Skip to main content

Babai News

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

Advertisement

गुलरिया, असार १ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।
कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले ट्राफिक प्रहरीका प्रमुख लगायत कर्मचारीहरूको उपस्थितिमा रोड डिभाइडर र सचेतनामूलक होर्डिङ बोर्डहरू हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिले सडक सुरक्षा केवल ट्राफिक प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले अहोरात्र जनताको सेवामा खटिने ट्राफिक प्रहरीको कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि बजेट र समयले साथ दिएसम्म यस्ता सहकार्य र सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सामग्री बुझ्दै ट्राफिक प्रहरीका अधिकारीहरूले बैंकको यस सहयोगप्रति आभार प्रकट गर्दै यी सामग्रीहरूले जनस्तरमा ट्राफिक सचेतना बढाउन र सडक दुर्घटना कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय सञ्चारकर्मी तथा बैंक र प्रहरी कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...