काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज मसिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०२ कम्पनीका ५६ हजार ३ सय २१ पटकको कारोबारमा ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सय ०७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३४ अंकले घटेर ३५५ दशमलव ४२ को विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार हुनेमा ट्रेडिङ कम्पनीहरू रहेका छन् ।

Facebook Comments Box