बारबर्दिया, चैत २७ गते

बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नम्बर १ लाई बाल विवाह अन्त्य गर्ने अभियान शुरु भएको छ । वडा नम्बर १ को वडा कार्यालयमा सोमबार गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागिहरुले बाल विवाह अन्त्यका लागि आ आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्नु पर्ने बताएको हो ।
वडा स्तरीय सर्वपक्षीय रुपमा भएको छलफलमा सहभागी वडा, टोल तथा सहायक बरघर, स्थानीय समाजसेवी, बुद्धिजीवि जनप्रतिनिधि धार्मिक अगुवा तथा चौकिदारहरुको सहभागिता रहेको थियो । बाल विवाहबाट पर्ने असर, बाल विवाह हुनुका कारण, बाल विवाहको सन्र्दभमा समुदायको अवस्था बिश्लेषण गरिएको छ । सहसहभागिहरुले टोलमा हुने विवाह भएका वडा तथा सम्बन्धीत निकायलाई जानकारी गराउने, बाल विवाह अन्त्यका लागि बरघर, चौकीदार, धार्मिक अगुवा, स्थानीय गन्यमान्नेहरु र स्थानीय जनप्रतिनिधिहरुको भूमिकाको बिषयमा छलफल पनि छलफल गरिएको छ ।
समुदायमा बाल विवाह सम्बन्धी सेचतना फैलाउने, बाल विवाहलाई सामाजिक बहिस्कार गर्नु पर्ने, कानुनी सचेतनाको बारेमा जानकारी गराउनु पर्ने बिषयमा छलफल गरिएको छ । वडा नम्बर १का वडा अध्यक्ष कैलाशपति थारुले बाल विवाहले समुदायमा गरीबि, सम्बन्धबिछेद, शिक्षा, स्वास्थ्य लगाएतका कुरामा समस्या ल्याउने भएकोले हामीले यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भएको छ । सबैले आ आफ्नो पक्ष र क्षेत्रबाट बाल विवाह अन्त्यका लागि एकजुट भयौँ भने आगामी आर्थिक बर्ष २०८१/२०८२मा नै बाल विवाह गर्न सकिने बताउनु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दियाको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्तरगत वडा नम्बर १ मा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिहरुले आफ्नो तर्फबाट बाल विवाह अन्त्यका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित बालिका सशक्त परियोजनाकी सुपरभाईजर बिनिता चौधरीले जानकारी गराउनु भएको छ ।

Facebook Comments Box