होमेन्द्र थापा, बर्दिया
चैत १६ गते
बर्दिया, २०६२ ÷०६३ को जनआन्दोलनमा सहादत प्राप्त गर्नु भएका यमलाल लामिछानेको सालिक सिलान्यास गरिएको छ । बर्दियाको सदरमुकाम गुलरियामा भएको जनआन्दोलनमा शहिद भएका लामिछानेको १७ बर्ष पछि सालिक सिलान्यास गरिएको हो ।
शहिद यमलाल लामिछाने स्मृति प्रतिस्ठान बर्दियाले आज आयोजना गरेको कार्यक्रममा पुर्व मन्त्री तथा संघीय सांसद संजय कुमार गौतमले विधिगत रुपमा सालिकको सिलान्यास गर्नु भएको हो । कार्यक्रममा बोल्दै सांसद गौतमले सबै पार्टीका नेतृत्वहरुलाई यर्थाथमा गएर सोच्न सुझाव दिनु भएको छ । २०६२ ÷०६३ को जनआन्दोलन ७ दलको संयुक्त भएको र आफु पनि नेतृत्वमा रहेको कुरा जनाउनु भएको छ । वहाँले शहिद भन्दा ठुलो कोही नभएको भन्दै आज मन्त्री, सांसद, मेयर, उपमेयर बन्नु शहिदकै योगदान रहेको बताउनु भयो । सांसद गौतमले लामिछानेको सालिक सिलान्यास मात्र नभएर पछि सम्म पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै बर्दिया जिल्लामा धेरै विकासको सम्भावनाहरु रहेको भन्दै सबै मिलेर गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । भने संघीय सांसद गिता बस्नेतले शुभकामनाको क्रममा आफुले क्षमता र विवेकले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
२०६२÷०६३ को जनआन्दोलनमा देशैभरी २४ जनाले सहादत प्राप्त गरेको जस मध्ये बर्दियाका यमलाल लामिछाने रहेको शहिद यमलाल लामिछाने स्मृति प्रतिस्ठान बर्दियाका अध्यक्ष भुमिराज लामिछानेको भनाई छ । वहाँले गुलरियाको राधाकृष्ण चोक देखी तत्कालिन जिल्ला समन्वय समितिको कार्यालय जनआन्दोलन जाने क्रममा तन्कालिन सुरक्षाकर्मीको गोली लागि लामिछानेले सहादत प्राप्त गरेको बताउनु भयो । लामिछानेको शवलाई यसै चोकमा राखी त्यतीबेलादेखी शहिद यमलाल चोक नामकरण गरिएको अध्यक्ष लामिछानेले बताउनु भयो ।
शहिद यमलाल लामिछाने स्मृति प्रतिस्ठान बर्दियाका अध्यक्ष भुमिराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्री तथा संघीय सांसद संजय कुमार गौतम, संघीय सांसद गिता बस्नेत, पुर्व सांसद लिला राना, नेपाल कम्युनिष्ट पार्टी समाजवादी बर्दियाका जिल्ला अध्यक्ष प्रेम पोखे्रल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव सालिकराम अधिकारी, नेपाली काँग्रेश जिल्ला समिति बर्दियाका प्रतिनिधि तथा गुलरिया नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सुधाँशु प्रकाश शर्माले सिलान्यास कार्यक्रमको शुभकामना मनतव्य राख्नु भएको थियो । भने अन्य अतिथिहरुमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत विमल गुरुङ्ग, गुलरिया नगरपालिका वडा न. २ का वडा अध्यक्ष टंक अधिकारी, वडा न. ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल लगायत बुद्धिजिवि, तथा समाज सेवीहरुको पनि सहभागीता रहेको थियो ।

Facebook Comments Box