गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले ट्राफिक प्रहरीका प्रमुख लगायत कर्मचारीहरूको उपस्थितिमा रोड डिभाइडर र सचेतनामूलक होर्डिङ बोर्डहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले अहोरात्र जनताको सेवामा खटिने ट्राफिक प्रहरीको कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि बजेट र…