मणि शर्मा 
ग्रीक भाषामा क्रिप्टोको अर्थ हुन्छ लुकेका वा ग्ुूप्त । क्रिप्टो ख्रिष्टानको अर्थ हुन्छ गुप्त ख्रिष्टान । महत्वपूर्ण कुरा यो हो कि क्रिप्टो ख्रिष्टान कुनै गाली वा नकरात्मक शब्द होईन् । क्रिप्टो ख्रिक्ष्टानिटी ख्रिष्टान धर्मको यौटा संस्थागत अभ्यास हो । क्रिप्टो ख्रिष्टानिटीको मुल सिद्धान्त अन्तरगत ख्रिष्टान जुन मुलुकमा अल्पसंख्यक हुन्छन्, उनीहरु त्यहाँ देखाउनका लागि त्यो देशले मान्दै आएको धर्म र पूजाआजा गर्ने गर्छन् । त्यस देशको धर्म संस्कृतिलाई देखाउनका लागि मान्छन् जुुन उनीहरुको छद्म आवरण हो । जस्तै पुष्पकमल दाहाल महाकालेश्वर आदिमा गएर गेरुवा वस्त्र लगाएर पूजा गर्ने, ओली र देउवा बाबुराम मन्दिरहरुमा गएर पूजा गर्ने, रवि लामिछाने वा अन्य नेताहरु मन्दिरमा गएर पूजाआजा गर्ने, टीका लगाउने आदि उनीहरुको छद्म आवरण हो । यिनीहरुले सनातन धर्मको चाडवाडमा सार्वजनिक विदा तथा शुभकामना पनि दिने औपचारिकता पनि पुरा गर्ने गर्छन् । तर भित्रभित्रै हाम्रो धर्म, संस्कृतिलाई समुल नष्ट गर्न लागि रहेका हुन्छन्, हाम्रो मन्दिरहरुको पवित्रता माथी भित्रभित्रै आक्रमण गर्ने गर्छन्, प्राचीन हाम्रा अभिलेखहरु, शिलालेखहरु मेटाउन सहयोग गर्छन, ख्रिष्टान धर्मको प्रचार प्रसारमा भित्रभित्रै सघाउँछन् । यिनीहरु क्रिप्टो ख्रिष्टान हुन । 

मुस्लिमहरुको अवस्था पनि यस्तै छ । जब सम्म उनीहरु अल्पसंख्यकमा हुन्छन् तब सम्म त्यो देशको धर्म संकृतिको सम्मान गर्छन्, मिलेर बस्छन् तर जब उनीहरुको संख्या बढ्छ तब उनीहरु सनातन धर्मावलम्बीहरु प्रति आक्रामक हुन्छन् । लव जेहादको नाममा सनातन धर्मावलम्बी युवतीहरुलाई आफ्नो नाम हिन्दू धर्मसंग मिल्दो राखेर प्रेममा पारी , ललाई फकाई, प्रलोभन दिई विहा गरेर मुस्लिम बनाउँछन् । २०६३ साल पछि बाँडिएको नागरिकतावाट यस्ता असंख्य मुसलमानहरुले नेपाली नागरिकता लिए पछि यहाँ सनातन धर्मावलम्बीहरुको चाडपर्वमा आक्रमण गर्ने र देउताको मुर्तिहरु फूटाउने काम गर्ने गरेका छन् । यस्ता घटनाहरु मधेश प्रदेशमा सीमा नाघेको छ ।


सनातन धर्मावलम्बीहरुको नाममा लुकेका क्रिप्टो ख्रिक्ष्टानहरु हाम्रा देवी देउताहरुको आलोचना गर्ने, ब्राह्मणवादको नयाँ परिभाषा रचेर कथित दलित, जनजाति, आदिवासीहरुलाई भड्काउने गर्ने गर्छन् । जुन काम युरोपमा दुई हजार वर्ष अगाडि भएको थियो त्यो काम उनीहरुले अहिले यहाँ लागु गरी रहेकाछन् । दोश्रो सिद्धान्त हो आत्म बाली । जब मानिस दुःखी हुन्छन् वा कुनै आपदमा परेका हुन्छन् तब तिनीहरु ग्रहणकर्ता बन्छन् अर्थात् अरुको विचार सजिलैसंग ग्रहण गर्छन् जुन ख्रिष्टान धर्मान्तरणको वाटो हो । यसैले उनीहरु यिनीहरुलाई आर्थिक सहयोग गर्छन्, खाने कुराहरु दिन्छन्, अस्पताल बनाएर दीन दुःखी र असहाय र पीडितहरुको सेवा गर्ने गर्छन् । यी सबै काम उनीहरु सेवा भावले न भई धर्मान्तरणका लागि गर्ने गर्छन् । उनीहरुलाई आफ्नो वशमा गर्न लोभी बाहुनहरुलाई प्रलोभनमा पारी पाष्टर बनाएर उच्च जातिका भनाउँदाहरु त ख्रिष्टान बने, तिमीहरु पनि प्रभु यशुको शरणमा आओ भनेर भ्रमित पार्ने गर्छन् । तर मुसलमानहरु बढी आक्रामक तरिकाले धर्मान्तरण गराउन ेगर्छन । उनीहरु शक्तिमा भए पछि । उनीहरुको कुरानले पनि काफिर अर्थात् गैरमुस्लिमहरुलाई इस्लाम धर्म अवलम्बन नगरे काट्न भन्छ ।


क्रिप्टो ख्रिष्टानको यौटा राम्रो उदाहरण जापान हो । सेन्ट जेभियर जसको नाममा काठमाण्डूमा स्कूल ,कलेज पनि छ, उनी सन् १५५० मा धर्मान्तरण गराउन जापान गएका थिए । उनलै कैयौं बुद्धिष्टहरुलाई ख्रिष्टान बनाए । सन् १६४३ मा जापानको राष्ट्र्रवादी राजाको आदेशमा शक्तिशाली शोगुनले ( सेनापति ंं ख्रिष्टान धर्मको प्रचार जापानको सामाजिक एकताका लागि खतरा सम्झे । शोगुनले बलको प्रयोग गरे र र्कयौं चर्चहरुलाई भत्काए, जिसस र मेरीको मुर्तिहरु तोडे, बाईबल समेत ख्रिष्टान धर्मको पुस्तकहरु सार्वजनिकरुपमा जलाए । जति जापानीहरुले ख्रिष्टान धर्म अवलम्बन गरेका थिए उनीहरुलाई प्रताडित गरे, उनीहरुलाई बलपूर्वक बौद्ध धर्ममा फिर्ता गराए । जसले बौद्ध धर्ममा फर्किन मानेनन् तिनीहरुको शिर काटियो । कैयौं ख्रिष्टानहरुले बौद्ध धर्ममा फर्केको नाटक गरे तर भित्रभित्रै उनीहरु क्रिप्टो ख्रिष्टान बनी रहे । जसरि हाम्रा धर्मनिरपेक्ष गणतंत्रवादी नेताहरु भोट न पाउने डरले क्रिप्टो ख्रिष्टान बनी रहेकाछन् । जापानमा यिनी क्रिप्टो ख्रिटानहरुलाई काकुरे ख्रिष्टान भनिन्थ्यो । काकुरे ख्रिष्टानहरुले ज्यानको डरले ख्रिष्टान धर्म संबन्धी पुस्तकहरु राख्न बन्द गरी दिए । जिसस र मेरीको पूजा गर्न उनीहरुले यस्ता भजन बनाए जुन बौद्ध मंत्र लाग्थ्यो तर यसमा बाइबलको कुराहरु हुन्थ्यो । यो प्रार्थना क्रिप्टो ख्रिष्टानहरुले यौटा पिढी देखि अर्को पीढि सम्म श्रुतिको आधारमा अगाडि बढाए । जसरि नेपालका ख्रिष्टानहरुले सनातन धर्मावलम्बीहरुको भजनलाई बाइबलको भजन बनाई सनातन धर्मावलम्बीहरुलाई अहिले झुक्काई रहेकाछन् । हाम्रो भजनहरुको एल्बममा वेला वेलामा यशुको महिमाको प्रचार गर्दैछन् । जापानमा उनीहरुले जिसस र मेरीको मुर्तिहरु बुद्धको जस्तै बनाएर बुद्धिष्टहरुलाई झुक्काउने काम गरेका थिए । सन् १५५० देखि चार सय वर्ष सम्म काकुरे ख्रिष्टान बुद्ध धर्मको छद्मावरणमा बसे । बीसैौं शताब्दीमा जब जापानले औद्योगिक क्रान्ति गर्यो तक धार्मिक कट्टरता जापानवाट हट्यो र यस पछि ती काकुरे ख्रिष्टानहरु आफ्नो छद्म भेष फालेर खुलेर ख्रिष्टानको रुपमा बाहिर आए । ख्रिष्टानको हिंसा हरियो घाँसमा हरियो सर्प जस्तो हो । सेन्ट जेभियर्स पर्चुगलवाट जब गोवा आए तब उनले सुस्तरि ख्रिष्टान धर्म फैलाउन थाले र पछि सनातन धर्मावलम्बीहरु प्रति आक्रामक भए । त्यस पछि साढे दुई सय वर्ष सम्म पर्चुगिजहरुले त्यहाँका वैदिक सनातन धर्मावलम्बीहरु जो ख्रिष्टान हुन मानेनन् माथी रक्तरञ्जित दमन र हत्या गरे । सनातन धर्मावलम्बीहरुको धर्मग्रन्थहरु माथी आगोको होली खेले जो अति दारुण भयावह थियो । तर हाम्रो काठमाण्डूमा उनको नाममा कलेज छ र हामी हाम्रा सन्तानलाई त्यहाँ पढाउन पाउँदा गौराम्वित ठान्दछौं ।
क्रिप्टो ख्रिष्टानको सबैभन्दा पहिलो उदाहरण रोमन साम्राज्यमा पाइन्छ, जब ख्रिष्टानहरुले पहिलो चरणमा रोममा खुट्टा टेकेका थिए । तत्कालीन महान सम्राट ट्रेजनले ख्रिष्टानहरु रोमन संस्कृतिको लागि खतरा देखे । उनले जति रोमन ख्रिष्टान बनेका थिए उनीहरुलाई प्रस्ताव राखे कि त ख्रिष्टान धर्मलाई त्याग वा कि त मृत्युदण्ड भोग । रोमन ख्रिष्टानहरुले ज्यान जोगाउन देवी देउताको पूजा गर्न थाले तर उनीहरु भित्रभित्रै छद्म ख्रिष्टान बनी रहे र मौका पाउना साथ यसको प्रतिशोध लिए । पृथ्वीनारायण शाहले नेपालवाट क्यापुचिन पादरीहरु देश निकाला गरे पछि नेपालसंग ख्रिष्टानहरु प्रतिशोध लिन ताक लगाएर बसेका थिए । सवा दुई सय वर्ष पछि क्रिप्टो ख्रिष्टान पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई उनीहरुले ट्र्जन हर्स बनाएर प्रयोग गरे जसलाई नेपालका मुख्य दलहरुले साथ दिए । उनीहरुले यो बिर्से कि जुन मुलुकमा ख्रिष्टान पस्छन त्यस देशको धर्म , सभ्यता र संस्कृति समुल नष्ट गरी दिन्छन् , अहिले नेपालमा त्यही सिलसिला चली रहेको छ । मुसलमानहरुले इरान र त्यसको वरिपरि फैलिएको फारस सभ्यतालाई ध्वस्त पारी फारसीहरुलाइ कि त मुसलमान हुन वाध्य गरे , मुसलमान हुन न मान्नेहरुको ज्यान लिए र कतिपय फारसी आफ्नो धर्म ,संस्कृति बचाउन इरानवाट भागेर धेरै जसो इण्डिया र बाँकी अन्यत्र भागे । कुनै वेला टर्कीसम्म फैलिएको विशाल फारस साम्राज्य मात्र पतन भएन यसको धर्म ,संस्कृति र सभ्यताको पनि पतन भयो । अहिले विश्वभरिमा जम्मा एक लाख फारसी छन् । त्यस्तै विश्वभरि छरिएर रहेको वैदिक सभ्यतालाई नष्ट गरे, अहिले नेपाल र इण्डियामा मात्र बचेको छ । मिश्र सभ्यता , युनानी सभ्यता, रोमन सभ्यता, माया सभ्यता ,इन्का सभ्यता आदि सभ्यतालाई समुल नष्ट गरे ।
क्रिप्टो ख्रिष्टान कति सम्म खतरनाक हुन्छन् सन् २००९ मा रिलीज भएको हलिउड मुभी अगोरा हेरे थाहा हुन्छ । फिल्ममा थोरै काल्पनिकता र थोरै इतिहासलाई लुकाउने काम भए तापनि फिल्म हेर्नु पर्ने छ । फिल्मको त्रिकोणात्मक प्रेम कहानी काल्पनिक हो । ३९१ सन्मा अलेक्जेन्ड्र्यिा ( मिश्र ) रोमन साम्राज्यको यौटा हिस्सा थियो । युनानी दार्शनिक हाइपेसिया प्लेटोनिक स्कूलमा शिक्षिका थिईन् । उनी त्यहाँको विशाल पुस्तकालय तथा संग्राहलयको निर्देशक थियोनको छोरी थिईन् । हाइपेसिया उनको पिताको दास जेभस र उनको दुई शिष्य ओरुेस्टस र सिनेसियस , परवर्तित राजनीतिक र सामाजिक परिदृष्यहरुमा डुबेका थिए ।ओरेस्टसले उनीसंग आफ्नो प्रेम निवेदन गर्दा उनले अस्वीकार गर्छिन र डेभिस उनलाई मनमनै माया गर्थे । ख्रिष्टान पादरीले विभिन्न चटक देखाएर जनतालाई ख्रिष्टान बनाई रहेका थिए र मुर्तिपूजक पेगनहरु र उनीहरुको देवी देउताहरुको अपमान गर्दथे । उनीहरु चरम सीमामा पुगे पछि पेगनहरुले उनीहरु माथी आक्रमण गर्छन् । बाहिररुपमा हेर्दा पेगनको संख्या अत्याधिक थियो तर भित्री रुपमा उनीहरु ख्रिष्टान भई सकेका थिए अर्थात् क्रिप्टो ख्रिष्टान । आक्रमण भए पछि क्रिप्टो ख्रिष्टानहरु असंख्य संख्यामा पेगनहरु माथी आक्रमण गर्छन् र संग्राहलयको निर्देशकलाई घाइते पार्छन् , जसकारण उनको मृत्यु हुन्छ । पेगन र ख्रिष्टानहरु बीच वेला वेलामा यस्तो लडाई भई रहन्छ । उता हाइपेसिया दुबै समुदाय प्रति समान भाव राख्दै पढाई रहेकी हुन्छिन् र आफ्नो गणित र विज्ञानको प्रयोगमा लागि रहन्छिन् , उनले गुरुत्वाकर्षणको वारेमा विभिन्न प्रयोग गरी खोज गरी रहेकी हुन्छिन् भने पृथी र अन्य ग्रशहरु सूर्यको चारैतिर परिक्रमा गर्छ भन्ने खोज गरेर त्यसको प्रचार गर्छिन् । तर ख्रिष्टानहरुले पृथ्वी चेप्टो छ , सूर्य लगायत अन्य ग्रहहरु पृथ्वीको परिक्रमा गर्छन भनेर हाइपेसियालाई आफ्नो भनाई फिर्ता लिन दबाब र धम्की दिई रहेका हुन्छन् । उनीहरु माझ चर्को लडाई भई रहेकोले रोमन सम्राटले आफ्नो दूत पठाएर घोषणा गर्छन् कि मुर्तिपूजकहरुलाई माफी दिइएको छ र पुस्तकालयमा ख्रिष्टानहरुलाई कब्जा गर्न आदेश दिन्छन् । ख्रिष्टानहरुले पुस्तकालयमा आक्रमण गर्नु पूर्व हाइपेसियाले आफ्नो दास र अन्य साथीहरुको मद्दतले महत्वपूर्ण पुस्तकहरु आफूसंग लिएर जान्छिन् । ख्रिष्टानहरु हजारौं वर्ष पुराना हज्जारौं हस्तलिखित पुस्तकहरु च्यातने , फाल्ने र तहस नहस गर्ने गर्छन र पुस्तकालयमा कब्जा जमाउँछन् , पेगनहरुको देवी देउताहरुको मुर्तिहरु ढालेर फोड्छन् । हाइपेसिया आफ्नो खोजमा व्यस्त रहन्छिन् । जब हाइपेसियाले पृथ्वी सूर्यको वरिपरी यौटा अण्डाकार कक्षमा परिक्रमा गर्छ भनेर घोषणा गरे पछि ख्रिष्टानहरु उनको विरोध गर्दै हिंस्रक हुन्छन् । उनलाई आफ्नो भनाई फिर्ता लिंदै ख्रिष्टान बन्न दबाब दिन्छन् तर हाइपेसियाले मान्दिनन् । ख्रिष्टानहरुले हाइपेसियालाई सर्वाङ्ग नाङ्गो पार्दे घिसार्दै पेगनको मन्दिरमा ल्याउँछन्् र तलवारले काट्न चाहन्छन् तर त्यहाँ कसैसंग तलवार हुँदैन , अनि उनलाई ढुङ्गै ढुङ्गाले हिकाएर मार्ने फैसला गर्छन । सबै ढुङ्गा लिन बाहिर गएको वेला पूर्व दास युवक डेभसले उनको सजिलो मृत्यु होस भनेर उनको घाँटी थिचेर साँस अवरुद्ध गर्दै मार्छन र ख्रिष्टानहरु आए पछि उनी बेहोस भएको भन्छन् । जबकि उनी पनि ख्रिष्टान भई सकेका थिए । ख्रिष्टानहरुले हाइपेसियालाई ढुङ्गै ढुङ्गाले हिर्काउंछन् र पछि उनी मरी सकी भनेर जान्छन्, फिल्म सकिन्छ । तर वास्तविक जीवनमा उनको साँस अवरुद्ध गराएर मारे पछि ढुङ्गाहरुले हानेको न भई उनलाई ढुङ्गै ढुङ्गाले हानेर मारिएको हुन्छ । उनी मरे पछि उनको आँखाको नानी झिकिन्छ र अङ्ग प्रत्यङ्ग टुक्रा टुक्रा पारी काटेर अलेक्जेन्ड्र्यिा बाहिर फालिएको हुन्छ । अहिले अलेक्जेन्ड्र्यिामा त्यो पुस्तकालयको भग्नावशेष मात्र बाँकी छ । इतिहासकारहरुको अनुसार हाइपेसिया आजीवन कुँमारी थिईन् । उनलाई एकजना युवकले प्रेम पस्ताव राख्दा उनले वीणा बजाएर उनको वासनालाई शान्त पारी दिएकी थिईन् र तैपनि ती युवक उनको पछ िलागेर आउँदा उनले उनको प्रेम प्रस्ताव अस्वीकार गर्दै आफू पर सरेको रगतको टालो उनलाई देखाउँदै भनेकी थिइन् र्, यो त्यही हो ,जसलाई तिमीले माया गर्छौ । मेरो युवा मानिस १ तर तिमीले सौन्दर्यलाई केवल त्यसको लागि माया गर्दैनौ र्। युवक चूप लागेर जान्छ र्।


यस्तै तुर्की शासक बख्तियार खिलजीले नालन्दा विश्वविद्याँलय माथी सन् ११९९ मा आक्रमण गरी हज्जारो वर्ष पुराना त्यहाँको पुस्तकालयमा रहेका हज्जारौं हजार पुस्तकहरु जलाृउँछन् र विद्याँर्थी तथा गुरुहरुको हत्या गर्छन् । वि.सं. १४०६ मा बंगालका नवाब समसुद्दिन इलियासले काठमाण्डू उपत्यकामा आक्रमण गर्दा धेरै मििनसहरु हताहत भए । उनले उपत्यकाको मठ मन्दिर ,चैत्य , पशुपतिनाथको मन्दिर आदि तोडफोड गरे र भत्काए । विधर्मीहरु कदापि सनातन धर्मालम्बीहरुको मित्र हुन सक्दैनन् ।े देखिने ख्रिष्टानहरु भन्दा पनि क्रिप्टो ख्रिष्टानहरु जो हाम्रो शासन सत्तामा भई राख्छन् तिनीहरु हाम्रो धर्म ,संस्कृति र सभ्यताको लागि हरियो घाँसमा लुकेको विषालु हरियो सर्प भन्दा पनि खतरनाक छन् ।

Facebook Comments Box