बारबर्दिया, चैत २३ गते
बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ ले वडाले प्रदान गरिने सेवालाई प्रभावकारी, सर्वसुलव र छितोछरीटो बनाउनका लागि मोबाईल वडा एप संचालनमा ल्याएको छ । बिहीबार वडा मोबाईल एप्सको उद्घाटन कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएको हो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले सुशासन र पारदर्शितामा सहयोग पुर्याउने बताउनु भएको छ । सेवा प्रवाह र वडा तथा पालिका स्तरमा संचालन हुने गतिविधिलाई जनता समक्ष पुर्याउने र जनताका गुनासो, सल्लाह सुझाव, आलोचना र आपतकालिन विपत्तीका बेलामा यो एपले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । प्रविधिको जवानामा प्रविधिमैत्री पालिका बनाउने अहिलेको आवश्यकता भईसकेको र सबै जनतालाई एपमा जोड्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडाबासीहरुलाई एपमा जोडिन आग्रह गर्नु भएको छ । एप भित्र वडाका सम्पुर्ण गतिविधि, सुचना, आवश्यक जानकारी प्राप्त गर्न सकिने भएकोले एपमा जोडिन आश्यक रहेको बताउनु भएको छ । उद्घाटन कार्यक्रममा बेल्ने बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउने बिश्वास ब्यक्त गर्दै सफलताको सुभकामना दिनु भएको छ ।

एप भित्र वडाको परिचय, सुचना तथा जानकारी, वडामा कार्यरत संघसस्थाको अवस्था तथा क्रियाकलाप, गुनासो तथा सुझाब, पञ्जीकरण, फोटोहरु, महत्वपुर्ण सम्पर्क नम्बरहरु राखिएको छ । एपको आवश्यकता र महत्वको बिषयमा एप निर्माण भेन्युजन इन्फोटेक प्रालीका अध्यक्ष मोहन खत्रीले जानकारी गराउदै स्थानीय सरकारसँग बासिन्दाहरूको अन्तरक्रियालाई सरल बनाउन वडा एप निर्माण गरिएको छ । यसले अनुमतिका लागि सहजै आवेदन दिने जस्ता सेवाहरू प्रदान गर्दछ, साथै समाचार, घटनाहरू र नीतिहरूको जानकारी पनि प्रदान गर्दछ । एपले सर्वेक्षणमा प्रतिक्रिया र सहभागितालाई अनुमति दिएर नागरिक संलग्नतालाई प्रोत्साहित गर्ने बताउनु भएको छ । यसले समस्या रिपोर्टिङ र छिटो समस्या समाधानको लागि ट्र्याकिङ गर्न मद्दत गर्दछ । आपतकालीन अलर्टहरू, स्थानीय व्यापार प्रवद्र्धन, र डेटा विश्लेषणले यसको उपयोगितालाई अझ बढाउँछ, पारदर्शिता, दक्षता, र वडा भित्र समुदायको भावना बढाउने जानकारी गराउनु भएको छ ।
कार्यक्रममा सहभागिहरुले जानकारी लिन सहज हुने बताउनु भएको छ ।

Facebook Comments Box