बिचार

शुक्र घटना, हाम्रो मनोवृत्ति र म

 शितल थापा

बर्दिया जिल्लामा विद्यालयमा हुने यौन जन्य अपराध दिन दिनै बढदै गइरहेका छन् यो संवेदनशील विषय हो यसमा तपाइ, हामी सजग हुन जरुरी छ । केही समय अघि शुक्र माध्यमिक विद्यालयमा जुन घटना घट्यो, आरोपित शिक्षकले स्पष्टिकरण पत्र र अनुसन्धानमा सहयोग गर्न शिक्षक पदबाट राजीनामा दिए । त्यो सत्य बाहिर आउला तर केही प्रश्न अझै पैदा गरिदिएको छ ।

हामीले सुन्ने गरेको समाचारहरू अनुसार विश्लेषण गर्ने हो भने बालबालिका माथि हुने यौन दुव्र्यवहार सबै भन्दा धेरै परिवार भित्रैका सदस्यहरू वा छिमेकी वा नातेदारहरूबाटै सबैभन्दा बढी भएको र शिक्षकहरूबाट यौनशोषण भएको पाइन्छ ।ध्ज्इ का अनुसार तीन जना मध्ये एक जना महिला कुनै न कुनै शारीरिक तथा यौनजन्य हिंसाबाट पीडित भएका छन् । शुक्र माध्यमिक विद्यालयको घटना त्यही सेरोफेरोमा केन्द्रित छ ।

घटनाका संन्दर्भमा केही  कुरा

“यौनिकतामा आफुलाई समाल्न नसक्ने मानिस र कुकुरमा फरक हुदैन” यसले मानिसलाई सुरक्षित यौनसम्बन्ध अपनाउँन सन्देश दिएको छ । तर, बिडम्बना यौनिकता प्रति जवाफदेही नहुँदा व्यक्तिले आफ्नो र अरुको पनि जीवन बर्वाद बनाइदिन्छ ।

यौनिकता प्रति जवाफदेही नहुनु भनेको यौन दुव्र्यवहार गर्नु वा हिंसा गर्नु हो ।यसलाई बचाउनु , जोगाउनु आफैलाई पनि चुनौती हो । संम्भबत यो चुनौती  सामना गर्ने सामर्थ कसैले राख्दैन , राख्नु हुदैन ।

सामान्य अर्थमा भन्दा यौन दुव्र्यवहार यौनिकताको दुरुपयोग हो । यौन दुवर््यवहार भन्नाले आफ्नो इच्छा विपरित कुनै पनि व्यक्तिले आफुलाई अपाच्य हुने गरि यौन जन्य कृयाकलापहरू गर्छ, जसले आफुलाई हेपेको, कमजोर, असुरक्षित महसुस गराउँदछ । जसमा असहज हुनेगरी हेरीरहनु, इच्छा अस्वीकार्य हुने किसिमले जिस्काउनु, विना स्वीकृति संवेदनशील अंग तथा यौन अंगहरू छुने चलाउँनेदेखि अपमानित हुने गरी यौनजन्य शब्द बोल्ने र बलात्कार समेत यौन दुव्र्यवहारहरू हुन ।

विद्यालय ,प्रधानध्यापक बाल संरक्षण

विद्यालय स्तरमा  हुने  प्राकृतिक, मानवर्सिजित वा अन्य कारणले गर्दा उत्पन्न विपद्को समयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा उपेक्षाबाट बालबालिकालाई जोगाउनु, रोकथाम गर्नु तथा समस्या परिहालेमा तुरुन्त सम्बोधन गर्ने कार्यलाई आपतकालीन अवस्थामा गरिने बाल संरक्षण भनिन्छ । विद्यालयको मुख्य संरक्षक प्रधानध्यापक नै हो ।

विपद्को समयमा बालबालिकालाई विशेष संरक्षणको आवश्यकता पर्दछ किनकि बालबालिकाहरू अरु सामान्य अवस्थाको तुलनामा यो बेला विभिन्न किसिमको हिंसा, दुव्र्यवहार र शोषणको जोखिममा रहेका हुन्छन् । आपतकालीन अवस्थामा बालबालिकाहरूले आवश्यक सबै मानवीय सहायता पाएको हुनुपर्छ जुन बाँच्न र समुन्नत जीवन जिउनका लागि जरुरी हुन्छ । तर हाम्रा बिद्यालयमा यसको अबस्था कस्तो  छ < दिनको घाम जस्तै छलङ्ग छ ।

ट्यूशन क्लास हाम्रो  विकृत संस्कृति

स्थानीय सरकार बने पछि पहिलो प्रथामिकतामा रहेको बिषय नै शिक्षा हो । पढाउन भन्दा अगाडी तर्साउने कामको सुरु हुन्छ ।  किनकी त्यहाँ टयूसनको खेतीपाती सुरुगर्नु छ । टयूसन अब बिजनेसको  रुपमा अघि बढेको छ । कानुनी हिसाबले यो गतल हो ।एउटा बालक बिहान ५ बजे देखी राती ८ बजे सम्म कोचिङ्ग टयूसन र  पढाई गराउदा उसको बालमनोविज्ञानमा कति असर पर्छ र बाल अधिकार हनन् हुन्छ कि हुदैन यसको कुनै हिसाव किताव आजसम्म कसैले खोजेन केवल खोजियो त जि=पि=ए=मात्रै नियमनकारी निकायले दश,चार बाहेक विद्यालयमा हुने अन्य गतिबिधिका बारेमा बेखवर छ । आफुलाई अव्वल प्र=अ=,विषयगत शिक्षक प्रमाणित गर्नअभिभावकको स्वीकृतिबेगर कोचिङ्ग टयूसनको शुरुवात गर्ने कथित शनिवारे परीक्षाको नाममा त्यही कोचिङ्ग टयूसन पढाएकोबाट प्रश्नहरु सोध्ने, अनि ति अबोध बालबालिकाहरुलाई बाध्यतात्मक रुपमा कोचिङ्ग टयूसन पढ्न बाध्य बनाउने विकृत संस्कृतिको मलजल गर्ने प्र=अ= विद्यालय व्यवस्थापन समिति,विद्यालय सञ्चालक त्यस अवधिमा घटित घटनाहरुको नैतिक जिम्मेवार हुन्।

अब भन्नुहोस १३,१४बर्षको बच्चा १६ घण्टा लगातार पढ्न र पढाउन पर्ने कहि कतै छ < समय शुल्क, स्थान अभिभाबकको सहमतिमा हो भने कोचिङ्ग—टयूसन र स्थानवालाले बच्चाको सम्पुर्ण जिम्मा लिनु पर्छ  की पर्दैन < बिषयगत शिक्षकले ट्युसन क्लास पढाउने हो या अन्यले यस्को लेखाजोखा किन भएन < अतिरिक्त पढाई हो या कोचिङ्ग—टयूसन हो यस बारेमा विद्यालयको प्रधानाध्यापक , प्रशासन र विद्यालय व्यवस्थापन समिति बेखबर हुन मिल्दैन ।

 विद्यालय मन्दिर हो,अखडा होइन

विद्यालय मन्दिर हो, विद्यालय भन्दा पर राजनिति गर्नु पर्छ भन्नेहरु नै नेता हुन । सचेत बर्ग हुने ठाउमा राजनिति हुदैन भन्ने हुदैन तर त्यो पेशामा लागु गरिनु हुदैन। विद्यालय भित्र हुने चरम राजनितिकरण एकले अर्को लाई सिध्याउने नकारात्मक सोच हाबी भएको सत्य बाट भाग्नु हुदैन। बिचार भाबना सम्बेदना सबैमा हुन्छ तर कहा कति कुन हद पदिय आचरण अनुसार आफुलाई ढाल्दै लग्नु नै एक असल शिक्षक धर्म हो ।

घटना गुपचुपभडेकाउने बिचौलिया 

समाजका हरेक घटना मिलाउने, भडेकाउने र बिचौलिया गर्ने तपाई हामी र हाम्रा आफ्नै अभिभाबक  हुन । यो समाजको मुख्य समस्या नै  हो । सुस्त सुस्त चेतना स्तर बिकशित हुदै जाँदा आफै कम हुदै जाने हो । आनुहोस् संगै बसेर छलफल गरौं । स्टाटस लेखेर, एक ले अर्को सुनाएर चियो गरेर सास्याको हल हुदैन । “छोरीले चौकिमा निबेदन दिइन आमाले फिर्ता गरिन”मुख्य समस्या यहा निर हो, चोक चौराहमा गफलगाउने कुरा काट्ने तर ……….. किन ? प्रहरी भन्छ “अनुसन्धानमा देखीएन, प्रमाण पुग्दैन”

तपाई हामीलले देखेको पैरबी गर्ने संघ सस्था महिला संजाल, आमा समुह, अन्तरपार्टी महिला संजाल, बाल क्लब, महिला सेल सबैले किन घटनाको बारेमा आफ्नो धारण सार्बजनिक गरेनन् ? खोजीको बिषय यहा निर हो । घटना घटेको सत्य हो बस् त्यो नियत बस् हो कि ? नियोजित हो ? समाजले यो छुटाउदैन, छुटाउने अनुसन्धान र न्यायलयले हो तर घटना गुपचुप गर्ने, भडेकाउने र बिचौलिया गर्नेले होइन ।

घटनामा हामी

आरोप लाग्नु, अपराध स्वीकार गर्नु,  किटानी जाहेरी दिनु, उजुरी दिनु वा अदालतले फैसला गर्नु, सफाई दिनु फरक फरक पाटो हो < तपाईले सोचेको जस्तो पत्रकारीतामा हुदैन । प्रमाण बोल्नु पर्ने हुन्छ पत्रकारीतामा , फेसबुक र पत्रकारीताको बिचको जटिलता यो नै हो । नाम र स्थान सार्बजनिक गर्ने सन्र्दभमा संम्वेदनशिलतालाई पनि ध्यान दिन जरुरी हुन्छ मैले त्यसै गरे। समाजमा हुने यस्ता घटना मिलाउने, दबाउने र बिचौलिया सस्कृती सबै हाम्रा सामजको उपज हुन । यसको सम्पुर्ण दोष हामी भित्र छ यो किन हेरिदैन <

अन्त्यमा, समाजमा हुने यस्ता घटनाको डटेर सामना गरौं आफ्नालाई पर्दा लुक्ने अर्कोलाई पर्दा जुट्ने सोच अन्त्य हुन जरुरी छ । पिडितलाई  न्याय दिई सत्यको बिजय हुने बाताबरण निमार्ण गरौँ र अर्को कुरा हाम्रो घरमा पनि छोरी चेली र अपराधीक मनोवृत्ति संगसगै छन भन्ने नभुलौँ । अस्तु

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button