होमेन्द्र थापा
बैशाख १२ गते
बर्दिया जिल्ला अस्पतालमा आज देखी डायलाइसिस सेवा आरम्भ भएको छ । लुम्बिनी प्रदेश माननीय स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले रिबन काटेर बर्दिया अस्पतालको डायलाइसिस सेवा समुदघाटन गर्नु भएको हो ।
अस्पतालको अनुगमन पश्चात डायलाइसिस सेवा समुदघाटन समारोह कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पुनले बर्दियालाई प्राथामिक्ताका आधारमा हेर्ने बताउनु भयो । नेपाली जनताले आधारभुत स्वास्थ्य सेवा पाउनै पर्छ भन्ने संविधानमै उल्लेख भएपछि त्यसलाई कार्यरुप दिनको निम्ति हामी सबै जुटनै पर्ने वहाँको जोड रहेको छ । यसलाई कुन मोडालिटीमा लैजाने, कसरी चलाउने भन्ने बारेमा नितिगत रुपमा छलफल गर्ने मन्त्री पुनको भनार्इं रहेको छ ।
बर्दिया अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट, डा. सुवास पाण्डेले अस्पतालमा ५ वटा डायलाइसिस मसिन रहेको बताउनु भयो । सुरुमा ५ वटा मसिनबाट दैनिक १५ जना रोगी विरामीहरुको डायलाइसिस गर्न सकिने डा. पाण्डेले जानकारी दिनु भयो । वहाँले बर्दिया अस्पतालमा गत बर्ष ४० देखी ४५ हजारको संख्यामा ओपिडी सेवा भएकोमा यस आर्थिक बर्षमा १ लाख १५ हजार बढीले सेवा लिईरहेको हुँदा अस्पतालमा मेडिकल अफिसर र नर्सिङ्ग जनशक्तिको अस्थायी दरबन्दी स्विकृत गर्नु पर्ने डा. पाण्डेको भनाई छ ।
आज देखी सुरु भएको अस्पतालको डायलाइसिस वार्डमा २ जना मृगौला रोगी पिडितले डायलाइसिस गराएका छन । भौतिक संरचना तयार भएता पनि मेसिन तथा डाक्टर नहुँदा मृगौला रोगी पिडितहरुले बर्षौदेखी सास्ति भोग्दै आउनु परेको थियो । रोगी पिडितलाई नेपालगंज सम्म लानु पर्ने बाध्यता थियो । आज आफ्नै जिल्लामा डायलाइसिस गराउन पाउदा समय र पैसाको बचत भएको भन्दै सेवाग्राहीले खुशी व्यक्त गरेका छन ।
जिल्ला अस्पतालको अनुगमन तथा डायलाइसिस सेवा समुदघाटन समारोह कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भुवनेश्वर चौधरी, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. जनार्दन पन्थी, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, लुम्बिनी प्रदेश पुर्व सुचना तथा आन्तरिक मामिला मन्त्री तिलक शर्मा (हिमाल) जिल्ला प्रहरी बर्दियाका प्रहरी प्रमुख प्रविण धिताल, विभिन्न संघ संगठनका प्रमुख वा प्रतिनिधि लगाएत स्वास्थ्य कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box