बिर्तामोड । असोज २२।। राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा झापाली पत्रकार अर्जुन राजवंशी चयन भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए…
बिर्तामोड ।। झापा बाह्रदशी- ७ की मुना मेचे (राजवंशी) संगको अनैतिक सम्बन्धका कारण राजेश ठाकुरको हत्या भएको अनुसन्धानबाट खुलेको छ। श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन्। मध्यराति राजेश मुनाको घर गएपछि सो घटना भएको प्रहरीको अनुसन्धाबाट खुलेको छ। राजेश गत जेठ १५ गते राति करिव ११.३० बजे मुनाको घरमा गएका थिए। बाह्रदशी ५ फूलवारी घर भएका राजेश करिव ३ किलोमिटर उत्तर मध्यरातमा सिमलवारीस्थित मुनाकहाँ गएको खुलेको हो। यसअघि सम्बन्ध बनेर बिग्रिसकेको अवस्थामा राजेश मुनाको घरमा गएपछि उनले आफ्ना देवर गणेश राजवंशीलाई आफ्नो घरमा चोर पसेको भन्दै खबर…