होमेन्द्र थापा, बर्दिया
बैशाख १० गते
बर्दिया, मधुवनका किसान कृषि विउ उत्पादनमा आकर्षित भएका छन । ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्य तथा किसानहरु धान र गुहँुको कृषि बिउ उत्पादनमा आकर्षित भएका हुन ।
मधुवन नगरपालिका गहँु पकेट क्षेत्र हो । यस क्षेत्रका विभिन्न वडामा गरि २० विगाहा भन्दा बढी जग्गामा किसानहरुले गहँुको मुल विउ खेती गरेका छन् । यहाँका किसान खाध्यन्न वाली उत्पादन भन्दा विउ उत्पादनमा चासो दिएका छन् । मुल बिउ उत्पादनमा बजार भाउ भन्दा बढी मुल्य पाईने, पछि आफुलाई चाहिंदा बहिर खोज्न जानु नपर्ने र सहजै संस्थाबाट पाईने भएकोले कृषि बिउ उत्पादनमा लागेको किसानहरुको भनाई छ ।
ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद तिमलसीनाले बाँके जिल्ला खजुरामा अवस्थित कृषि तथा विउ विजन प्रयोगशालाबाट विउ ल्याउने, किसानलाई विउ उत्पादन सम्बन्धि तालिम दिने, विउ, मल दिने, लागतको आवश्यक्ता परे पैसा समेत दिने, विउ पाकीसकेपछि किसानहरु संग फेरी विउ लिने प्राविधिकको सल्लाहा अनुसार भण्डारण गरेर राख्ने पछि ग्रेडिङ्ग, र प्याकिङ्ग गरेर किसानहरुलाई वितरण गर्ने गरेको अध्यक्ष तिमलसीनाले जानकारी दिनु भएको छ ।
यसै गरी ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक डम्बर के.सी.ले मधुवन नगरपालिकालाई विउ विजनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी अगाडी बढेको बताउनु भयो । किसानले खाध्यन्न वाली उत्पादन भन्दा विउ उत्पादन गर्दा बढी लाभ हुने र विउको आपुर्तीमा सहयोग पुग्ने प्रबन्धक के.सी. को विश्वास छ ।
यस बर्ष नेपाल सरकारले तोकेको गहुँको खरिद मुल्य प्रति क्यीन्टल रु. ३ हजार ६ सय ५० रुपैया १४ पैसा तोकेको छ । ताराताल साना किसान कृषि सहकारी संस्थाले किसानहरु संग मुल गहँुको विउ प्रति क्यीन्टल ४६ सयमा खरिद गर्दा किसान खुशी देखिन्छन ।

Facebook Comments Box