होमेन्द्र थापा, बर्दिया
बैशाख १० गते
बर्दियाको बढैयाताल गाउँ पालिकामा व्यथिति भएको भन्दै राजनितिक दलहरु संयुक्त धर्नामा बसेका छन् । शिक्षा ऐन २०७९ को दफा १२ को (ज) अनुसार शिक्षा समितिमा सदस्य नराखिएको, हचुवाको भरमा परिक्षा समितिको संयोजक लगाएत अन्य सदस्यहरु राखिएको, दरबन्दिमा रहेको अँग्रेजी शिक्षीकालाई शक्तिको आडमा लामो समय देखी शिक्षा शाखामा राखिएको, पालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु, जनप्रतिनिधिहरुका बालबालिकालाई सामुदायिक बिद्यालयमा हालसम्म अध्ययन नगरिएको र शिक्षामा रहेको चरम व्यथितिलाई अन्त्य गर्न हाल सम्म शिक्षक दरबन्दि मिलान नगरिएको भन्दै ६ राजनितिका दलको संयुक्त धर्ना बसेको हो ।
पालिकाको गेटमा सोमवार बसेको धर्नामा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
बदनियतपुर्ण तरिकाले गरिएको कक्षा ८ को नतिजा सम्पुर्ण बिषयहरुको उत्तर पुस्तिका सम–परिक्षण गराई सार्वजनिक गराउनु पर्ने दलहरुको माग रहेको छ । मागलाई गम्भिरता साथ नलिए सशक्त ढंगले अगाडी बढने नेपाली काँग्रेसका पालिका पार्टी सभापति भगत नेपालीले बताउनु भयो ।
बढैयाताल गाउँपालिकाका प्रमुख हिमालय त्रिपाठीले भौतिक सुधार मात्र नभएर शिक्षाको अवस्थालाई पनि सुधार गर्नु पर्छ भनेर पालिका लागेको बताउनु भयो । बढैयातालको शिक्षाको अवस्थालाई कस्तो छ भनेर हेर्न कक्षा ८ को परिक्षालाई ल्यावको रुपमा जस्ताको त्यस्तै परिणाम निकाल्न भनेर लागेको र सोही अनुसार दलहरु आन्दोलित भएको त्रिपाठीको भनाई छ । वहाँले ६ बर्षको अवधीमा शिक्षामा कुनै पनि लगानी नभएको भन्दै शिक्षामा सुधार गर्न हामीलाई जे जस्तो अवस्था आउछ त्यही अवस्था स्विकार गर्न सक्छ भनेर कार्यपालिका बैठक, सर्वदलिय बैठक र प्रधानध्यापकहरुको बैठकले निर्णय गरेको बताउनु भयो ।

Facebook Comments Box