काठमाण्डौ – हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ ।
आज म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।
आज ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Facebook Comments Box