Uncategorized

सुचना प्रवाह प्रणाली विद्यालयको लागि उपयोगी र प्रभावकारी बन्दै

होमेन्द्र थापा

बर्दिया, ठाकुरबाबा नगरपालिका वडा न.१ भुरीगाउँ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा जडान भएको सुचना प्रवाह प्रणाली विद्यालयको लागि अत्यन्तै उपयोगी र प्रभावकारी बन्दै गएको छ ।

सुचना प्रवाह प्रणालीको प्रयोगले गर्मी र बर्षातका समयमा विद्यार्थी भाई बहिनीहरुका लागि कक्षा कोठामै प्रर्थना लगाएत अन्य सुचना सहज रुपमा पु¥याउन सकिने । कक्षा कोठा भित्र भएका विद्यार्थीहरुका केही उत्शृखल गतिविधि र सिकाईका गतिविधिमा कन्ट्रोल रुमबाटै सोझै निर्देशन दिन सकिने, सोझै संञ्चार सम्पर्क स्थापित गर्न सकिने । अभिभावकले राख्नु पर्ने सुचनाहरु पनि सजिलै स्थापित गर्न सकिने । प्रविधिको प्रयोगले विद्यार्थीहरुले गर्ने नराम्रो गतिविधि न्युनिकरण हुने, बिद्यार्थी अनुशासित हुने, विद्यार्थीहरुलाई सामुहिक रुपमा सुचना प्रवाह गर्न सहज हुने, र कुनै पनि सुचनाको लागि कार्यालय सहयोगीलाई प्रत्येक कोठा कोठामा डौडाउन नपर्ने लगाएतका फाईदा पुगेको विद्यालयका प्रधानाध्यापक नन्दाराम अधिकारीले बताउनु भयो ।

विद्यार्थी भाई बहिनीहरुमा कन्ट्रोल रुमबाट हेड सरले हामीलाई हेरीरहनु भएको छ भन्ने बुझाई भएको हुदा विद्यार्थीहरुमा हुन सक्ने सम्भावित उत्शृखलका गतिविधिहरु पनि नियन्त्रित हुदै गएको छ । बच्चाले कक्षा कोठाको भित्ता केरमेर गर्ने काम, कक्षा कोठा भित्रका विधुत्त स्विच बोर्डहरु र बिजुली वल्वहरु तोडफोड गर्ने र चोरी गर्ने काम, कक्षा कोठामा रहेको पंखाका पाता तोडमोड र बंगाउने जस्ता उत्शृखलका गतिविधि रोकथाम हुनुको साथै विद्यालय भित्रका सर सामानहरु चोरीहुनबाट रोकथाम समेत भएको भन्दै प्रधानाध्यापक अधिकारीले खुशी व्याक्त गर्नु भयो ।
बिहानी समयमा प्रर्थना भन्दा अगाडी मोवाईल वा अन्य साउण्डको माध्यमबाट बिद्यालय प्रागंण र कक्षा कोठामा विद्यार्थी भाई बहिनीहरुका लागि सुमधुर रुपमा केही राम्रा प्रवचन केही राम्रा राष्ट्रिय गितहरु जो देश भक्ती भावनाले प्रेरित हुन्छन । त्यस्ता गित संगित बजाएर विद्यार्थीहरुलाई विद्यालय भित्र आउदै गर्दा विद्यालय भित्रको शान्त वातावरण लागोस विद्यालय भित्र हामी केही सिक्न जादैछौं भन्ने भावना भाई बहिनीमा प्रेरित होस भन्ने भावनाले पनि ५÷१० मिनेट उक्त संगित स्वरुपका केही प्रर्वचन केही गित प्रसारण गर्ने गरेको र अबका दिनहरुमा टिफिन पश्चातको पहिलो घन्टिको पनि ५ मिनेट हामीले यसै गरी भाई बहिनीहरुको बिचमा हाम्रो सन्देशहरु राख्ने कोशिस र सोचमा रहेको बताउनु भयो ।

गत शैक्षिक सत्र २०७८ मा विद्यालयले राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत प्राप्त गरेको ६ लाख ५० हजार रुपैयाबाट सुचना प्रविधिमा यस त्रिभुवन नमुना मध्यमिक विद्यालयले नव प्रर्वधानात्मक कार्य अन्तरगत यस बर्दिया जिल्लाकै लागि नयाँ कार्यक्रम लागु गरेको थियो । कार्यक्रम अन्तरगत २४ वटा सि.सि.टि.भी. र ३० वटा कोठामा साउण्ड सिस्टम जडान गरेको छ । विद्यालयको हलमा स्मार्ट बोर्ड जडान गरिएको छ । कक्षा कोठामा जडान गरिएको साउन्ड सिस्टमबाट सबै कक्षा कोठामा एकै साथ र छुट्टाछुट्टै पनि सुचना दिन मिल्ने प्रविधि जडान गरिएको छ । बर्दिया जिल्लाका ३८५ विद्यालय मध्ये यो पहिलो सामुदायिक विद्यालय हो जो यो दुबै किसिमको सुविधा सहित सुचना प्रवाह प्रणाली संञ्चालन गरेको छ । जसको कारण विद्यालयको शिक्षण सिकाईका क्रियाकलापलाई प्रभावकारी बनाउन र विद्यालयको शैक्षिक वातावरणलाई शान्त र सुन्दर बनाउन सहयोग पुगेको विद्यालयको भनाई छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button