बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित सुहेलुवामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उत्साहपूर्वक मनाईएकाे छ । उक्त कार्यक्रम एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा मनाईएकाे हो । ‘धान बालीमा संलग्नता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालको अध्यक्षता रहेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हाम्रो संस्कृति धानमा आधारित रहेकाले यस दिवसलाई पर्वकै रूपमा मनाउने गरिएको बताउनुभयाे । उहाँले मल अभावबारे चिन्ता व्यक्त गर्दै…