होमेन्द्र थापा –

बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सहकारी बिरोधी व्यक्तिले ऋण नतिर्ने र गैर कानुनी हरकत गर्ने व्यक्तिलाई समयमै सुचना दिए कारवाही गर्ने बताउनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बर्दिया द्वारा ६७ औं सहकारी दिवसको अवसरमा सहकारीका असल अभ्यास, चुनौती र बर्तमान समस्या विषयमा अंतरकृया कार्यक्रममा खरेलले उक्त कुरा बताउनु भएको हो । वहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउने एउटा महत्वपुर्ण खम्बा सहकारी रहेको जानकारी गराउदै बर्दियाका सहकारीहरुसंग सहकार्य गर्दै अगाडी बढन सदैव तत्पर रहेको उदघोष गर्नु भएको छ । तपाईहरुलाई कस्तो खालको सुरक्षा चाहिएको हो ? सहकारीलाई सहकार्य गर्न अनुरोध गर्दै सहकारी ब्यवस्थापन गर्नमा सफलता पुगोस भनी शुभकामना समेत दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले सहकारीहरु प्रहरी समक्ष पुग्न नपर्ने गरी कार्य गर्न अनुरोध गर्नुभयो । शान्ति सुरक्षा तथा सिमा अपराध बारे विशेष काम गर्ने प्रहरिलाइ सहकारीको नियमन बारे चासो लिनु पनि ठिक नभएको उहाँको भनाई छ ।
यसै गरी कार्यक्रममा सहकारी बैंक भूरिगाउँका प्रबन्धक किरण खत्रीले सहकारीमा देखिएको असल अभ्यास, चुनौती लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीका थुप्रै ऐन कानुन तथा नियम बनेको भए पनि कागजी प्रक्रिया पूरा गर्ने तर ब्यवहारमा लागू न गरेको बताउनु भयो ।
आईतावार भएको अन्तरक्रिया कार्यक्रममा बर्दियाका राजापुर, ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन, बाँसगढी नगरपालिका र बढैयातालका गाउँपालिकाका सहकारी संघ नगर संञ्जालका अध्यक्षहरुले सहकारीले गरेका असल अभ्यास, समस्या र चुनौतीका बारेमा जानकारी गराउनुु भएको थियो । कार्यक्रमका अवसरमा जिल्लाका विभिन्न पालिकामा कार्यरत ५ जना सहकारीकर्मी एवं कर्मचारीहरुलाई सहकारी मार्फत उल्लेखनीय योगदान गरे बापत पुरस्कृत तथा सम्मान गरिएको थियो ।
जिल्ला सहकारी संघ लिमिटेड बर्दियाका अध्यक्ष नवराज ढुँगानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको प्रमुख आतिथ्यता र प्रहरी उपरीक्षक प्रबिण धितालको बिशेष आतिथ्यतामा भएको अन्तर्कृया कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संजालका प्रतिनिधि, सहकारीकर्मी लगायतको सहभागीता रहेको थियो ।

होमेन्द्र थापा –
Facebook Comments Box