Babai News

Breaking News 2

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

कर्णालीमा यातायात व्यवसायी आन्दोलित

सुर्खेत । कर्णालीमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले सुर्खेत बसपार्कबाट पाँच जना यातायात मजदुर पक्राउ गरी मुद्दा चलाएको बिरोधमा कर्णालीमा सञ्चालन भएको सबै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले शुक्रबारदेखि सबै सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरलाई दुःख दिएको आरोप लगाएका छन् । यातायात व्यवसायीहरूले निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रणमा लिनुपर्नेमा त्यसतर्फ कुनै कडाइ नगरी उल्टै सार्वजनिक सवारीमाथि मात्र दबाब सिर्जना गरिएको बताएका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा रातो प्लेटका सवारी साधनले यात्री बोक्ने गर्दछन् ।  यातयात व्यवसायीले रातो प्लेटका सवारी साधनलाई…
Read More
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलको कति मत पुग्यो ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ । मतगणना अन्तिम चरणमा पुगेको समयमा समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार (बिहान ७ बजेसम्म) अहिलेसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले आज समानुपातिकको पनि मतगणना सम्पन्न हुने जानकारी दिएको छ । जसमा रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४७.९ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले…
Read More
अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ…
Read More
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनपीङसँग भेटवार्ता भएको छ । चीनको थियानजिनमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी जीनपीङसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षिय भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आजै चीनको थियानजिन शहरमा पुगेका हुन् ।
Read More
लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण हो- झलनाथ खनाल

लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण हो- झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमति नेपाली भूमिमाथिको अतिक्रमण भएको बताएका छन् ।शुक्रबार विज्ञप्ति जारी गर्दै नेता खनालले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिले नेपाली भूमिमाथिको अतिक्रमणमात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका हुन् ।उनले भनेका छन् नेपाल विरोधी सम्झौता खारेज गर । नेपालका सम्पूर्ण भूभागहरू फिर्ता गर ।।यही अगस्ट १९, २०२५ (३ भदौ, २०८२) मा चीन र भारतका बीच दिल्लीमा सम्पन्न भएको १२ बुँदे सम्झौताको ९ औँ बुँदामा लिपुलेक पासबाट दुई देश बीच व्यापारलाई पुनः सुरु गर्ने जुन सम्झौता गरिएको…
Read More
गुलरियामा पूर्व प्रहरी दिवस मनाउँदै मन्दिर सरसफाई र वृक्षारोपण

गुलरियामा पूर्व प्रहरी दिवस मनाउँदै मन्दिर सरसफाई र वृक्षारोपण

बर्दिया– नेपाल पूर्व प्रहरी दिवसको अवसरमा बर्दियाको गुलरियामा मन्दिर सरसफाई र वृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बर्दियाले गुलरिया–५ स्थित सन्तोषी माताको मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा १५ जना प्रहरी कर्मचारी सहभागी भई मन्दिर परिसर सफा गर्नुका साथै विभिन्न जातका फलफुलका विरुवा रोपिएका थिए । स्थानीयवासीले प्रहरी तथा पूर्व प्रहरी संगठनले अघि सारेको यस पहलले धार्मिक स्थलको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुगेको बताएका छन् । यस किसिमका कार्यक्रमले समुदायमा सरसफाई र हरियाली संरक्षणको महत्वलाई बढावा दिने विश्वास…
Read More
भक्तपुरमा एकै दिन २२ हजारको सहभागितासहित विशाल मेकअप कार्यशाला, एसिया बुक अफ रेकर्डमा नाम दर्ताको तयारी

भक्तपुरमा एकै दिन २२ हजारको सहभागितासहित विशाल मेकअप कार्यशाला, एसिया बुक अफ रेकर्डमा नाम दर्ताको तयारी

काठमाडौं – युथ इको नेपालले एकै दिन २२ हजार सहभागीलाई मेकअप सीप सिकाउने उद्देश्यसहित भोलि (मंगलबार) भक्तपुरको थिमिमा भव्य कार्यशाला आयोजना गर्दैछ। यसमार्फत संस्थाले एसिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गराउने तयारी गरेको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्नेछ। कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीप—जस्तै फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्ट लगायतका सीप सिकाइने युथ इको नेपालका सचिव सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार, यो कार्यक्रमले हजारौं युवालाई सीपसँग जोड्नेछ र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने आधार बनाउनेछ। युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार, हरेक शनिबार मेकअप सीप सिकाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस…
Read More
अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

अमेरिकाको भारतलाई २५ प्रतिशत कर, रुससँग तेल र हतियार किनेको जरीवाना समेत लगाउने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल मार्फत भारतले रूसबाट हतियार र तेल किनिरहेको कारण २५ प्रतिशत करसहित जरिवाना पनि लगाउने बताएका छन् । ट्रम्पले अमेरिकासँग भारतको व्यापार घाटा धेरै उच्च रहेकोले उनीहरूले भारतीय सामानहरूमा कर लगाइने बताए । ट्रम्पले भनेका छन्- 'भारत अमेरिकाको मित्र हो, तर पछिल्ला केही वर्षहरूमा अमेरिकाले भारतसँग कम व्यापार गरेको छ किनभने यसको कर धेरै उच्च छ । वास्तवमा, भारतका धेरै नीतिहरूले अमेरिकी कम्पनीहरूलाई व्यापार गर्न कठिनाइहरू सिर्जना गर्छन् । त्यस्तै भारतले अझै पनि आफ्नो अधिकांश हतियार रुसबाट किन्छ । यति…
Read More
राजापुरमा चैते धानलाई प्राथमिकता, बर्दियामा कृषि परियोजनाको संयुक्त अनुगमन

राजापुरमा चैते धानलाई प्राथमिकता, बर्दियामा कृषि परियोजनाको संयुक्त अनुगमन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाई बर्दियाले जिल्लामा सञ्चालित जोन तथा सुपरजोनहरूको प्रगति हेर्न अन्तर निकाय संयुक्त अनुगमन गरेको छ । जिल्ला समन्वय समिति (जिसस), IALDO, जोन समन्वय समिति बर्दिया तथा सञ्चारकर्मीहरूको सहभागितामा अनुगमन टोलीले राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यान्वयन भइरहेका कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको हो । एकाई प्रमुख वीरेन्द्र राज पराजुलीले आर्थिक वर्ष २०८१/०८२ मा धान सुपरजोन अन्तर्गत राजापुर क्षेत्रमा चैते धानलाई विशेष प्राथमिकता दिइएको बताउनुभयाे । उहाँले भन्नुभयो, "नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राजापुर भएकाले चैते धानमा विशेष ध्यान दिएका छौं ।" परियोजनाले जिल्लाका विभिन्न पालिकामा धान, केरा र…
Read More
भारतविरुद्धको जारी टेस्टमा इङ्ल्यान्डले पहिलो इनिंगमा बनायो ३८७ रन, रुटको शतक

भारतविरुद्धको जारी टेस्टमा इङ्ल्यान्डले पहिलो इनिंगमा बनायो ३८७ रन, रुटको शतक

काठमाडौँ । भारत र इङ्ल्यान्डबीच लर्ड्समा जारी तेस्रो टेस्ट म्याचमा इङ्ल्यान्डको पहिलो इनिङ सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेपछि इङ्ल्यान्डले पहिलो इनिंगमा ३८७ रन बनाएर अलआउट भएको छ । इङ्ल्यान्डका लागि ब्याट्सम्यान जो रुटले १९९ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक १०४ रन बनाए । त्यसैगरी भारतका लागि जसप्रित बुमराहले फेरि एक पटक उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । दोस्रो टेस्टमा बुमराहलाई दोस्रो टेस्टमा आराम दिइएको थियो । त्यस्तै मोहमद सिराज र नितिस कुमार रेड्डीले २-२ विकेट लिए भने रविन्द्र जडेजाले एक विकेट लिए  । अब भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ । इङल्याण्ड र…
Read More