होमेन्द्र थापा, बर्दिया
बैशाख ९ गते
बर्दिया भएर बग्ने बबई नदीको विभिन्न घाटमा अस्थायी (बाँस र काठबाट बनेको) पुलबाट वारपार गर्दा यात्रीहरुले शुल्क तिर्दैआएका छन् । बारबर्दिया नगरपालिका वडा न.१ स्थित चन्दनपुर घाट, वडा न.२ स्थित कुम्र घाट, वडा न.५ स्थित बैरिया घाट र वडा न.११ स्थित जब्दी घाटमा पुलबाट वारपार गर्ने यात्रीले शुल्क तिर्नु परेको हो । यसरी पुलबाट वारपार गरे वापत पटकै पिच्छे शुल्क तिर्नु पर्ने हुदा व्यापार व्यावसाय वा मजदुरी गर्ने व्यक्तिको आर्थिक भार थप बढेको छ ।
दाङ्ग र सल्यान जिल्ला हुँदै आएको बबई नदीले बर्दियाको ५ वटा पालिकालाई छोएर भारत प्रवेश गरेको छ । बर्दिया भएर बग्ने बबई नदीको घाटहरुमा पक्की पुल, झोलुङ्गे पुल र अस्थायी पुल गरी १० वटा पुलहरु रहेका छन् । जस मध्ये बारबर्दिया नगरपालिका वडा न.१ स्थित चन्दनपुर घाट, वडा न.२ स्थित कुम्र घाट, वडा न.५ स्थित बैरिया घाट र वडा न.११ स्थित जब्दी घाटमा बनेको अस्थायी पुलबाट वारपार गर्नेले पटकै पिच्छे शुल्क तिर्नु परेको बारबर्दिया नगरपालिका वडा न. ७ बस्ने ज्ञानु घिमिरेको गुनासो छ ।
यसै गरी बारबर्दिया नगरपालिकाका युवा समाजसेवी सन्तोष पोख्रेलले बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र महेन्द्र राजमार्गलाई जोडने प्रमुख जब्दी घाटको पुल भत्के पछि स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले जुन किसिमले पहल कदमी लिनु पर्ने हो त्यो नभएको बताउनु भयो । बाटो घाटो, पुल पुलेसो बनाई दिनु पर्नेमा ठाउँमा स्थानीय सरकारले घाट ठेक्का दिने जुन किसिमको क्रियाकलापहरु भईरहेको छ यसले समग्रमा बर्दिया जिल्ला पछाडी परेको वहाँको भनाई छ ।
जब्दीघाटको पुल भएर दैनिक एक हजार देखी १५ सय जना गुलरिया सदरमुकाम आउजाउ गर्ने गरेको जब्दी घाटका ठेकेदार दिवान चन्द वर्माले बताउनु भयो । मानिस, किसानलाई आवाश्यक पर्ने मल, विउविजन, प्रति क्युन्टल, साईकलको रु १० रुपैया, गाई, भैसीि, भेडा बाख्रा, मोटर साईकल, स्कुटर, रु. १५ रुपैया, खाली गाडी रु. २० रुपैया, अटो रु ५० रुपैया, ठुलो कुखुरा प्रति गोटा रु ३ रुपैयाको दरले शुल्क लिने गरिएको छ । पुल नजिकका गाउँलेहरुबाट घाट तरे वापत हिउदे सिजनमा एकै पटक धान या गहुँ २५ किलो लिने गरेको ठेकेदार वर्माले बताउनु भयो ।
बबई नदीले बारबर्दिया नगरपालिकाको पश्चिम र दक्षिण क्षेत्र घेरेको छ । पालिकाबाट आर्को पालिकामा आवात जावात गर्न नदी बाधक बनेको हुँदा ३ वटा घाट ठेक्कामा दिएको बारबर्दिया नगर प्रमुख छवीलाल थारुले जानकारी दिनु भयो ।
घाट उत्राहीका नाममा जनतासंग पैसा अशुल्दा स्थानीय सरकार जनमुखी नभएको स्थानीयको गुनासो छ । बबई नदी वारी पारीको दुई पालिकाले समन्वय गरी आर्थिक सहयोगमा अस्थायी पुल बनाई निशुल्क आवत जावतको ब्यवस्था गर्नु पर्ने स्थानीयहरुको माग छ ।

Facebook Comments Box