काठमाडौं, वैशाख ११ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज आज तेजावी सुनको मूल्य तोलाको २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box