता समिति हाम्रो परिषद पत्रकार अन्य सरोकारवालाहरुको ठुलो सहयोग, सहकार्य र हामीलाई सुझाव दिने अपेक्षा गरेको र आगामी दिनहरुमा पाउछु भन्ने आशा गरेको कुरा संरक्षण अधिकृत झाले राख्नु भएको थियो ।

                                                        • होमेन्द्र थापा

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button