Babai News

स्वास्थ्य

सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गरेका थिए । उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति…
Read More
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई शुरुवात

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर बिरामी बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एकाइ उद्घाटन गरे । बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेका मन्त्री पौडेलले अस्पतालमा उनीहरुका लागि बेग्लै आइसीयु वार्ड स्थापना गर्न भनेका थिए । सोही अनुसार वैशाख महिनाभित्र वार्ड सञ्चालनमा ल्याउने गरी अस्पतालले थालेको तयारी पूरा भए पछि सेवा शुरु भएको हो । सेवा शुरुवात गर्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमूना बनाउँदै विदेश उपचारका लागि जाने संख्या घटाइने लक्ष्य राखिएको बताए । 'अहिले पनि भारतमा विभिन्न उपचारका लागि जानेको संख्या उच्च…
Read More
आइसीयुबाट बाहिर आए इन्डियन आइडल विजेता गायक पवनदीप

आइसीयुबाट बाहिर आए इन्डियन आइडल विजेता गायक पवनदीप

काठमाडौँ । कार दुर्घटनामा इन्डियन आइडल सिजन १२ का बिजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार भएको छ । उनका साथीले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिदै पवनदीप हाल आइसीयुबाट बाहिर आएको जानकारी दिएका हुन् ।मे ५ मा भएको कार दुर्घटनामा पवनदीपलाई धेरै गम्भीर चोटपटक लागेको र हात र खुट्टा भाँचिएको थियो । जसमध्ये केही फ्र्याक्चरको शल्यक्रिया गरिएको छ, जबकि बाँकी चोटपटकको उपचार आगामी केही दिनमा गरिने उल्लेख बताइएको थियो । रिपोर्टका अनुसार पवनदीप चढेको कार चम्पावतबाट दिल्ली आउँदैगर्दा उत्तरप्रदेशको अमरोहामा दुर्घटनामा परेको हो । राजमार्गमा रोकिएको क्यान्टरमा पछाडिबाट कार ठोक्किएको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ ।अहिले उनको नोयडास्थित फोर्टिस अस्पतालमा उपचार…
Read More
महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना

महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ । ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ, उनले भने, यसमा हाम्रो सहयोगी भूमिका रहनेछ ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे ।मन्त्री पौडेलले नेपालमा परीक्षण सम्भव नभएका क्यान्सरका जटिल परीक्षणका लागि प्रयोगशालामा गर्ने व्यवस्था मिलाएका…
Read More
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना

विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना

काठमाडौँ । अस्पतालबाट उत्पादन भएको हानीकारक फोहर निर्मलीकरण नगरी  सामान्य फोहरमा मिसाउने, अस्पताल परिसरमा दुर्गन्ध हुञ्जेल फोहर राख्ने जस्ता लापर्वाही गरेपछि काठमाडौँ महानगरपालिकाले बसुन्धरामा रहेको वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर ५० हजार रुपैयाँ जरिवाना गरेको छ । स्थानीयले महानगरपालिकाको कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकोले नियन्त्रण गर्न अनुरोध गरेका थिए । स्थानीयको गुनासोपछि महानगरको वातावारण विभागका वरिष्ट अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभाग र महानगर प्रहरी वलका प्रतिनिधिसहित अनुगमन गरिएको थियो । अनुगमनमा फोहर व्यवस्थापनको अभ्यास हेर्ने क्रममा अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको थियो ।…
Read More
स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ ।स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालै स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ…
Read More
चिकित्सकले स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

चिकित्सकले स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापन पत्र

बाँके। लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट)चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरूले मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सकहरूले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरू तत्काल सम्बोधन गरिने विश्वास दिलाए । उनले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताए ।
Read More
नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

नेपाली सेनाले म्यानमारमा भूकम्प पीडितलाई उद्धार गर्न मेडिकल क्याम्प स्थापना गर्‍यो।

बाँके। म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित घाइतेहरूको उद्धार गर्न नेपाली सेनाले म्यानमारको मन्डले क्षेत्रस्थित यामेथिन शहरमा एक विशेष मेडिकल क्याम्प स्थापना गरेको छ। शुक्रवारबाट सञ्चालनमा आएको यो क्याम्पमा नेपाली सेना अहिले भूकम्प प्रभावित व्यक्तिहरूलाई तत्कालीन स्वास्थ्य उपचार र आवश्यक चिकित्सकीय सेवा प्रदान गर्दै छ। नेपाल सरकारको पहलमा, २२ सदस्यीय नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको हो। यस टोलीमा दक्ष सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरूको समावेश छ। टोलीसँग आवश्यक औषधि, मेडिकल उपकरण र चिकित्सकीय सामग्री पनि पठाइएको छ, जसले भूकम्पका पीडितहरूको उपचार र उद्धार प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यो क्याम्प नेपाली सेनाको कूटनीतिक र मानवीय सहयोगको प्रतीक…
Read More
काठमाडौँ उपत्यका विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम बढ्दै।

काठमाडौँ उपत्यका विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम बढ्दै।

  बाँके। काठमाडौँ उपत्यकामा वायु प्रदूषण अझै खतरनाक स्तरमा पुगेर स्वास्थ्यका लागि गम्भीर जोखिम निम्त्याइरहेको छ। ताजा तथ्यांकअनुसार, अप्रिल ४, २०२५ बिहान ९:३२ बजेको 'एयर क्वालिटी इन्डेक्स' (एक्यूआई) मापनमा काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको रूपमा देखिएको छ। भारतको राजधानी दिल्ली पहिलो स्थानमा रहेको छ, र चीनको बेइजिङ तेस्रो स्थानमा छ। आईक्यूएयरको विश्व एक्यूआई र्‍याङ्किङअनुसार, दिल्लीको एक्यूआई ३ सय ९ पुगेको छ भने काठमाडौँको एक्यूआई २ सय ५० रहेको छ। बेइजिङको एक्यूआई १ सय ६१ रहेको छ। यसअघि, काठमाडौँ पहिलो स्थानमा रहेको थियो, तर अब दिल्लीले उछिनेको छ। यद्यपि, काठमाडौँको २ सय ५० एक्यूआई अझै पनि 'अति अस्वस्थ' को श्रेणीमा पर्छ।…
Read More
नर्मल डेलिभरीबाट जन्मियो जुम्ल्याहा सन्तानको।

नर्मल डेलिभरीबाट जन्मियो जुम्ल्याहा सन्तानको।

झापा। झापाको गौरिगन्ज आधारभूत अस्पतालले नर्मल डेलिभरी मार्फत जुम्ल्याहा बच्चाको सफल जन्म गराएको छ। अस्पतालका प्रसुती वार्डमा कार्यरत रिता कार्की र एलिजा भुजेलको कड़ी मेहनतमा शुक्रबार गौरिगन्ज वडा नम्बर २ निवासी हेमरम थरकी महिलाले पहिलो पटक नर्मल डेलिभरी मार्फत एक छोरा र एक छोरीको जन्म दिइन्। छोरा १ किलो ५ सय ग्राम र छोरी १ किलो ग्रामको स्वस्थ वजनमा जन्मेका छन्। चिकित्सक र नर्सिङ कर्मचारीले दुवै बच्चा र आमा स्वस्थ रहेको जानकारी दिएका छन्। अस्पतालका कर्मचारी अनुप शर्माले सफल डेलिभरीका लागि प्रसुती वार्डका समर्पित कर्मचारीको प्रयासलाई सराहना गरेका छन्।
Read More