काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ । चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण भएको बताएका छन् ।शुक्रबार विज्ञप्ति जारी गर्दै नेता खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपाली भूमिमाथिको अतिक्रमणमात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका हुन् ।उनले भनेका छन् नेपाल विरोधी सम्झौता खारेज गर । नेपालका सम्पूर्ण भूभागहरू फिर्ता गर ।।यही अगस्ट १९, २०२५ (३ भदौ, २०८२) मा चीन र भारतका बीच दिल्लीमा सम्पन्न भएको १२ बुँदे सम्झौताको ९ औँ बुँदामा लिपुलेक पासबाट दुई देश बीच व्यापारलाई पुनः सुरु गर्ने जुन सम्झौता गरिएको…

बर्दिया– नेपाल पूर्व प्रहरी दिवसको अवसरमा बर्दियाको गुलरियामा मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बर्दियाले गुलरिया–५ स्थित सन्तोषी माताको मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी सहभागी भई मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न जातका फलफुलका विरुवा रोपिएका थिए । स्थानीयवासीले प्रहरी तथा पूर्व प्रहरी संगठनले अघि सारेको यस पहलले धार्मिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको बताएका छन् । यस किसिमका कार्यक्रमले समुदायमा सरसफाई र हरियाली संरक्षणको महत्वलाई बढावा दिने विश्वास…

काठमाडौं – युथ इको नेपालले एकै दिन २२ हजार सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ। युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस…

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए । ट्रम्पले भनेका छन्- 'भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाई बर्दियाले जिल्लामा सञ्चालित जोन तथा सुपरजोनहरूको प्रगति हेर्न अन्तर निकाय संयुक्त अनुगमन गरेको छ । जिल्ला समन्वय समिति (जिसस), IALDO, जोन समन्वय समिति बर्दिया तथा सञ्चारकर्मीहरूको सहभागितामा अनुगमन टोलीले राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यान्वयन भइरहेका कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको हो । एकाई प्रमुख वीरेन्द्र राज पराजुलीले आर्थिक वर्ष २०८१/०८२ मा धान सुपरजोन अन्तर्गत राजापुर क्षेत्रमा चैते धानलाई विशेष प्राथमिकता दिइएको बताउनुभयाे । उहाँले भन्नुभयो, "नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राजापुर भएकाले चैते धानमा विशेष ध्यान दिएका छौं ।" परियोजनाले जिल्लाका विभिन्न पालिकामा धान, केरा र…

काठमाडौँ । भारत र इङ्ल्यान्डबीच लर्ड्समा जारी तेस्रो टेस्ट म्याचमा इङ्ल्यान्डको पहिलो इनिङ सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेपछि इङ्ल्यान्डले पहिलो इनिंगमा ३८७ रन बनाएर अलआउट भएको छ । इङ्ल्यान्डका लागि ब्याट्सम्यान जो रुटले १९९ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक १०४ रन बनाए । त्यसैगरी भारतका लागि जसप्रित बुमराहले फेरि एक पटक उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । दोस्रो टेस्टमा बुमराहलाई दोस्रो टेस्टमा आराम दिइएको थियो । त्यस्तै मोहमद सिराज र नितिस कुमार रेड्डीले २-२ विकेट लिए भने रविन्द्र जडेजाले एक विकेट लिए । अब भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ । इङल्याण्ड र…

रसुवामा आएको बाढीमा बर्दियाका पाँच जना बेपत्ता भएका छन् । जिल्लाकाे बारबर्दियाबाट रसुवामा काम गर्न गएका पाँच युवाहरू बेपत्ता भएका हुन् । उत्तरी छिमेकी राष्ट्र चीनतर्फबाट रसुवागढी नाका भई नेपाल प्रवेश गरी भोटेकोशी नदीमा आएको बाढीमा बर्दियाका ५ जना नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको कुरा जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी राेशन कुमार कठायतद्वारा जारी पत्रमा उल्लेख गरिएकाे छ । साे पत्रमा निजहरुको स्थायी ठेगाना एकीन नभएकाे र खोजीका लागि प्रशासन कार्यालयले सम्बन्धित निकायमा पहल गरिरहेकाे जनाईएकाे छ । बारबर्दिया नगरपालिका वडा नं. १० बस्ने जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु र सुरेश थारु बेपत्ता…

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) जिल्ला कमिटी बर्दियाले विभागीय जिम्मेवारी निर्धारण गर्दै संगठन विस्तार र सुदृढीकरणमा विशेष जोड दिएको छ । नेकपा एस जिल्ला कमिटी बर्दियाको पहिलो पदाधिकारी बैठकबाट पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी निर्धारण गर्नुका साथै संगठन सुदृढीकरण र विस्तारमा विशेष जोड दिईएको हाे । बैठकले अध्यक्ष बखतबहादुर खड्कालाई पार्टी स्कुल विभाग, उपाध्यक्ष प्रताप कुमार गौतमलाई प्रचारप्रसार तथा जनकार्य विभाग, बमबहादुर रावललाई सामाजिक विभागको जिम्मेवारी दिएको छ । यसै गरी सचिव इन्द्रबहादुर रावल संगठन विभाग, उपसचिव अग्निप्रसाद अर्याल उद्योग, वाणिज्य, आपूर्ति तथा कृषि विभाग, दानबहादुर बुढा युवा, विद्यार्थी तथा खेलकुद विभाग र गंगा चालिसे महिला विभागमा जिम्मेवारी पाएका छन्…