काठमाडौं चैत ३० । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को आयोजनामा आगामी बैशाख ४ गतेदेखि ६ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।

७७३ वटा स्थानीय तहबाट छनोट गरिएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । राखेपले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणको बारेमा जानकारी दिएको हो । सात प्रदेशबाट १८ वर्ष मुनिका ६ सय ८६ खेलाडीले यस पटक चुनौति प्रस्तुत गर्न लागेका हुन् ।

यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदै छ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुने छन् । एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६र६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिष्पर्धा हुने छन् । यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

Facebook Comments Box