होमेन्द्र थापा, बर्दिया
चैत्र २४ गते
बर्दियामा मानव वेचविखन तथा ओसार पसार विरुद्धको जनचेतना मुलक ¥याली गरिएको छ । माईती नेपालको ३२ औं वार्षिकत्सवको अवसरपारी आज बर्दियाको गुलरियामा जनचेतना मुलक ¥याली गरिएको हो ।
माइती नेपालको आयोजनामा डाउन टु जिरो र फ्रि गर्लको सहयोगमा गुलरियाको जिल्ला प्रहरी कार्यालय नजिक गणेशमान चोकामा सहभागीहरु भेलाभई व्यानर, प्लेकार्ड सहित जनचेतना मुलक नाराहरु लगाउदै नगर परिक्रम गरीएको हो । गुलरियाको गणेशमान चोकबाट सुरु गरिएको ¥याली भन्सार रोड, शान्तिटोल, जिल्ला प्रहरी कार्यालय हुँदै पुन. गणेशमान चोकमा आई कोणसभा गरिएको थियो ।
कोणसभामै माइती नेपाल, गुलरिया बर्दियाका संयोजक गायत्री रिमालले माइती नेपालले नेपाल सरकारलाई सघाउदै आईरहेको कुरा बताउनु भयो । वहाँले माइती नेपाल २०४९ साल चैत २४ गते स्थापना भएको जानकारी गराउदै माइती नेपालले स्थापना भएदेखी नै चेलीबेटी तथा मानव वेचविखन रोकथाम, उद्धार र पुर्नस्थापना गर्दैआईरहेको बताउनु भयो ।
गुलरिया नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले गुलरिया नगरपालिका नेपाल भारतको सुल्ला सिमासंग जोडिएको र मानव वेचविखनको उच्च जोखिम क्षेत्र भइको हुँदा रोकथामको लागि विभिन्न कार्यक्रमहरु गर्दैआईरहेको बताउनु भयो । शाहाले यो समस्यालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा सबैको ध्यान जान जरुरी रहेको भन्दै सबैले सहयोग र हातेमालो गर्न अनुरोध गर्नु भयो ।
यसै गरी समाजसेवी ईन्दिरा सुबेदीले मानव वेचविखन रोकथामका लागि सबैभन्दा पहिला शिक्षा र ज्ञानको ज्योति फैलाउनु पर्ने, सिमा सुरक्षामा कडा निगरानी गर्नु पर्ने, गाउँघरमा सामाजिक चेतनाका क्रियाकलापहरु गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
जनचेतना ¥याली कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधाकृष्णा भजन तथा संगित मण्डलीका पदाधिकारीहरु लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रनिनिधिहरुको समेत सहभागीता रहेको थियो । माईती नेपालले बर्दियामा पनि बिगत लामो समय देखी महिला तथा बालबालिका माथी हुने सबै खालको हिंसाको बिरुद्धमा काम गर्दैआईरहेको छ । त्यस मध्ये पनि मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा काम गर्दैआउने क्रममा बर्दियाको बढैयाताल गाउँपालिकाको बलईगाउँ नाका, गुलरियाको सुरजपुर नाका र मधुवनको शक्तिपुर नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरेर परामर्श दिदै र बेचबिखनमा लाने गरेका व्यक्तिहरुलाई उद्धार गर्दैआईरहेको छ ।

Facebook Comments Box