” समयले नेटो काट्यो , अब कति बाँचुला र खै ? जहान पनि खसेर गई । ” गनगनाए पण्डित
पण्डित्याई गरेर जसोतसो गुजारा चलाएको छु ।” म मरेपछि के हाल होला, केही गर्न खोज्दैनन् ? ” फेरि फत्फताए ।
जेठो छोरो अल्छी छ , सुतिरहन्छ । माहिलो छोरो घरमा एकछिन बस्ने होइन, डुलिरहन्छ । कान्छो सानै छ । खै के गरी खालान् ?” विरक्तिए पण्डित
घरको यत्रो जिम्मेवारी छ । लिनै खोज्दैनन् , ” यी तीनजना मध्ये कसले गर्छ ? त्यो पनि मलाई थाहा छैन । “
एकदिन तीनैजना छोराहरूलाई बोलाएर खाली कोठा देखाउँदै भने, “तिमीहरुको स्व: विवेकले त्यो कोठामा के के राखेर भर्ने हो भर । कोठा भरियो भने मलाई बोलाए भन्दै गए ।” पण्डित
अब पीताजीले भनेको कुरा कसरी टार्ने, गर्ने पर्यो ।
जेठाले सोच्यो । खलियो भरी दाउरा छन् , त्यहीँ ल्याएर भर्छु भन्यो , गर्यो तर भरिएन त्यतिकै छाड्यो ।
माहिलाले सोच्यो । ए ! हाम्रो घरमा टन्न धान छ, त्यहीँ ल्याएर भर्छु भन्यो , गर्यो तर भरिएन । त्यतिकै छाड्यो ।
कान्छाको पालो आयो ,उसले कोठा हेर्यो , ” दाइहरुले भर्न नसकेर त्यतिकै छाडेर गए । दाइहरु जतिको बलवान् पनि होइन , खै के सकुला र म ?”
एक छिन घोरिएर दिमाग लगायो । यसलाई सफा गरी पूजाकोठा बनाउँछु भन्यो , आफ्नी स्वर्गीय माताजीको फोटो लिएर फूलको हार लगायो । नजिकै दियो बालिदियो ।
तीनैजना छोराहरु पीताजीसम्म पुगेर आ- आफ्नो काम सकेको जानकारी गराए । पिताजीले नजर घुमाउँदै सोध्नु भयो ।
” के के गर्यौ त ?”
तीनैजनाले आफ्नो आफ्नो कामको समीक्षा गरे ।
निर्णय पीताजीको हातमा थियो , पीताजीले गम्भीर मुद्रामा भन्नुभयो , “म बुढो भए, डुब्न लागेको घाम , कति खेर के हुन्छ थाहा छैन ? त्यस कारण तिमीहरु मध्ये कसले घरको जिम्मेवारी लिन सक्छ भनेर मैले परीक्षा लिएको हु । “
कान्छालाई सुम्सुम्याउँदै पिताजीले आशावादी स्वरमा भने , ” हेर बाबु आजदेखि मेरो यो जनैको साँचो तिम्रो जनैमा हुनेछ ।
(भूमिका गैरे तिमिल्सिना )
गैंडाकोट ४, नवलपुर