होमेन्द्र थापा
बर्दिया प्रहरीले बिशेष सुचनाको आधारमा लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी गस्ति टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले महिलालाई पक्राउ गरेको हो ।
सोमवार अन्दाजी ११.३० बजे नेपालबाट भारत तर्फ जाँदै गरेकी निज महिलालाई शंका मानी चेकजाँच गर्ने क्रममा लागु औषध सहित पक्राउ परेको हो । पक्राउ पर्नेमा जिल्ला दाङ्ग लमही नगरपालिका वडा न. ११ की अन्दाजी ५२ बर्षकी आशा राई रहेकी छिन् ।
राईको हाते झोला भित्रबाट खैरो रङ्गको प्लाष्टिक टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा ५ किलो ९ सय २५ ग्राम चरेस (लागु औषध) जस्तो देखिने पदार्थ भेटिएको थियो । प्रहरीले निज महिलालाई रित पुर्वक नियन्त्रणमा लिई ईलाका प्रहरी मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरिक्षक तुल्सिराम अर्यालले जानकारी दिनु भएको छ ।
बर्दिया जिल्लाको ४ वटा पालिकाको करिब ८३ किलो मिटर भारतको सिमा संग जोएिको खुल्ला सिमा भएकोले लागु औषध कारोवार लगाएत विभिन्न अपराधिक तथा गैर कानुनी क्रियाकलापहरु बढदै गईरहेको छ ।

Facebook Comments Box