रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्। मृत्यु हुनेमा सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेको उनले बताए। उक्त झोलुङ्गे पुल मौलाबाङ र बाहिरी गाम जोड्ने गरी बन्दै थियो ।
बिर्तामोड मंसिर १२ ।। झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-८ का ३८ वर्षीय थापाको उपचारको क्रममा बिएन्डसी अस्पताल बितामोडमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट जाँदै गरेको मे. ६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । बोलेरोको ठक्करबाट थापा गम्भीर घाइते भएका थिए । उनको अहिले बिहान ०६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी…
इटहरी ।। सुनसरीकाे इटहरीमा आइतबार बिहान भएकाे दुर्घटनामा श्रीमान-श्रीमतीकाे मृत्यु भएकाे छ। नचिनेकाे सवारी साधनकाे ठक्करबाट सखुवासभाकाे धर्मदेवी नगरपालिका ६ बस्ने बर्ष ३२ को युवराज गुरुङ र पछाडि सवार उनकी श्रीमती बर्ष ३२ कि टीका गुरुङकाे मृत्यु भएकाे हाे । आइतबार दिउसाे ११ बजे इटहरी उप-महानगरपालिका १६ बालग्राम स्थित पुर्व पश्चिम राजमार्गमा झुम्का बाट ईटहरी तर्फ आउदै गरेको को ३६ प ५६३७ नं.को माेटरसाइकलमा सवार उनीहरुलाई अज्ञात सवारी साधनले ठक्कर दिएकाे थियाे । गम्भीर घाइते उनीहरुकाे स्थानीय एपेक्स अस्पताल ईटहरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा अस्पताल पठाईएको थियाे । उनीहरुकाे घाेपामा नै मृत्यु भएकाे अस्पतालका चिकित्सकले…
इलाम ।। इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो । गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए । अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।
तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
बिर्तामोड मंसिर ०२ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटरको पछाडि…
बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले…
केर्खा कार्तिक ७।। झापाको केर्खामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्। काकरभिटाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। नातिनीको बर्थडे र बर्थडेको केक लिएर नातिनी हजुरबुवा घर फर्किँदै गर्दा उनीहरू सवार इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिएको थियो। ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस…
बिर्तामोड कार्तिक ३।। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ -०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ मोटरसाइकल चालक को घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुङ राईको रहेको भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले सो साईकललाई…
बिर्तामोड कातिक २ ।। विर्तामोड– भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…