Babai News

काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग

Advertisement

फाइल तस्वीर ।

काठमाडौं ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् ।

पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले  आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ ।

जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।”

पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी कानुनी शासनमा प्रहार गरेको भन्दै उनले कारबाहीको माग गरेका हुन् । “योजनाबद्ध ढङ्गले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लङ्घन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो, प्रधानमन्त्रीसहित मन्त्रीहरुले दिए विमानस्थलमै अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श...
विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धन...
नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५  विकेटले जित...
सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले संयुक्त रुपमा छोडे पार्टी

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्...