काठमाण्डौ चैत २७ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका छन् । अङ्क तालिकामा हैदराबाद पाँचौँ र पञ्जाब छैठौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किंङ्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हरायो । जितसँगै चेन्नईको ५ खेलमा ६ अङ्क भएको छ । चेन्नई तालिकाको चौथो स्थानमा छ ।
चौथो खेलमा पहिलो हार बेहोरेको कोलकात्ता ६ अङ्कका साथ दोस्रो स्थानमा छ ।

Facebook Comments Box