अबको पत्रकारिता, भनेकै खोज मुलक पत्रकारिता
कोमल प्रसाद धमला ः सचिव आन्तरिक मामिला तथा संचार मन्त्रालय

होमेन्द्र थापा
अर्घखाँची, आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले अबको पत्रकारिता भनेकै खोज मुलक पत्रकारिता रहेको कुरा बताउनु भएको छ ।
आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको संयोजनमा भएको ग्रामीण विकास पत्रकारिता तालिमको अन्तिम दिन सचिवले उक्त कुरा बताउनु भएको हो । सचिव धमलाका अनुसार अबको पत्रकारिता भनेकै खोज मुलक पत्रकारिता हो । अबको युग भनेको प्रतिस्पर्धाको युग हो । खोज पत्रकारितामा लगानी गर्नु पर्छ, खुराक चाहिन्छ अनी मात्र हुन्छ । खोज मुलक पत्रकारिता भएन भने पत्रकार टिक्न पनि सकिदैन बिक्न पनि सकिदैन । लगानी विना प्रतिफल आउदैन भन्ने विभिन्न उदाहारणहरु दिदै सहभागीहरुलाई प्रशिक्षण मुलक सल्लाहा सुझाव दिनु भएको हो । साथै सचिव धमलाले आज यो मुलुकको सबभन्दा खत्रा भनेको दलाली हो÷ बिचौलीया हो । यो दलाली सबै तह र क्षेत्रमा छ । मैले होसमा घुस खाएको छैन, विहोस भएको छैन । त्यसैले निडर भएर कुरा गर्न सक्छु । मेरो काम माथी निगरानी गरिदिनुहोस भन्दै सहभागी पत्रकारहरुलाई सचिव धमलाले अनुरोध पनि गर्नु भयो ।
परिवर्तनको लागि एउटा पुस्ताले त्याग गर्नु पर्छ । पत्रकार डराउदैनन, निडर हुन्छन, जे देख्यो त्यो लेख्छन । मुलुक परिवर्तनको लागि पत्रकारहरुको ठुलो भुमिका रहन्छ । यस्ता दलाली वा बिचौलियाहरुको पर्दाफास गर्न निडर भएर पत्रकार लाग्नु पर्ने कुराको संकेत गर्नु भयो । पत्रकारिता पेशालाई अगाडी बढाउनको लागि पत्रकारहरुमा नैतिक हतियार बलियो हुनु पर्ने कुरा बताउनु भएको थियो । भने कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका १२ जिल्लाका क्रियासिल महिला पुरुष गरी ५२ जना पत्रकारहरुलाई सचिव धमलाले स–धन्यवाद सहित प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
लुम्बिनी प्रदेशको राजधानी भालुबाङ्गमा मिति २०७९ जेष्ठ २१ गतेदेखी २४ गते सम्म आयोजित ४ दिने तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द आचार्य र पुर्व सचिव रामजी दाहालले पालैपालो सहजीकरण गर्नु भएको थियो । उक्त ४ दिने तालिममा संचार, आम संचार, पत्रकारिता, पत्रकारको अर्थ, महत्व र प्रक्रिया, रिर्पोटिङ्ग, समाचार लेखन, समाचारको बनौट, खोज मुलक पत्रकारिता, सुचनाको हक, पत्रकार आचार संहिता र प्रेस स्वतन्त्रता लगाएतका बिषय बस्तुमा सहभागी पत्रकारहरुले प्रशिक्षण तथा जानकारी लिएका थिए । तालिमबाट पत्रकारहरुले केही नयाँ कुराहरु सिक्ने अवसर पाएको र नयाँ ज्ञान, अनुभव पत्रकारितामा प्रयोग गर्ने कुरा सहभागी पत्रकारहरुले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमला, उप सचिव दामोदर भण्डारी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष गोविन्द आचार्य र पुर्व सचिव रामजी दाहाल लगाएत नेपाल पत्रकार महासंघ, प्रदेश समितिका पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । भने अर्घाखाँचीको शितगंगा नगरपालिकाका मेयर छवि लाल पौडेल, दाङ्गको गढवा गाउँपालिकाका अध्यक्ष नारायण पोख्रेल, शिवराज नगरपालिकाका मेयर अजय थापा लगाएतले छोटो मनतव्य राख्नु भएको थियो ।