काठमाडौँ । विपिन जोशीको शव आज काठमाडौँ आइपुगेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेपछि सरकारको तर्फबाट श्रद्धाञ्जली अपर्णको कार्यक्रम गरिएको छ । प्रधानमन्त्री सुशिला कार्कीसहित मन्त्रीहरुले विपिन जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । सो अवसरमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेलसहितले विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । आजै केहि बेरमा विपिनको शव धनगढी लगिने भएको छ ।धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ । इजरायलले आइतबार औपचारिक रुपमा बिदाइ गर्दै विपिनको शव नेपाल पठाएको हो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट…

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ । इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् । राजदुत पण्डितले इजरायली सेनाले विपिनको बारेमा जानकारी दिदै हमासले दिएको जीवित बन्धकको सूचीमा उनको नाम नरहेको जानकारी दिएको बताए । साथै सेनाले केहि जानकारी आएमा फेरी जानकारी गराउने बताएको उनले बताए । राजदुत पण्डितले विविसीसँग भनेका छन्- 'हमासले छोड्ने सूची इजरायल सरकारलाई दिएको, विपिन जीवित नरहेको हमासले आफुहरुलाई जानकारी दिए भनेका छन् । भिडियो कन्फेरेन्स मार्फत विपिनको बहिनिसहित मलाई जानकारी दिएको…

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो । फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो । त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो…

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन् । पार्टी छोड्न एमालेका जिल्ला कमिटीका सदस्य, गाउँपालिका उपाध्यक्षलगायतका नेताहरु छन् भने काँग्रेसका क्षेत्रीय सभापति र क्रियाशील सदस्यहरु रहेका छन् । त्यस्तै माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य सदस्यहरुले संयुक्त रुपमा पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेस-एमालेको गठबन्धन सरकारले जेनजी आन्दोलनका क्रममा युवाहरुहरुलाई कठोर र निर्मम रुपमा गोली हानी हत्या गरेको भन्दै संयुक्त रुपमा पार्टी छोडेको घोषणा…

बर्दिया- जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा पछिल्ला केही दिनयता जारी गरिएको कर्फ्यू हटाईएकाे छ । कर्फ्यू हटाई प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सदरमुकाम गुलरियाको केही क्षेत्रमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आंशिक निषेधाज्ञा जारी गरेकाे हाे । यहि भदौ २३ गते गुलरिया बजार क्षेत्रमा उच्छृंखल समूहले सुरक्षाकर्मी र सरकारी कार्यालयमाथि गरेकाे आक्रमण र २४ गते जेन जेड (Gen-Z) समूहको देशव्यापी आन्दोलनका क्रममा गुलरिया नगरपालिका क्षेत्रमा आगजनी र तोडफोडका घटना भएकापछि कर्फ्यू लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा सहयोग पुर्याएकोमा जिल्लावासीप्रति धन्यवाद व्यक्त समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तिमा…

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । मोदीले कार्कीलाई बधाई दिदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । मोदीले भनेका छन्- 'नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ '। यस अघि भारत सरकारले शुक्रबार रातिनै नेपालमा अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो । शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन्…

बर्दियाको बिभिन्न क्षेत्रमा केही व्यक्तिहरूको समूहले ताेडफाेड गरेपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ । देश व्यापी रूपमा भाद्र २४ गते भएकाे जेनजी आन्दोलनकाे समर्थनमा सदरमुकाम गुलरिया सहित जिल्लाकाे विभिन्न पालिकामा र्याली निकालिएकाे थियाे । र्याली शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि राति केही व्यक्तिहरूको समूहले गुलरिया नगरपालिका कार्यालय र संघीय सांसद संजय कुमार गौतमको घरमा तोडफोड र आगजनी गरेका थिए । स्थिति थप जटिल हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार राती ११ : ०० बजे देखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । कर्फ्यु जारी भएपछि गुलरिया बजार र आवागमन ठप्प बनेको छ। सुरक्षा नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाले…

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर…